• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ आश्विन १, बिहिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो २०२७’ किन आवश्यक छ ?

      एन्फाको निलम्बन फुकुवा गर्न सरकारसँग आग्रह

      नवलपरासीको फलामखानी नजिक ६ महिनादेखि धुवाँ, भूगर्भविद्को चेतावनी

      नेपालमा छायांकन भएको हलिउड फिल्म तेन्जिङको ट्रेलर सार्वजनिक

      फुर्केखोलामा पुल नबनाएको भन्दै सांसद थपलियाको सरकारमाथि आक्रोश

      अस्ट्रेलियामा विदेशी विद्यार्थीले परिवार लैजान नपाउने व्यवस्था लागू हुँदै

      कांग्रेस विभाजित होइन, एकताबद्ध भएर राष्ट्रिय दायित्व पूरा गर्नुपर्छ : शेखर कोइराला

      राष्ट्रिय सेवा दल विधेयकमा समावेशी सिद्धान्तलाई आधार मान्नुपर्छ : कानुनमन्त्री

      करदाता प्रोत्साहन कार्यक्रम : २०० रुपैयाँको सामान किन्दा १० लाख उपहार

      रसुवा विपदका लागि आएका राहत सामग्री विमानस्थलमै अलपत्र : सांसद न्यौपाने

      पाथीभरामा गत बर्ष दुई लाख ५२ हजार बढी भक्तजन, भदौमै उठ्यो साढे १३ लाख भेटी

      निजी क्षेत्रलाई संरक्षण र नियमन गर्नु राज्यको दायित्व हो : सभामुख अर्याल

      १८ दिनपछि कृष्णभिरबाट गाडी चल्न थाले

      असोज १ गते नै किन मनाइन्छ कन्या संक्रान्ति ?

      देउवा पक्षले गर्यो महामन्त्री गुरुराज घिमिरेलाई मुगु प्रवेशमा निषेध

    होमपेज /  प्रवास

    बेलायतको डाटफोर्डमा चर्चको जग्गा र भवनमा मन्दिर बनाइँदै

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८२ श्रावण १४, बुधबार (१ साल अघि)
    अनुमानित पढ्ने समय : ९ मिनेट
  • ५५६ पटक पढिएको
  • लन्डन । बेलायतको डाटफोर्डमा रहेका नेपाली समुदायले विगत एक दशकदेखि पूरा गर्न नसकेको एक महत्वाकांक्षी योजना अब सफल बनाउन लागेका छन्।

    नेपाली, भारतीय, बङ्गाली र श्रीलंकालीहरुको बाक्लो बसोबास रहेको डाटफोर्डमा रहेको ‘द लाइट अपन द हिल्स् स्प्रिचुअल चर्च’ लाई किनेर नेपालीहरूले त्यहाँ मन्दिर बनाउने सपना पूरा गर्न लागेका हुन्। सञ्चालन गर्न नसकिएको कारण यस्ता चर्चहरूले ओगटेको भू–भाग र भवन बिक्रीमा ल्याउने चलन छ।

    डाटफोर्ड स्वतन्त्र आध्यात्मिकतावादी चर्चले सञ्चालन गर्दै आएको उक्त चर्च सञ्चालन गर्न नसकिने अवस्थामा पुगेपछि विक्रीका लागि राखिएको थियो। €६८५,००० (छ लाख पचासी हजार पाउण्ड)मूल्यको उक्त चर्च अब मन्दिरको रूपमा विकसित गरिने भएको हो।

    बेलायतमा बसोबास गरिरहेका पोखराका भरत लामिछानेका अनुसार उक्त भवन पहिले क्रिस्चियन धर्मावलम्बीको आस्थाको थलो थियो।

    अब सोही स्थानमा मन्दिर बनाउने सपना पूरा हुँदैछ। उनले भने, ‘कुरा सुन्दा आश्चर्य लाग्ला, तर बेलायतमा यस्तो सामान्य हो। चर्च मात्र होइन, अन्य यस्ता भवन पनि सञ्चालन गर्न नसकिएपछि बेचिन्छन्। बेचिएपछि कोहीले घर बनाउँछ, कोहीले अन्य प्रयोजनमा प्रयोग गर्छ। तर हामी हिन्दू समुदाय मिलेर मन्दिर बनाउँदैछौं ।’

    लामिछानेका अनुसार आगामी तिहारसम्म मन्दिर खुल्ने र तुरुन्तै लक्ष्मीको मूर्ति स्थापना गरी पूजा गर्ने योजना छ। ‘तत्काल धेरै परिवर्तन नगरे पनि चर्चको क्रस संकेत हटाएर हिन्दू धर्मसँग सम्बन्धित चिन्ह—जस्तै ॐ वा अन्य कुनै धार्मिक चिन्ह राखेर मन्दिरको रूपमा सञ्चालन गर्न सकिन्छ,’ उनले भने।

    उक्त चर्च सन् १९५५ मा शिलान्यास भएको हो। त्यस हिसाबले यो लगभग ७० वर्ष पुरानो हो। हाल प्रयोगमा नरहेको र विक्रीका लागि राखिएको उक्त भवन मन्दिरको प्रयोजनका लागि उपयोग गरिने योजना नेपालीहरूले बनाएका हुन्।

    लामिछानेले यो महत्वाकांक्षी योजनामा स्थानीय नेपालीहरूले खुलेर सहयोग गरेको बताउँदै फण्ड संकलन भइरहेकाले भविष्यमा सो स्थानमा रहेको भवनलाई हटाएर सांस्कृतिक तथा धार्मिक हिसाबले पूर्ण मन्दिर बनाउने योजना रहेको बताए।

    डाटफोर्डमा किराना पसल सञ्चालन गर्दै आएका व्यापारी राजेन्द्र जोशीले चर्चलाई मन्दिर बनाउने कुरा कुनै नौलो नभएको बताए। उनले भने, ‘चर्च पनि भगवानकै स्थान हो, नाम मात्र फरक हो। सन् २०१९ तिर हामीले मन्दिर बनाउने सोच सुरु गरेका थियौं। अहिले यस योजनासँग ५७० जना जोडिएका छन्। भगवानको कृपा भयो भने हामी सफल हुन्छौं। मन्दिर बनेपछि हाम्रो भावी पुस्ता पनि हाम्रो संस्कारसँग नजिक हुनेछन्। उनीहरूले नैतिक शिक्षा पनि प्राप्त गर्नेछन्। देशबाट टाढा भए पनि परम्परासँग नजिक हुने प्रयास गरेका छौं।’

     

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    सिड्नीमा अन्तर्राष्ट्रिय युवा उद्यमी सम्मेलन हुँदै, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भर्चुअल सम्बोधन गर्ने

    न्यूयोर्कदेखि जेरुसेलमसम्म : ३५ वर्षीय रिजालले राखे विश्व मञ्चमा नेपालको नाम

    हिमाली छुर्पी ब्रान्ड ‘डग्सी च्यू’का संस्थापक दम्पत्ती कान्स रेड कार्पेटमा, जनावरप्रेमको सन्देश

    बाजुराका युवाको अन्तर्राष्ट्रिय सफलता : बिक्रम बहादुर सिंह अमेरिकी सेनामा भर्ना भई प्रशिक्षण सम्पन्न

    इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाउने गोरखाका दिवस श्रेष्ठ रहेको पुष्टि

    बेलायतमा ७ बालिका र १ महिलामाथि बलात्कार: नेपाली प्रमोद ढकाललाई २५ वर्ष कैद सजाय

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सेवाग्राहीबाट ९ लाख घुस लिँदै गर्दा नापी अधिकृत…

    एलपी ग्यासको मूल्य घट्यो

    ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो २०२७’ किन आवश्यक छ…

    एन्फाको निलम्बन फुकुवा गर्न सरकारसँग आग्रह

    आज विश्वकर्मा पूजा मनाइँदै

    भुमिहीनका रुपमा स्वघोषणा गरेका ४ जनाको नाममा जग्गा…

    चिलिमेको सुरुङबाट ४ जनाको शव निकालियो

    रास्वपा सभापति रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

    आर्थिक

    एलपी ग्यासको मूल्य घट्यो

    उपत्यकामा ग्यासको अभाव बढेपछि बजार अनुगमन कडा, ४ व्यवसायीलाई जरिबाना

    तीजको दिन शेयर बजारमा हरियाली, नेप्से २५ अंकले बढ्यो

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑