सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नागरिक लगानी कोष र आईएमई लिमिटेडबीच सेयर प्रत्याभूति गर्ने सम्बन्धमा सम्झौता भएको छ। सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडैलले हस्ताक्षर गरेका छन्।
यस सम्झौताअनुसार, आईएमईले प्रति सेयर एक सय रुपैयाँका दरले १२ लाख ५० हजार ६ सय ६७ कित्ता सेयर निष्कासन गर्नेछ। सो सेयरको कुल मूल्य १२ करोड ५० लाख ६६ हजार ७ सय रुपैयाँ बराबर रहनेछ।
सम्झौता अनुसार नागरिक लगानी कोषले आईएमईको उक्त सेयरलाई प्रत्याभूति गर्नेछ। यो सम्झौताको अवधि हस्ताक्षर भएको मितिबाट ६ महिनासम्म रहनेछ।
आईएमईका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडैलले यस सेयर निष्कासनले कम्पनीको पूँजी वृद्धि गर्नुका साथै लगानीकर्तालाई आकर्षित गर्ने विश्वास व्यक्त गरे। नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले पनि सेयर प्रत्याभूति सम्झौताले पूँजी बजारमा थप विश्वासको वातावरण सिर्जना गर्ने बताए।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा