सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । नेपाल सरकारको मन्त्रिपरिषद्ले डा. विश्व पौडेललाई नेपाल राष्ट्र बैंकको १८औं गभर्नरमा नियुक्त गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गभर्नर नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका छन्। राष्ट्र बैंकको गभर्नर नियुक्तिको सन्दर्भमा गठित सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको थियो, जसमा डा. विश्व पौडेल, डा. निलम ढुंगाना र पूर्व सचिव दिनेश भट्टराई रहेका थिए।
सिफारिस समितिको मूल्यांकन र मन्त्रिपरिषद्को निर्णयपछि डा. पौडेललाई गभर्नर नियुक्त गरिएको हो।
डा. पौडेल अर्थशास्त्र र वित्तीय प्रणालीको क्षेत्रमा लामो अनुभव बोकेका विज्ञ हुन्। उनले सरकारको नीति निर्माण तहमा समेत विभिन्न भूमिकामा योगदान दिँदै आएका छन्।
नयाँ गभर्नरको रूपमा डा. पौडेलले मुलुकको मौद्रिक नीतिलाई सन्तुलनमा राख्दै आर्थिक स्थायित्व, बैंकिङ क्षेत्रको सुदृढीकरण र मुद्रास्फीति नियन्त्रण जस्ता चुनौतीहरूसँग जुध्नुपर्नेछ।
काठमाडौँ । राष्ट्रिय गौरवको आयोजना मानिएको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अनियमितता र भ्रष्टाचारबारे छानबिन गर्न प्रतिनिधिसभाको... विस्तृतमा