सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
सुर्खेत । पहिरो गएको एक सातापछि कर्णाली प्रदेश सरकारले प्रभावितलाई राहत सामाग्री पठाएको छ । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीको तिलगाउँमा गत जेठ १ गते सुख्खा पहिरो गएपछि १८ परिवार त्रिपालमुनी बसिरहेका छन् ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका कर्णाली सरकारका मुख्यमन्त्री यामलाल कँडेलको पहलमा विहीबार हुम्लामा राहत सामाग्री पठाइएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव उत्तम गौतमले बताए । जिल्ला प्रशासन कार्यालय हुम्लाले माग गरे बमोजिम सामाग्री पठाइएको गौतमले बताए ।
पहिरो प्रभावितका लागि ५ सेट अस्थायी घर, २० क्वीन्टल खाद्यान्न, १८ सेट सोलार सिस्टम र म्याट्रेस लगायतका सामाग्री पठाइएको गौतमले जानकारी दिए ।
पहिरोबाट बिस्थापितलाई पहिलो पटक बुधबार राहत सामग्री पु¥याइएको हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जानकारी दिए । जिल्ला विपद् व्यवस्थापन समितिले विभिन्न संघ संस्थासमेतको सहयोगमा चामललगायतका राहत सामग्रीहरू बुधबार हुम्ला पु¥याइएको थियो ।
काठमाडौँ । राष्ट्रिय गौरवको आयोजना मानिएको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अनियमितता र भ्रष्टाचारबारे छानबिन गर्न प्रतिनिधिसभाको... विस्तृतमा