सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, २६ असोज । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई भेप (Vape) मार्फत भएको सुन तस्करी प्रकरणमा संलग्नताको आरोपमा आइतबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको छ।
सीआईबीले विज्ञप्ति जारी गर्दै महरालाई पक्राउ गरिएको पुष्टि गरेको छ। विज्ञप्तिमा भनिएको छ, “भेपमार्फत सुन तस्करी प्रकरणमा चलिरहेको अनुसन्धानका क्रममा पर्याप्त प्रमाणका आधारमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ।”
महरा संलग्न रहेको भनिएको सो सुन तस्करी प्रकरणमा ब्युरोले पछिल्लो समय तीव्र अनुसन्धान गरिरहेको थियो। यसअघि पनि महरालाई २०७८ चैतमा प्रहरी नियन्त्रणमा लिएर सोधपुछ गरिएको थियो, तर पछि उनी रिहा भएका थिए।
केही दिनअघि मात्रै सीआईबीले उनलाई बयानका लागि बोलाएर सोधपुछ गरेको थियो। सोधपुछपछि थप प्रमाण संकलनका क्रममा प्रहरीले आज उनलाई पक्राउ गरेको हो।
महरा २०७९ सालमै सुन तस्करी प्रकरणमा अनुसन्धानको दायरामा परेका थिए, तर राजनीतिक प्रभाव र शक्ति प्रयोगका कारण मुद्दा अघि बढ्न सकेको थिएन।
नयाँ सरकारले बनेसँगै गृहमन्त्री ओमप्रकाश अर्यालले राजनीतिक दबाबमा रोकिएका सबै मुद्दा “ब्रेक–थ्रु हुनेछ” भनेर घोषणा गरेका थिए। महराको पक्राउलाई सो अभियानको सुरुवातका रूपमा हेर्ने गरिएको छ।
भेपमार्फत सुन तस्करी प्रकरणमा उच्च राजनीतिक तहका व्यक्तिहरूको नाम जोडिँदै गएपछि यो घटनाले देशको राजनीतिक वृत्तमा व्यापक चर्चा पाएको छ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा