सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । काठमाडौं महानगरपालिकामा प्रशासनिक तनाव चुलिएको छ। प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले महानगर प्रहरी प्रमुख राजु पाण्डेलाई कार्यकक्षमा अवरोध पुर्याएको आरोप लगाउँदै स्पष्टीकरण माग गरेका छन्।
गुरागाईंले चैत २१ गते आफू लामो बिदापछि कार्यालय फर्किएको दिन महानगर प्रहरी प्रमुख पाण्डेले आफ्नो कार्यमा अवरोध सिर्जना गरेको दाबी गरेका छन्। उनका अनुसार पाण्डेले अनधिकृत रूपमा महानगर प्रहरी बल परिचालन गरी कार्यालय प्रवेशमा रोक लगाए, प्रयोग गर्दै आएको सवारी साधनलाई हवील लक गर्न लगाए तथा कार्यकक्षमा तालाबन्दीसमेत गरे।
स्पष्टीकरण पत्रमा जनाइएको छ कि कार्यालय परिसरमा उपप्रमुख, वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरूले पटक–पटक अनुरोध गर्दा पनि पाण्डेले तालाबन्दी खोल्न असहयोग गरे। साथै, सञ्चार माध्यमहरूसँग अनधिकृत रूपमा बोल्दै जनप्रतिनिधिहरूसँग अमर्यादित व्यवहारसमेत देखाएको आरोप छ।
गुरागाईंले सात दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएका छन्। उनले चेतावनी दिएका छन् कि म्यादभित्र स्पष्टीकरण नआएमा वा प्राप्त स्पष्टीकरण चित्तबुझ्दो नभए कानुनअनुसार कारबाही अघि बढाइनेछ।
काठमाडौँ । राष्ट्रिय गौरवको आयोजना मानिएको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अनियमितता र भ्रष्टाचारबारे छानबिन गर्न प्रतिनिधिसभाको... विस्तृतमा