सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
एजेन्सि । भारतमा फेरि एकपटक कोरोना भाइरसको संक्रमण फैलन सुरु भएको छ। केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो केही हप्तादेखि विभिन्न राज्यहरूमा दैनिक संक्रमितको सङ्ख्या बढ्दो क्रममा छ। भारतीय मिडियाहरुका अनुसार संक्रमणदर पुनः उकालो लागेपछि सरकार र स्वास्थ्य निकायहरू सतर्क बनेका छन्।
अहिले सबैभन्दा धेरै प्रभावित राज्यहरूमा महाराष्ट्र, केरल, दिल्ली, तमिलनाडु र हरियाणा छन्। यी राज्यहरूमा दैनिक रिपोर्ट हुने केसहरूको संख्या उल्लेखनीय रूपमा वृद्धि भएको देखिएको छ। केही अस्पतालहरूमा फोक्सोसम्बन्धी लक्षण लिएर आउने बिरामीहरूको परीक्षण गर्दा पुनः कोरोना पोजिटिभ देखिएको छ।
केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार, पछिल्लो सातामा दैनिक औसत संक्रमण दर १.५% पुगेको छ, जुन अघिल्लो महिनाको तुलनामा दोब्बर हो। यद्यपि मृत्यु दर हालसम्म नियन्त्रणमै देखिएको छ।
नयाँ भेरियन्टको आशंका
विशेषज्ञहरूका अनुसार हाल देखा परेका केसहरूमा इन्फ्लुएन्जा-जस्ता लक्षण (जस्तै: ज्वरो, खोकी, टाउको दुख्ने, श्वासप्रश्वासमा समस्या) देखिएका छन्। प्रारम्भिक अध्ययनका आधारमा केही केसहरूमा कोरोना भाइरसको नयाँ सब-भेरियन्ट को संक्रामण भएको हुनसक्ने बताइएको छ।
भारतीय SARS-CoV-2 जिनोमिक कन्सोर्टियम (INSACOG) ले देशभरबाट संकलित नमुनाहरूमा जिनोम सिक्वेन्सिङ गरिरहेको छ। यसबाट संक्रमणको पछाडिको कारण नयाँ भेरियन्ट हो कि पुरानै सक्रिय भइरहेको भेरियन्ट हो भन्ने प्रस्ट हुनेछ।
सरकारी तयारी र निर्देशन
संक्रमणको वृद्धिलाई ध्यानमा राख्दै सरकारले विभिन्न निर्देशनहरू जारी गरेको छ। केन्द्रीय सरकारले राज्यहरूलाई निम्न बुँदामा ध्यान दिन आग्रह गरेको छ:
कतिपय राज्यहरूमा अस्पतालहरूलाई पुनः अलर्ट मोडमा राखिएको छ भने, दिल्ली, केरल र महाराष्ट्रमा संक्रमितको लागि छुट्टै आइसोलेसन वार्ड पुनः सञ्चालनमा ल्याउने तयारी छ।
खोप र बूस्टर डोजको सिफारिस
कोभिड-१९ विरुद्धको खोप लगाएका व्यक्तिहरूमा गम्भीर लक्षण कम देखिएको उल्लेख गर्दै, स्वास्थ्य मन्त्रालयले जोखिममा रहेका व्यक्तिहरू (जस्तै: वृद्धवर्ग, दीर्घरोगी, गर्भवती महिला) लाई बूस्टर डोज लगाउन सिफारिस गरेको छ।
विशेषज्ञहरू भन्छन् – खोप लगाइसकेका भए पनि संक्रमण हुन सक्छ, तर यसले अस्पताल भर्ना वा ज्यान जाने जोखिम उल्लेखनीय रूपमा घटाउँछ।
जनस्वास्थ्य सन्देश
सार्वजनिक स्वास्थ्य अधिकारीहरूले निम्न सावधानी अपनाउन आग्रह गरेका छन्:
काठमाडौँ । राष्ट्रिय गौरवको आयोजना मानिएको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अनियमितता र भ्रष्टाचारबारे छानबिन गर्न प्रतिनिधिसभाको... विस्तृतमा