• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ श्रावण १७, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • अमेरिकी भिसा पाउन नेपालीले अब ३० लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने

      गोलबजारमा आज कफ्र्यु खुकुलो

      तुलसीलाल र भीमदतले सुरु गरेको किसान आन्दोलनको विरासतलाई थप उचाइमा पुर्याउन अध्यक्ष ओलीको आग्रह 

      पेसएक्स प्रिमियर लिग फुटसलःआज उपाधि भिडन्त हुने

      गृहमन्त्री सुदन र हिन्दूवादी संगठनबीच पहिलो चरणको वार्ता सम्पन्न

      हालैका घटनाको निष्पक्ष छानबिनको माग गर्दै सनातन धार्मिक समाज आन्दोलनमा 

      हेटौँडामा दोहोरी तथा डान्स बार सञ्चालन समय व्यवस्थापनको माग, आरआरएस दोहोरीमा कार्यरत युवतीको मृत्युबारे अनुसन्धान जारी

      विश्वले एक महान आरोही, साहसी र प्रेरणादायी व्यक्ति गुमायो : निम्सदाइ फाउन्डेसन

      मागेरै विश्व घुम्ने योजना : ‘माग्नेको घरमा सन्यासी पाहुना’

      पुर्जासहित ६ नेपाली आरोहीप्रति श्रद्धाञ्जली दिँदै बालेनले भने- तपाईहरुको साहस इतिहासमा सधैँ जीवित रहन्छ

      ब्रड पिक हिमपहिरोमा विश्वप्रसिद्ध आरोही निर्मल ‘निम्सदाइ’ पुर्जाको निधन

      वर्तमान सरकार पाँच वर्षको भनिएपनि पाँच महिनामै कमजोर : कुलमान घिसिङ

      राजाको पक्षमा जनताको हस्ताक्षर अभियान

      कोदो–फापर उत्पादन बढाएर आयात घटाई निर्यात बढाउनुपर्छ : प्रकाशसिंह कार्की

      कांग्रेस राष्ट्रिय भेला आयोजक समितिको संयोजकमा शशांक कोइराला, १६ मूल समिति गठन

    होमपेज /  सूचना-प्रबिधि

    ‘दुरसंचार ऐन वा नीतिहरु पूरानो भएकाले समयसापेक्ष संशोधन आवश्यक छ’

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८२ जेष्ठ ३, शनिबार (१ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ८७८ पटक पढिएको
  • काठमाडौं । नेपालमा दूरसञ्चार सेवाको पहुँच जनसंख्याको तुलनामा १०० प्रतिशत पुगेपनि दुर्गम भेगमा भने अझै नेटवर्क र सेवा विस्तारमा समस्या देखिएको छ । प्राधिकरणका ग्रामिण विकास शाखाका उप–निर्देशक विनोद चन्द्र श्रेष्ठका अनुसार देशका हिमाली, पहाडी तथा सीमावर्ती क्षेत्रहरूमा अझै पूर्ण रुपमा सञ्चार सेवा पुग्न सकेको छैन् ।

    उनले भने, ‘हामी नेटवर्क आफैं बनाउँदैनौं, सेवा प्रदायकलाई निर्देशन र सहजीकरण गरिरहेका छौं । तर भूगोल, पूर्वाधार अभाव, र विद्युत आपूर्तिको समस्या प्रमुख चुनौतीका रुपमा देखिएका छन् । दुरदराजमा अहिले पनि समस्या छ सञ्चारको । धेरै ठाउँमा अझै पनि नेटवर्कको समस्या छ । हामीले काम गर्नुपर्ने ठाउँहरु प्रशस्तै छ । हिमाली, उच्च पहाडी, राष्ट्रिय निकुञ्जभित्र पर्ने क्षेत्र र सीमा क्षेत्रहरु, नयाँ खुलेका राजमार्गहरु, नदीका तटमा खुलेका करिडोरहरुमा पनि मोबाइल नेटवर्क कभरेज पुर्याउन आवश्यक देखिएको छ ।’

    साथै उनले नेपाल दूरसञ्चार प्राधिकरण दूरसञ्चार क्षेत्रको नियामक निकाय भएको बताए । उनले विश्वभरी २.६ मिलियन मान्छे अझै पनि सञ्चार क्षेत्रबाट बाहिर रहेको बताए ।

    उनले भने, ‘नेपाल दूरसञ्चार प्राधिकरण दूरसञ्चार क्षेत्रको नियामक निकाय हो । यसले खासगरी नेपालभित्र सञ्चालन हुने दूरसञ्चार सेवाहरुको नियमन गर्ने काम गर्छ । विश्वभरको अवस्था हेर्यो भने २.६ मिलियन मान्छे अझै पनि सञ्चार क्षेत्रबाट बाहिर छन् । त्यसमा बढी महिला छन् । त्यसैले यस्ता ठाउँहरुमा पनि सेवा विस्तार गर्नुपर्ने छ ।’

    यसैगरी सहायक निर्देशक श्रेष्ठले विश्व दूरसञ्चार दिवस सम्बन्धी नेपाल न्यूज बैंकसँग कुरा गर्दै प्राधिकरणले देशभर सञ्चालित दूरसञ्चार सेवाहरूको नियमन गर्ने काम गर्दै आएको बताए । उनले प्राधिकरणले सेवा आफैं नदिने भएपनि सेवा प्रदायकहरूलाई ग्रामीण तथा दुर्गम क्षेत्रमा सेवा विस्तार गर्न निर्देशन दिने र ग्रामिण दूरसञ्चार विकास कोषमार्फत सहयोग गर्ने बताए ।

    ‘प्राधिकरण सेवा प्रदायक होइन, हामी नेटवर्क बनाएर जाने संस्था होइनौं, श्रेष्ठले स्पष्ट पारे, ‘तर नीति र कोषमार्फत सेवा विस्तार गराउन दूरसञ्चार काम गर्दै आइरहेको छ ।’

    ग्रामीण क्षेत्रमा दूरसञ्चार टावरहरूको संख्या बढेपनि तिनमा आवश्यक विद्युत आपूर्ति नहुँदा सेवा अवरुद्ध हुने समस्या रहेको सहायक निर्देशक श्रेष्ठले बताए । कतिपय स्थानमा सौर्य ऊर्जा र ब्याट्री प्रयोग गरिएपनि मौसम प्रतिकूल हुँदा पर्याप्त घाम नलाग्ने कारणले ब्याकअप पावर चलाउन नसक्ने अवस्था देखिएको समेत उनले बताए ।

    उनले भने, ‘विद्युत लाइन नपुगेका ठाउँमा सोलार प्लस ब्याट्री प्रयोग गर्नुपरेको छ । तर लामो समय घाम नलाग्दा सञ्जाल बन्द हुने स्थिति आउँछ । तर विकट ठाउँहरुमा नेपाल दूरसञ्चार प्राधिकरणले सेवा प्रदायकलाई निर्देशन दिएर नेटवर्क विस्तार र गुणस्तर कायम गर्न सधैं अग्रसर भएर काम गरि नै रहेको छ । मोबाइलको टावरहरु बनिसकेको स्थानमा पनि पावरहरुको रिलायटि नहुने अवस्था छ । सबै ठाउँमा विद्युत प्राधिकरणको विद्युत सेवा पुगिसकेको छैन् । कतिपय ठाउँमा सोलार पावरले चलाउनुपर्ने स्थिती छ । सोलार प्लस ब्याट्रिको प्रयोग गर्नुपर्ने अवस्था छ । मौसमको कारणले गर्दाखेरी पनि विकट ठाउँहरुमा पावर ब्याकप जति भनेको छ त्यो भन्दा बढी घाम लागेन र ब्याकप हुन नसकेका कारणले पनि विकट ठाउँका जनता सञ्चारका माध्यमबाट टाढा हुनुपर्ने बाध्यता छ ।’

    यसैगरी नेपालमा फाइभजी प्रविधिको परीक्षण भए पनि हालसम्म व्यावसायिक सेवा सुरु हुन सकेको छैन । सेवा प्रदायक कम्पनीहरूले आवश्यक पूर्वाधार निर्माण र लगानी गर्न चासो नदेखाएको उनको भनाइ छ ।

    फाइभजी लागि धेरै टावर, नेटवर्क इन्फ्रास्ट्रक्चर र ग्यारेन्टी चाहिन्छ । तर सेवा प्रदायकहरू अझै त्यसमा तयार नरहेको श्रेष्ठले बताए ।

    उनले भने, ‘फाइभजी टेस्टिङ चरणमा थियो । यसमा सेवा प्रदायकहरुले चासो देखाउन नसकेका कारणले पनि नेपालमा चल्न सकेको छैन । यसमा धेरै पूर्वाधारहरु चाहिन्छ । टावरहरुको संख्या पनि धेरै नै चाहिन्छ । साथै यसमा ग्यारेन्टिको कुरा पनि आउँछन् । सेवा प्रदायकहरु लगानी गर्न तयार पनि हुनुपर्यो । दूरसञ्चार क्षेत्रको प्रमुख चुनौति भनेको भूगोल र पूर्वाधारहरुमा गर्नुपर्ने लगानी हो । सरकारले र नेपाल दूरसञ्चार प्राधिकरणले पनि नीति नियमहरु बनाएर अगाडि बढ्न नसक्नु नै प्रमुख चूनौति हो ।’

    यसैगरी वर्तमानमा नेपालमा दूरसञ्चार ऐन २०५३ र दूरसञ्चार नीति २०६० अनुसार सेवा सञ्चालन भइरहेको बताए । उनले ऐन नीति पुरानो भएकाले ऐनलाई समयसापेक्ष संशोधन गर्न ढिलाइ हुँदा समस्या आइरहेको समेत बताए ।

    ‘दूरसञ्चार नीति २०६० मा बन्यो । दूरसञ्चार ऐन २०५३ अनुसार अहिले काम भइरहेको छ । नीति आइसकेपछि नीति अन्तरगत हुने दूरसञ्चार ऐन बनिदियो भने सबै नकारात्मक पक्षहरु सकारात्मक हुँदै जान्थे,’उनले भने, ‘नीति भन्दा ऐन पूरानो छ । यसले गर्दा कतिपय अप्ठ्याराहरु ऐन संशोधन नहुँदा भएको छ ।’

    साथै उनले दूरसञ्चार सेवा अब केवल एक क्षेत्रको सीमामा नरहेको उल्लेख गर्दै यो सेवा शिक्षा, स्वास्थ्य, व्यापार, प्रशासनजस्ता हरेक क्षेत्रमा अनिवार्य बनिसकेको बताए ।

    ‘सूचना प्रविधिविना अब कुनै क्षेत्र चल्दैन श्रेष्ठले भने, ‘त्यसैले दूरसञ्चार पहुँच सबै क्षेत्रका लागि जीवनरेखा हो ।’

    यसैगरी विश्व दूरसञ्चार दिवसको कुरा गर्दै उनले अहिले नेपालमा मोबाइल तथा टेलिफोन सिम कार्डको पहुँच जनसंख्याको तुलनामा १०० प्रतिशतभन्दा बढी पुगेको बताए । उनले हरेक वर्ष १७ मे मा मनाइने दूरसञ्चार दिवसको नारा यो वर्ष लैङ्गिक समावेशिता र समावेशी पहुँचमा केन्द्रित रहेको बताए ।

    उनले भने, ‘विश्वभर अझै २.६ अर्ब मानिस सञ्चार सेवाबाट टाढा छन् । जसमा धेरैजसो महिला छन् त्यसैले यस वर्षको सन्देश लैङ्गिक समावेशिता र समावेशी पहुँचमा केन्द्रित छ,’ उनले थपे, ‘हामी दूरसञ्चार क्षेत्रमा काम गर्नेहरूका लागि त १७ मे मात्रै होइन, वर्षैभर दूरसञ्चार दिवस हो ।’

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    नेपाल टेलिकमले ल्यायो अटो–रिन्यु हुने मासिक प्याकेज, एकपटक सक्रिय गरेपछि हरेक महिना स्वतः नवीकरण

    अब नेपाल टेलिकमको नयाँ प्रिपेड ई–सिम अनलाइनबाटै लिन सकिने

    नेपाल टेलिकमले दियो डेटा सकिए पनि ब्यालेन्स नकाटिने सुविधा, यसरी प्रयोग गर्नुहोस्

    चीनको विमानस्थल टर्मिनलमा रोबोटबाट सेवा र निरीक्षण

    दूरसञ्चार प्राधिकरणद्वारा नेपालमा टेलिग्राम एप बन्द

    डीपसीक के हो? अहिले किन चर्चामा छ ?

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म : निम्सदाईको…

    अमेरिकी भिसा पाउन नेपालीले अब ३० लाख रुपैयाँसम्म…

    गोलबजारमा आज कफ्र्यु खुकुलो

    तुलसीलाल र भीमदतले सुरु गरेको किसान आन्दोलनको विरासतलाई थप उचाइमा पुर्याउन…

    वर्तमान सरकार पाँच वर्षको भनिएपनि पाँच महिनामै कमजोर…

    धनुषामा सर्वपक्षीय बैठक सम्पन्न, सद्भाव र्याली निकाल्ने निर्णय

    सरकारसँग सहमतिपछि कप्तानगन्ज गोलीकाण्डका दुवै मृतकको शव परिवारलाई…

    तराई–मधेशको घट्ना धार्मिक दंगा होइन, देशलाई असफल बनाउने…

    आर्थिक

    कोदो–फापर उत्पादन बढाएर आयात घटाई निर्यात बढाउनुपर्छ : प्रकाशसिंह कार्की

    भारतमा व्यावसायिक एलपी ग्यासको मूल्य फेरि घट्यो, नेपालमा कस्तो प्रभाव पर्ला ?

    चार दिनको लगातार गिरावटपछि नेप्सेमा हरियाली, १२.९६ अंकको सुधार

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑