सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । तीनकुने क्षेत्रमा प्रदर्शनमा उत्रिएका राजावादीहरु सत्तारुढ नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलतर्फ अघि बढेका छन् । प्रदर्शनका क्रममा आलोकनगरमा रहेको नेकपा एकीकृत समाजवादीको कार्यालयमा तोडफोड र आगजनीपछि उनीहरु च्यासलतिर अघि बढेका हुन् ।
नेपाल न्यूज बैंकका प्रतिनिधि सरोज शाहीका अनुसार प्रदर्शनकारीहरुले नेकपा एसको कार्यालय आलोकनगर पुगेर पहिले तोडफोडमा उत्रिएका थिए । पछि आगजनी गरेका हुन् । उनीहरु एमाले कार्यालयतिर अघि बढेको उनले जानकारी दिए ।
प्रदर्शनकारीहरु नेकपा एसको कार्यालयमा प्रवेश गरेर फर्निचरहरु फुटाए, त्यसपछि प्रदर्शनकारीरुले उक्त कार्यालय आगजनी समेत गरेका हुन् । प्रदर्शनकारीहरु नेकपा माओवादी केन्द्रको कार्यालय पेरिसडाँडा पनि पुगेका छन् । राजावादीहरुको आन्दोलन उग्र बन्दै गएको छ ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा