• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८२ जेष्ठ १, बुधबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • स्याङ्जाको विरुवा र अर्जुनचौपारीमा गरिमा विकास बैंकका दुई नयाँ शाखा सञ्चालनमा

      मस्र्याङ्दी अर्धजलाशययुक्त जलविद्युत् आयोजना निर्माणका लागि १५ अर्ब बढीको लगानी सम्झौता

      स्वर्णलक्ष्मी सहकारी अपचलन प्रकरणः कांग्रेस सांसद माया राई १० लाख धरौटीमा रिहा

      ऐन महरले जीवन बर्वाद गर्‍यो, प्रधानमन्त्री ओली आफै महर बचाउन लागे : रश्मिला धामी

      मेलम्ची बाढीपीडितलाई नदी तटवन्धको लागि तत्काल १६ करोडको व्यवस्था

      समलिङ्गी जोडीको सुरक्षित पुनर्मिलन र विवाह दर्ता

      कोटिहोममा जेठ ११ गते देखि राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता हुने

      विश्वव्यापी उपभोक्ता प्रदर्शन २०२५’ आजबाट सुरु

      सामाजिक उत्तरदायित्वमा सक्रिय सिन्धु विकास बैंक: रक्तदान र वक्तृत्वकला प्रतियोगिता सम्पन्न

      आज पनि दोहोरो अंङ्कले घट्यो नेप्से

      सन्दीप लामिछानेले क्यानको केन्द्रीय सम्झौता अस्वीकार, राष्ट्रिय टोलीमा खेल्न भने तयार

      रवीन्द्र मिश्र पक्राउ गर्नुको कारण पेस गर्न सर्वोच्चको आदेश

      आर्थिक अनुशासन कायम गर्न सार्वजनिक निकायका पदाधिकारीहरू अझ बढी जिम्मेवार बन्नु आवश्यक : राष्ट्रपति

      जनकपुरधामस्थित चरणपादुका पक्षालसर पोखरीमा एक पुरुषको शव फेला

      भूकम्पको शिर्षकमा बजेट छुट्याउन माओवादीको आग्रह

    होमपेज / समाचार

    कोटिहोममा जेठ ११ गते देखि राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता हुने

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८२ जेष्ठ १, बुधबार (७ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ९६ पटक पढिएको
  • पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा जेठको ११ गते राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता हुने भएको छ ।

    ‘सनातन संस्कृति, गण्डकी कोटिहोम र हामी विद्यार्थी’ भन्ने शीर्षकमा प्रतियोगिता हुन लागेको प्रतियोगिता संयोजक पब्लिक स्पिकर, मोटीभेटर, शिक्षा तथा संस्कृतिविद्  डा. तुलसी प्रभास खनालले जानकारी दिए ।

    जेठको पहिलो साताबाट प्रतियोगिता आयोजना गर्ने तयारी रहे पनि धेरै अभिभावकको अनुरोध र कक्षा १२ को परीक्षालाई मध्यनजर गरी जेठ ११ देखि प्रतियोगिता आयोजना गर्न लागेको उनले जनकारी दिए । प्रतियोगितामा सहभागी हुने विद्यार्थीले जेठ १० गतेसम्म नाम दर्ता गरिसक्नु पर्नेछ ।

    उनका अनुसार देशभरबाट कक्षा ८ देखि १२ सम्मका विद्यार्थी उक्त वक्तृत्वकला प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् । एसइई तथा कक्षा ११ को परीक्षा दिएका विद्यार्थी पनि प्रतियोगिता सहभागिता जनाउन पाउनेछन् ।

    प्रतियोगितामा  प्रथम हुनेलाई ५१ हजार १ सय ५१, द्वितीय हुनेलाई ४१ हजार १ सय ४१, तृतीय हुनेलाई ३१ हजार १ सय ३१ र सान्त्वना हुनेलाई २१ हजार १ सय २१ र विविध सम्मान गरिने छ । प्रतियोगितामा देशका प्रख्यात पब्लिक स्पिकरहरूका विशेष प्रवचन र मोटीभेसन समेत रहेको खनालले जानकारी दिए ।

    उक्त प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त वाल प्रतिभा पाल्पाकी ओजस्वी आचार्य, कास्कीकी प्रेन्सा रेग्मी नवलपुरकी मनिषा पौडेललगायत अतिथि वक्ताको रूपमा रहेको र उनीहरूलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको छ । प्रतियोगितामा ख्याति प्राप्त व्यक्तिहरूबाट मुल्याड्ढन हुने खनालले जानकारी दिए ।

    अहिले सम्म काठमाडौँ, जुम्ला, रुकुम, रोल्पा, वाके, बर्दिया, झापा, धादिङ लगायत देशभरका जिल्लाबाट १ सय जना बढीले नाम दर्ता गराएको खनालले जानकारी दिए ।

    प्रतियोगिताको समय ७ मिनेट रहेको छ भने वक्ताले सकारात्मक सन्देश दिने खालको हुनु पर्ने छ । प्रतियोगितामा एउटा विद्यालयबाट जति पनि सहभागी हुन पाउने व्यवस्था गरिएको छ ।

    कोटिहोममा धर्म र संस्कृति मात्रै नभई शिक्षालाई जोड्न पनि यो प्रतियोगिता आयोजना गरेको उनले बताए । कास्की बाहिरका सहभागीलाई आतेजाते भाडा र बस्नको व्यवस्था समेत मिलाइएको छ ।

    महायज्ञका सङ्कल्पकर्ता वाल योगेश्वर विजय श्रीकृष्ण मूर्तिजीका अनुसार २०८३ सालको अन्तिम तिर पनि पोखरामा महायज्ञ हुनेछ जुन महायज्ञमा १ हजार भन्दा बढी धार्मिक सङ्घ संस्था पनि सामेल हुनेछन् ।

    उनले कोटिहोम महायज्ञ पश्चात पनि नियमित पोखरामा कार्यक्रम गर्न आश्रम स्थापना र मानस सेवा फाउण्डेसनको प्रदेश र जिल्ला समित घोषण हुने बताए ।

    कोटिहोममा आज चर्चित हास्य कलाकार जितु नेपाल ‘मुन्द्रे’ को सहभागिता रहने प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए । आज  नै राष्ट्रिय लोक दोहोरी तथा भजन गायक सूर्य खड्का र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त लोक गायिका तथा फाउन्डेसनकी केन्द्रीय उपाध्यक्ष राधिका हमालको पनि प्रस्तुति रहने छ ।

    कोटिहोममा जेठ १ गते चर्चित गायिका एलिना चौहान, २ गते लोकदोहोरी गायिका पूर्णकला बिसी, ३ गते देउडा गायक नन्द कृष्ण जोशी, ४ गते भजन गायक रमेश सापकोटा, ५ गते लोकदोहोरी गायक राजु ढकाल,  ६ गते हास्य कलाकार मेरी वास्यैकी पल्पसा डंगोल ‘चम्सुरी’ र २४ गते महानायक राजेश हमालको सहभागिता रहने उनले जानकारी दिए ।

    महायज्ञमा गत वैशाख २७ गते देखि वाचन प्रवीण पं. दिनबन्धु पोखरेलले आफ्नै झाँकी र सङ्गीत समूह सहित कोटीहोममा प्रवचन गरिरहेका छन् । उनले जेठ ३ गते सम्म ७ दिन कथा वाचन गर्ने कार्यक्रम रहेको छ । कोटिहोममा राष्ट्रिय भजन प्रतियोगिता र रक्तदान कार्यक्रम जारी रहेको छ ।

    अनुराधा पाण्डेद्वारा श्यामद भागवत कथा प्रवचनको सुरुवातसँगै महायज्ञमा अन्तर्राष्ट्रिय कथा वाचिका देवी प्रतिभा, व्यासाचार्य प्रशान्त कृष्ण परांकुशलगायत साधु सन्तले महायज्ञमा कथा वाचन गरिसकेका छन्।

    कोटिहोममा चौरासी पूजन कार्यक्रम, सवा करोड पार्थिव शिवलिड्डको निर्माण गरी भगवान् शिवको आशीर्वाद प्राप्त  गर्ने महत्त्वपूर्ण कर्म, १८ पुराण, ४ वेद र १०८ श्रीमदभागवत पाठ पारायण श्रवण साथै वेद, पुराण र भागवत मध्ये कुनै एकको कर्ता बन्ने अवसर, भूमि पूजनका लागि आफ्नो घरमा जमिनको एक मुठी माटो ल्याइ भूमि पूजन जस्तो महत्त्वपूर्ण कर्ममा सहभागी हुने व्यवस्था रहेको छ ।

    त्यसै गरी पितृ उद्धार, पारिवारिक सुख, शान्ति, सु–स्वास्थ्य र समृद्धिका लागि आफ्नो घर परिवार तथा आफ्ना पितृहरूको नाममा २१ कोटि दीप प्रज्वलन गर्ने, तुला दान कर्मका लागि आफ्ना पूजनीय आमाबुवाहरूलाई तुला दानका लागि कोटिहोम स्थलमा सहभागी गराउने,  वैवाहिक जीवनमा जोडिन इच्छुक सबैलाई शुभ विवाह कार्यक्रम, रुद्राभिषेक महा अनुष्ठान, अति रुद्री, लुघुरुद्री आदि पुण्यमयी कर्ममा सहभागी हुने व्यवस्था रहेको छ ।

    कोटिहोममा ४ सय बढी व्रामणले दैनिक भगवानको नाममा आहुति अर्पण गरिरहेका छन्। पावन भूमिमा आयोजित १ सय कुण्डीय कोटिहोमको हवन कुण्डका लागि जौ, तिल, घिउ आदि हवन सामग्री दान गर्ने र हवन कुण्ड परिक्रममा गर्ने व्यवस्था रहेको मानव सेवा फाउन्डेसन व्यवस्थापक विष्णु थापाले जानकारी दिए ।

    कोटिहोममा जेठ १४ देखि २२ गतेसम्म प्रसिद्ध कथा वाचिका राधिका दासी, श्रीराम कथा वाचिका देवी चन्द्रकला सखी, दार्शनिक प्रवचनकर्ता चैतन्यकृष्ण महाराज सहभागी हुने महायज्ञ मूल आयोजक समितिका सह निर्देशक युवक लामिछानेले जानकारी दिए ।

    कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारहरूबाट भजन, झाँकी, देव लीला, नृत्य लगायत प्रस्तुति रहेका छन् । पोखरा १७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा कोटिहोम सञ्चालन भएको छ । कोटिहोम जेठ २६ गतेसम्म सञ्चालन हुने छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    जनकपुरधामस्थित चरणपादुका पक्षालसर पोखरीमा एक पुरुषको शव फेला

    यस्तो छ बिपी राजमार्गमा वर्षामा पनि यातायात साधन सञ्चालन गर्ने योजना

    मौसम पूर्वानुमान : यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

    आज २०८२ वैशाख ३१ गते बुधबार, कस्तो छ तपाईको दिन ? हेर्नुहोस्, राशिफल

    काठमाडौँ प्लाजामा फोहर पानी प्रशोधन प्रणाली जडान

    ‘एमआरपी लागू भए नभएको हेर्ने कामलाई ‘आतंककारी’ शैली भन्न मिल्दैन्’

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    स्वर्णलक्ष्मी सहकारी अपचलन प्रकरणः कांग्रेस सांसद माया राई १० लाख धरौटीमा रिहा

    ऐन महरले जीवन बर्वाद गर्‍यो, प्रधानमन्त्री ओली आफै महर बचाउन लागे : रश्मिला धामी

    समलिङ्गी जोडीको सुरक्षित पुनर्मिलन र विवाह दर्ता

    सन्दीप लामिछानेले क्यानको केन्द्रीय सम्झौता अस्वीकार, राष्ट्रिय टोलीमा खेल्न भने तयार

    स्याङ्जाको विरुवा र अर्जुनचौपारीमा गरिमा विकास बैंकका दुई नयाँ शाखा सञ्चालनमा

    मस्र्याङ्दी अर्धजलाशययुक्त जलविद्युत् आयोजना निर्माणका लागि १५ अर्ब बढीको लगानी सम्झौता

    मेलम्ची बाढीपीडितलाई नदी तटवन्धको लागि तत्काल १६ करोडको व्यवस्था

    मेलम्ची बाढीपीडितलाई नदी तटवन्धको लागि तत्काल १६ करोडको व्यवस्था

    रवीन्द्र मिश्र पक्राउ गर्नुको कारण पेस गर्न सर्वोच्चको आदेश

    प्रतिनिधिसभाको बैठक बस्दै

    राष्ट्रियसभाको बैठक बस्दै

    औषधी लिमिटेडका औषधी सरकारी स्वास्थ्य संस्थामा बिक्री गर्न स्वास्थ्य मन्त्री पौडेलको पहल

    स्वर्णलक्ष्मी सहकारी अपचलन प्रकरणः कांग्रेस सांसद माया राई १० लाख धरौटीमा रिहा

    ऐन महरले जीवन बर्वाद गर्‍यो, प्रधानमन्त्री ओली आफै महर बचाउन लागे : रश्मिला धामी

    समलिङ्गी जोडीको सुरक्षित पुनर्मिलन र विवाह दर्ता

    सन्दीप लामिछानेले क्यानको केन्द्रीय सम्झौता अस्वीकार, राष्ट्रिय टोलीमा खेल्न भने तयार

    आज २०८२ वैशाख २४ गते बुधबार , कस्तो छ तपाईको दिन ? हेर्नुहोस्, राशिफल

    आजको मौसमःयी स्थानमा वर्षाको सम्भावना

    प्रतिनिधिसभाको बैठक आज पनि बस्दै

    आज विभिन्न चार वटा संसदीय समितिको बैठक बस्दै

    कर्णालीको खानेपानी समस्या समाधानतर्फ सरकारको साझेदारी पहल

    एचजेबीएल : हाउण्ड्सको लगातार दोस्रो जित

    आज बागमती प्रदेशमा सार्वजनिक बिदा

    माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड शौचालयमा लडेर घाइते, टाउकोमा चोट

    आर्थिक

    स्याङ्जाको विरुवा र अर्जुनचौपारीमा गरिमा विकास बैंकका दुई नयाँ शाखा सञ्चालनमा

    मस्र्याङ्दी अर्धजलाशययुक्त जलविद्युत् आयोजना निर्माणका लागि १५ अर्ब बढीको लगानी सम्झौता

    विश्वव्यापी उपभोक्ता प्रदर्शन २०२५’ आजबाट सुरु

    सामाजिक उत्तरदायित्वमा सक्रिय सिन्धु विकास बैंक: रक्तदान र वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    आज पनि दोहोरो अंङ्कले घट्यो नेप्से

    भिडियो संवाद

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    हिरोईन जस्ता तेस्रो लिङ्गीहरुले देखाए गाईजात्रा, बाजागाजासहित गरे नांचगान || Gender Equality

    सेतोखबर बिशेष

    अप्रिल महिनाभर वायु प्रदूषणको जोखिम कायम रहन्छ : डा.भुपेद्र दास

    काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै...  विस्तृतमा

    कुलमान हटाउने सरकारको निर्णयको कांग्रेसका दुवै महामन्त्रीको विरोध

    यौन व्यवसायबारे चर्को वहस : व्यवस्थित गर्ने कि बन्देज ?

    स्वास्थ्य बीमा व्यवस्थित गर्न स्वास्थ्य मन्त्री पौडेलले देखाएका विकल्प

    रहस्यले भरिएको छ नागा साधुको जीवन, जान्नुहोस् कसरी बन्छन् नागा सन्यासी

    स्वरुप बदल्दै त्रिचन्द्र क्याम्पस : पुनर्निर्माणमा ढिलाइ हुँदा विद्यार्थीलाई हैरानी

    माओवादी निष्कर्ष : उपनिर्वाचनको परिणाम उत्साहपूर्ण, ०८४ मा एक्लै लड्ने

    माओवादीले चाहे अनुसारको संविधान नबन्दा जनताले दुःख पाए : विष्णु बहादुर विश्वकर्मा

    नेपालमा एचआइभी संक्रमितहरुमाथि लाञ्छना र भेदभाव कायम छ : खड्का

    कष्टकारी मृत्यु पंचक आजबाट सुरु, यस समयमा भूलेर पनि नगर्नुहोस् यी काम

    को हुन् दोस्रो पटक राष्ट्रपति बनेका डोनाल्ड ट्रम्प ?

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2025: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑