• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८२ जेष्ठ ७, मंगलबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • तमोर जलाशययुक्त बहुउद्देश्यीय आयोजना कार्यान्वयनका लागि सरकार गम्भीर : ऊर्जा मन्त्री

      एमजी ट्रामाडोल हाईड्रोक्लोराईड नामक लागुऔषध बरामद

      विश्व पौडेल नेपाल राष्ट्र बैंकको १८औं गभर्नरमा नियुक्त

      देश रेमिट्यान्सले चलेको छ, खाडीका नेपालीले हामीलाई बचाएका छन्  : नेता कोइराला

      राजा ल्याउने सपना एकैपटक पूरा हुँदैन् : लिङ्देन

      कामना सेवा विकास बैंकद्वारा चितवनको विद्यालयमा विद्यार्थीलाई पोशाक वितरण

      रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट हेर्दाहेर्दैमा

      डा. विश्व पौडेललाई गभर्नर बन्न बाटो खुल्यो, रिट दरपीठको आदेश सर्वोच्चले गर्‍यो सदर

      गुरागाईँले सोधे नगर प्रहरी प्रमुख पाण्डेलाई स्पष्टीकरण

      जनताको स्वास्थ्य र जीवनस्तर उकास्न सुरक्षित खानेपानी अपरिहार्य’

      अवैधानिक गतिविधिलाई प्रोत्साहन सरकारले नै गरिरहेको छ : अध्यक्ष खनाल

      उच्च अङ्कले बढेर २६ सय ७७ विन्दुमा बजार

      अभिनेत्री कविता नेपालीद्वारा सगरमाथा र ल्होत्से सफल आरोहण

      ‘सांसदलाई विकास प्रक्रियाबाट अलग गर्नुपर्ने नकारात्मक भाष्य निर्माण गरियो’

      विश्वनाथ पौडेललाई गभर्नर बनाउने सहमति

    होमपेज / समाचार

    क्यानडामा जातीय विभेदमुक्त विश्वका लागि ग्लोबल सम्मेलनको तयारी अन्तिम चरणमा

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८२ जेष्ठ ७, मंगलबार (११ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ६४ पटक पढिएको
  • टोरन्टो । जातीय विभेदमुक्त विश्वका लागि ग्लोबल सम्मेलन २०२५ को तयारी योजना अनुसार पूरा भएको आयोजकहरूले बताएका छन्।

    क्यानडामा दर्ता भई कार्यरत गैरसरकारी सामाजिक संस्था ‘सहयात्रा इन्टरनेशनल एलायन्स फर सोसल जस्टिस (क्यानडा)’ले दक्षिण एसिया र उत्तर अमेरिकास्थित विभिन्न साझेदार संस्थाहरूको सहकार्यमा जेठ ११–१३ (मे २५ देखि मे २७ सम्म) टोरन्टो, क्यानडामा यस सम्मेलनको आयोजना गर्न लागेको हो। सम्मेलनको मुख्य विषयवस्तु ‘समता, सामाजिक न्याय र जातीय व्यवस्था अन्त्यतर्फ ऐक्यबद्धता निर्माण’ रहेको छ।

    उक्त सम्मेलनले सरकारका निकाय, नीति निर्माताहरू, सामाजिक अभियन्ता, नागरिक समाज, सङ्घसंस्थाका प्रतिनिधि, व्यवसायी, अनुसन्धानकर्ता, विश्वविद्यालयका प्राध्यापक तथा विद्यार्थीहरूलाई एक साझा मञ्चमा ल्याउने लक्ष्य राखेको छ, जहाँ ज्ञान आदान–प्रदान गर्न सकिनेछ। सम्मेलनको उद्देश्य जातीय व्यवस्था तथा अन्य दमनकारी अभ्यासहरूको अन्त्यका लागि सामाजिक न्याय र समता प्रवद्र्धनमा विश्वव्यापी ऐक्यबद्धता जुटाउनु हो।

    सम्मेलनमा अन्तर्राष्ट्रिय तथा राष्ट्रिय स्तरका अभियन्ता, नीति निर्माता, मानवअधिकारकर्मी, नागरिक समाजका प्रतिनिधि, व्यवसायी, शैक्षिक तथा अनुसन्धानकर्ता, पत्रकार, पेशेवर तथा विभेद विरुद्धका अभियानमा संलग्न सामाजिक कार्यकर्ताहरूले सम्बोधन गर्नेछन्। संयुक्त राष्ट्र सङ्घका अल्पसङ्ख्यक मामिलाका पूर्व विशेष प्रतिनिधि प्रो।फर्नान्ड दे वारनेसले उद्घाटन सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

    विशिष्ट वक्ताहरूमा नेपालका संवैधानिक राज्य पुनःसंरचना आयोग २०११ का अध्यक्ष तथा जलवायु परिवर्तन विज्ञ डा।मदन परियार, दलित इतिहासकार तथा जीवनी लेखक ओमप्रकाश गहतराज, अग्रज दलित नारी अधिकारकर्मी दुर्गा सोब, अमेरिकास्थित ब्रानडाइस विश्वविद्यालयका आलोचनात्मक जातीय अध्ययन प्राध्यापक राजेश सम्पथ, वेक फरेस्ट विश्वविद्यालयका दलित अनुसन्धान प्राध्यापक स्टिभ फोल्मार, क्यानडाको ब्रिटिस कोलम्बिया विश्वविद्यालयका प्रवासी जातीय इतिहास अनुसन्धानकर्ता प्रो.एन मर्फी, युवा दलित अनुसन्धानकर्ता सुरज येंग्दे, संरचनात्मक जातीय विभेदसम्बन्धी  अनुसन्धानकर्ता द्रोण  रसाली, नेपालका स्थानीय दलित कला र सम्पदा विज्ञ प्रा।मान विश्वकर्मा, मोर्गन स्टेट विश्वविद्यालयका उच्च शिक्षामा अल्पसङ्ख्यक प्रतिनिधित्व अध्ययन गर्ने प्राध्यापक उत्तम गौली, बञ्जामिन वेल्स लगायतले प्राज्ञिक कार्यपत्र प्रस्तुत गर्नेछन् ।

    ‘१८ जना मुख्य तथा विशिष्ट वक्ता र २० जना कार्यपत्र प्रस्तुतिकर्ताको सहभागिता पक्का भइसकेको छ। हामी आशावादी छौँ कि यो सम्मेलन जातीय विभेद, विशेषतः नेपालमा विद्यमान विभेदबारे अनुभव, विचार र पहलहरू प्रस्तुत गर्ने साझा मञ्च बन्नेछ,’ सम्मेलन आयोजक समितिका प्रमुख संयोजक सन्तोष विश्वकर्माले बताए। साथै, सम्मेलनले विभेदविरुद्ध अन्तर्राष्ट्रिय ऐक्यबद्धता निर्माण गर्ने लक्ष्य पनि लिएको उनले जनाए।

    सम्मेलनमा प्रणालीगत जातीय विभेदका प्रभाव, पीडितहरूको व्यक्तिगत अनुभव, केस स्टडी, अन्तर्राष्ट्रिय कानुनहरूको समीक्षा तथा कार्यान्वयन, विभेद अन्त्यका लागि विश्वस्तरमा भइरहेको प्रयास, ज्ञान आदान–प्रदान, दलितसम्बन्धी अनुसन्धान, जलवायु परिवर्तनसँग सम्बन्धित विभेदका असर, समाधान र सफल अभ्यासहरूका विषयमा छलफल हुनेछ। साथै, सङ्गठनात्मक विकास, भावी रणनीति र समान र सामाजिक न्याययुक्त समाज निर्माणका उपायहरूमा पनि केन्द्रित हुने आयोजकहरूले जनाएका छन्।

    सम्मेलन क्यानडाको ब्राम्पटनस्थित कन्वेन्सन सेन्टरमा आयोजना गरिनेछ, जहाँ करिब ४०० सहभागीहरू विश्वभरबाट आउने अपेक्षा गरिएको छ।

    ‘वर्तमानमा विश्वभर करिब २६ करोड मानिसहरू जात, वर्ण र वंशका आधारमा अमानवीय व्यवहार तथा विभेदको सिकार भइरहेका छन्। यद्यपि जातीय विभेद दक्षिण एसियाबाट उत्पत्ति भएको हो, अहिले यो विश्वव्यापी रूपमा फैलिएको छ,’ सम्मेलन आयोजक समितिका अध्यक्ष डा। द्रोण रसालीले भने,‘यस्तो अवस्थामा यो सम्मेलनले जातीय विभेद अन्त्य गर्नका लागि प्रभावकारी अभ्यास र समाधानहरूबारे अन्तर्राष्ट्रिय स्तरमा छलफल गर्ने महत्त्वपूर्ण अवसर प्रदान गर्नेछ। सम्मेलनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरकार, शिक्षण संस्था, समुदाय, सङ्घसंस्था र लक्षित समूहहरूको ध्यान २१औँ शताब्दीकै उपयुक्त विभेदमुक्त विश्व निर्माणतर्फ केन्द्रित गराउने विश्वास गरिएको छ।’ क्यानडाका गभर्नर जनरल मेरी साइमनले सम्मेलनको सफलताको कामना गर्दै सन्देश पठाएकी छिन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    एमजी ट्रामाडोल हाईड्रोक्लोराईड नामक लागुऔषध बरामद

    कोटिहोममा फरक क्षमता भएकाहरुलाई सम्मान गरिने, यस्तो छ नयाँ कार्य तालिका

    धनियाँमा ९९% भन्दा बढी विषादी भेटियो

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पाण्डेद्वारा हजयात्रीलाई त्रिभुवन विमानस्थलमा बिदाइ

    आजको मौसम : चट्याङसहित वर्षाको सम्भावना

    आज २०८२ जेठ ६ गते मङ्गलबार , कस्तो छ तपाईको दिन ? हेर्नुहोस्, राशिफल

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    विश्व पौडेल नेपाल राष्ट्र बैंकको १८औं गभर्नरमा नियुक्त

    डा. विश्व पौडेललाई गभर्नर बन्न बाटो खुल्यो, रिट दरपीठको आदेश सर्वोच्चले गर्‍यो सदर

    गुरागाईँले सोधे नगर प्रहरी प्रमुख पाण्डेलाई स्पष्टीकरण

    कोटिहोममा फरक क्षमता भएकाहरुलाई सम्मान गरिने, यस्तो छ नयाँ कार्य तालिका

    तमोर जलाशययुक्त बहुउद्देश्यीय आयोजना कार्यान्वयनका लागि सरकार गम्भीर : ऊर्जा मन्त्री

    एमजी ट्रामाडोल हाईड्रोक्लोराईड नामक लागुऔषध बरामद

    देश रेमिट्यान्सले चलेको छ, खाडीका नेपालीले हामीलाई बचाएका छन्  : नेता कोइराला

    राजा ल्याउने सपना एकैपटक पूरा हुँदैन् : लिङ्देन

    तमोर जलाशययुक्त बहुउद्देश्यीय आयोजना कार्यान्वयनका लागि सरकार गम्भीर : ऊर्जा मन्त्री

    रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट हेर्दाहेर्दैमा

    जनताको स्वास्थ्य र जीवनस्तर उकास्न सुरक्षित खानेपानी अपरिहार्य’

    पोखरामा भूकम्पको धक्का

    परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा जापान प्रस्थान

    विश्व पौडेल नेपाल राष्ट्र बैंकको १८औं गभर्नरमा नियुक्त

    डा. विश्व पौडेललाई गभर्नर बन्न बाटो खुल्यो, रिट दरपीठको आदेश सर्वोच्चले गर्‍यो सदर

    गुरागाईँले सोधे नगर प्रहरी प्रमुख पाण्डेलाई स्पष्टीकरण

    कोटिहोममा फरक क्षमता भएकाहरुलाई सम्मान गरिने, यस्तो छ नयाँ कार्य तालिका

    आज २०८२ वैशाख ३० गते मङ्गलबार , कस्तो छ तपाईको दिन ? हेर्नुहोस्, राशिफल

    मौसम पूर्वानुमान : यी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

    दुईवटा समितिको बैठक बस्दै

    संसदका दुवै सदनको बैठक बस्दै

    तोक्मा टेक्नोलोजीजले सार्वजनिक गर्यो तोक्मा एप र जीकार्ड

    सरकारले लिने ऋणमा पनि व्यापक भ्रष्टाचार र कमिशनको खेल हुने गरेको छ : जसपा

    आठ घण्टादेखि बीपी राजमार्ग अवरुद्ध

    स्पेनिस ला लिगाको उपाधितर्फ नजिकिँदै बार्सिलोना

    आर्थिक

    कामना सेवा विकास बैंकद्वारा चितवनको विद्यालयमा विद्यार्थीलाई पोशाक वितरण

    उच्च अङ्कले बढेर २६ सय ७७ विन्दुमा बजार

    विश्वनाथ पौडेललाई गभर्नर बनाउने सहमति

    एभरेष्ट बैंकको १३२औँ शाखा सिन्धुलीको कमलामाईमा सञ्चालन

    सुनको मूल्य बढ्दा चाँदी स्थिर

    भिडियो संवाद

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    हिरोईन जस्ता तेस्रो लिङ्गीहरुले देखाए गाईजात्रा, बाजागाजासहित गरे नांचगान || Gender Equality

    सेतोखबर बिशेष

    भुटानी शरणार्थी काण्डमा मुछिएकी बालकृष्ण खाँड पत्नि बनिन् भैरहवा विमानस्थल छानबिन उपसमितिको संयोजक, निष्पक्षतामाथि प्रश्न

    काठमाडौँ ।  राष्ट्रिय गौरवको आयोजना मानिएको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अनियमितता र भ्रष्टाचारबारे छानबिन गर्न प्रतिनिधिसभाको...  विस्तृतमा

    अप्रिल महिनाभर वायु प्रदूषणको जोखिम कायम रहन्छ : डा.भुपेद्र दास

    कुलमान हटाउने सरकारको निर्णयको कांग्रेसका दुवै महामन्त्रीको विरोध

    यौन व्यवसायबारे चर्को वहस : व्यवस्थित गर्ने कि बन्देज ?

    स्वास्थ्य बीमा व्यवस्थित गर्न स्वास्थ्य मन्त्री पौडेलले देखाएका विकल्प

    रहस्यले भरिएको छ नागा साधुको जीवन, जान्नुहोस् कसरी बन्छन् नागा सन्यासी

    स्वरुप बदल्दै त्रिचन्द्र क्याम्पस : पुनर्निर्माणमा ढिलाइ हुँदा विद्यार्थीलाई हैरानी

    माओवादी निष्कर्ष : उपनिर्वाचनको परिणाम उत्साहपूर्ण, ०८४ मा एक्लै लड्ने

    माओवादीले चाहे अनुसारको संविधान नबन्दा जनताले दुःख पाए : विष्णु बहादुर विश्वकर्मा

    नेपालमा एचआइभी संक्रमितहरुमाथि लाञ्छना र भेदभाव कायम छ : खड्का

    कष्टकारी मृत्यु पंचक आजबाट सुरु, यस समयमा भूलेर पनि नगर्नुहोस् यी काम

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2025: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑