सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जनकपुर । धनुषाको कमला नगरपालिकास्थित सडक छेउमा रहेको खाल्डोमा जमेको पानीमा डुबेर दुई जना बालकको मृत्यु भएको छ । दुबै बालक दाजुभाई भएको जनाइएको छ ।
मृत्यु हुनेमा कमला नगरपालिका वडा नम्बर २ सराबे टोलका रामबाबु साहका ७ वर्षिय छोरा रितिक साह र उनकै भाई श्यामबाबु साहका ५ वर्षिय छोरा रितिश साह रहेका छन् ।
मंगलबार सडकको छेउमा खनिएको खाल्डोमा डुबेर दुवै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । खाल्डोमा बर्षा भएपछि पानी जमेको थियो । नुहाउनको लागि दाजुभाई जाँदा डुबेर मृत्यू भएको धनुषा प्रहरीको भनाई छ ।
घरबाट बाहिर निस्केका दाजुभाई अबेरसम्म घर नआएपछि खोजिकार्य सुरु भएको थियो । सो क्रममा दुबै बालक मृत अवस्थामा तैरिरहेको भेटिएका थिए ।
काठमाडौँ । राष्ट्रिय गौरवको आयोजना मानिएको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अनियमितता र भ्रष्टाचारबारे छानबिन गर्न प्रतिनिधिसभाको... विस्तृतमा