सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । गण्डकी प्रदेशको पोखरामा आज दिउँसो भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो १ बजेर ५९ मिनेटमा ४.७ म्याग्नेच्यूडको भूकम्प गएको हो।
भूकम्पको केन्द्रविन्दु कास्की जिल्लाको सिनुवा क्षेत्र रहेको जनाइएको छ। भूकम्पको धक्का पोखरा उपत्यका मात्र नभई आसपासका क्षेत्रहरू — विशेषगरी कास्की, लमजुङ र पर्वत जिल्लामा समेत महसुस गरिएको थियो।
हालसम्म यस भूकम्पबाट कुनै जनधनको क्षतिको विवरण प्राप्त भइसकेको छैन। तर, भूकम्पको धक्का एकाएक महसुस भएपछि स्थानीय बासिन्दा केहीबेर त्रसित बनेका थिए।
गण्डकी प्रदेश पछिल्लो समय भूकम्पीय गतिविधिमा सक्रिय देखिएको छ। यसअघि पनि सैमाराङ, मकैखोला लगायत स्थानलाई केन्द्रविन्दु बनाएर साना र मध्यम तीव्रताका भूकम्पहरू आइरहेका छन्।
राष्ट्रिय भूकम्प मापन केन्द्रले अझै परकम्पका सम्भावना रहेका कारण सतर्कता अपनाउन अनुरोध गरेको छ।
काठमाडौँ । राष्ट्रिय गौरवको आयोजना मानिएको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अनियमितता र भ्रष्टाचारबारे छानबिन गर्न प्रतिनिधिसभाको... विस्तृतमा