सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले आज सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसँग सपथ ग्रहण गरेका छन्। कानुन अनुसार गभर्नरले प्रधानन्यायाधीशसँग नै सपथ लिनुपर्छ, र सोही प्रक्रिया अनुरूप डा. पौडेलले सर्वोच्च अदालतमा गई सपथ लिएका हुन्।
सपथ लिएपछि उनी नेपाल राष्ट्र बैंकतर्फ लागेका छन् र आजै पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ।
डा. पौडेललाई सरकारले मंगलबार नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त गरेको हो। उनी वरिष्ठ अर्थशास्त्री हुन्, र राष्ट्र बैंकको नेतृत्व अब उनीमार्फत हुने भएको छ।
काठमाडौँ । राष्ट्रिय गौरवको आयोजना मानिएको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अनियमितता र भ्रष्टाचारबारे छानबिन गर्न प्रतिनिधिसभाको... विस्तृतमा