सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । साताको पहिलो कारोवार दिन नेपाली बजारमा अइतबार सुनको मूल्य घटेको छ । यसअघि तोलामा एक लाख ५० हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ४ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार ७ सय रुपैयाँ कायम भएको छ ।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । यसअघि प्रतितोला एक हजार ८९० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज तोलामा एक हजार ८६५ रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा