• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ ३, बुधबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • फिफा विश्वकप : मेस्सीको ह्याट्रिकसँगै अल्जेरिया विरुद्ध अर्जेन्टिनाको सानदार जित

      कोशी प्रदेशकै सर्वोत्कृष्ट प्रहरी बने मोरङ ट्राफिक प्रमुख न्यौपाने

      प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

      विश्व खडेरीविरुद्ध संघर्षको दिवस मनाइँदै

      बाजुराको मार्तडी-कोल्टी सडक खण्डको जिल्ली पहिरो, रोकथाममा प्रयास,विद्यालय भने जोखिममै

      आजको मौसम : तराई भूभागका केही स्थानमा तातो दिन हुने सम्भावना

      मुक्तिनाथमा पर्यटकको चाप, भारतीयको संख्या उल्लेख्य 

      तलब माग गर्दै मधेश प्रदेशका १३६ स्थानीय तहमा कार्यरत प्रयोगशालाकर्मीहरु आन्दोलित

      कानुनी परिधिभित्र रहेका शैक्षिक व्यवसायलाई राज्यले लखेट्दैन : सहसचिव सापकोटा

      डीएभी कलेजको छतबाट हाम फालेर १८ वर्षीय छात्रले गरे आत्महत्या

      नेपालको शिक्षामा ‘लर्निङ क्राइसिस’ देखियो : डा. महाश्रम शर्मा

      शिक्षा र स्वास्थ्य जस्ता मौलिक क्षेत्रमा शुल्क लगाउनु गलत : उमेश श्रेष्ठ

      रिहाइपछि सन्तोष साह पक्षले सुनायो विवादको पृष्ठभूमि

      इन्डोनेसियामा ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प 

      मनसुन आगमन अझै केही दिन ढिला हुने, यस्तो छ कारण

    होमपेज /  लाईफस्टाईल

    विश्वव्यापी बन्दै गरेको प्रोस्टेट क्यान्सर दुई दशकमा ८५ प्रतिशत पुग्ने अनुमान

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८० चैत्र २९, बिहिबार (२ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ५७० पटक पढिएको
  • काठमाडौं । पुरुषहरूलाई तिव्र रूपमा असर गर्दै गरेको प्रोस्टेट क्यान्सर विश्वव्यापी स्वास्थ्य समस्या बन्दै गएको विज्ञहरुले बताएका छन् । यही अवस्था कायम रहे २०२० देखि ०४० सम्ममा यसको असर ८५ प्रतिशत पुग्ने उनीहरुको दाबी छ ।

    प्रोस्टेट क्यान्सर शुरुकै अवस्थामा थाहा पाउन सके सामान्य उपचारले निको पार्न सम्भव देखिए पनि अन्तिम अवस्थामा पत्ता लागेमा भने रोगको उपचार गर्न र बिरामीको ज्यान बचाउन गाह्रो हुने स्वास्थ्य विज्ञहरूले बताएका छन् ।

    हालैका अध्ययनहरूले प्रोस्टेट क्यान्सरको बारेमा डरलाग्दो तथ्याङ्कहरू पत्ता लगाएका छन् । अनुसन्धानकर्ताहरूले प्रोस्टेट क्यान्सरका घटनाहरू विश्वव्यापी रूपमा दोब्बर भन्दा बढी रहेको अनुमान गरेका छन् । यही अवस्था बढ्दै गए भविष्यमा ठूलो स्वास्थ्य संकट सिर्जना हुने अनुसन्धानकर्ताहरुको भनाई छ ।

    यस क्यान्सरबाट हुने मृत्यु सन् २०२० देखि २०४० बीचमा ८५ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । यसले स्वास्थ्यमा ठूलो तनाव निम्त्याउन सक्छ ।

    द ल्यान्सेट जर्नलमा प्रकाशित यस अध्ययनको प्रतिवेदनअनुसार सन् २०४० सम्ममा प्रोस्टेट क्यान्सरका वार्षिक २९ लाख बिरामी पुग्ने अनुमान गरिएको छ भने अहिले सन् २०२० पछि विश्वभर वार्षिक १४ लाखभन्दा बढी विरामी थपिने गरेका छन् ।

    कम र मध्यम आय भएका देशहरूले धेरै उच्च आय भएका देशहरूको तुलनामा मृत्युदरको उच्च जोखिम रहेको स्वास्थ्य विज्ञहरूले बताएका छन् ।

    प्रोस्टेट क्यान्सरको जोखिम ५० वर्ष वा सोभन्दा माथिका मानिसहरूमा बढी हुने गरेको पनि अध्ययनले देखाएको छ । इन्स्टिच्युट अफ क्यान्सर रिसर्च, लन्डनका प्रोस्टेट एण्ड ब्ल्याडर क्यान्सर रिसर्चका प्रोफेसर निक जेम्सले, विश्वभर मध्यम उमेरका र वृद्ध पुरुषहरूको संख्या बढ्दै जाँदा प्रोस्टेट क्यान्सरको प्रकोप पनि बढ्ने अनुमान गरिएको, क्यान्सरबाट बच्न र यसबाट मानिसलाई सुरक्षित राख्न अहिले नै योजना बनाउन जरुरी रहेको बताए ।

    अनुसन्धानकर्ताहरूले प्रोस्टेट क्यान्सरबाट बच्ने कुनै खास उपाय नभएको बताउँछन् । तर नियमित व्यायाम र स्वस्थ आहार जस्ता छनौट गरेर यो क्यान्सरको जोखिम कम गर्न भने सकिन्छ । प्रोस्टेट क्यान्सरको जोखिम अधिक तौल वा मोटोपन भएका मानिसमा हुने भएकाले तौल नियन्त्रणमा राखेर यसको जोखिमबाट भने बच्न सकिन्छ ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    बीमा कार्यक्रमलाई दीर्घकालीन रूपमा धान्न सकिनेगरी पुनर्संरचना गरिने

    म्याद गुज्रिएको औषधि र जथाभावी टुक्र्याएर खाने बानी स्वास्थ्यका लागि जोखिमपूर्ण

    स्वास्थ्य मन्त्रालयको कुल बेरुजु २३ अर्ब ४५ करोड रुपैयाँ

    मुटुरोग सम्बन्धी परीक्षण कसरी गरिन्छ ?

    अवैध रूपमा ‘डाक्टर’ उपाधि प्रयोग गरे कारबाही हुने

    सांसद अवालद्वारा क्यान्सर औषधि अभावबारे सरकारको ध्यानाकर्षण

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने पर्यटन व्यवसायी पाण्डेको…

    फिफा विश्वकप : मेस्सीको ह्याट्रिकसँगै अल्जेरिया विरुद्ध अर्जेन्टिनाको…

    कोशी प्रदेशकै सर्वोत्कृष्ट प्रहरी बने मोरङ ट्राफिक प्रमुख…

    प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

    डीएभी कलेजको छतबाट हाम फालेर १८ वर्षीय छात्रले…

    पेट्रोलियम पदार्थको मूल्य स्थिर

    सुदूरपश्चिम प्रदेश सरकारले मध्यरातमा ल्यायो ३७ अरबको बजेट,…

    कर्णालीको बजेट ३५ अर्ब ३९ करोड

    आर्थिक

    स्वास्थ्य बिमा दाबी भुक्तानीका लागि थप ९१ करोड १८ लाख निकासा प्रक्रिया अघि बढ्यो

    इलामका चिया उद्योग बन्द, लाखौं किलो चिया थन्कियो

    मधेश प्रदेश सरकारको आर्थिक सर्वेक्षण २०८२/०८३ प्रस्तुत

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑