• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ ७, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • डिम्ब व्यापार र तस्करीविरुद्ध माइतीघर मण्डलामा प्रदर्शन

      रास्वपाको उदयलाई नयाँ राजनीतिक क्रान्तिको कडीका रूपमा लिनुपर्छ : डा.भट्टराई

      बागमतीको बाढीमा टापुमा फसेका १४ जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार

      बागमतीको बाढीमा टापुमा फसेका १४ जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार

      सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन :बालेन शाह

      नेतालाई ‘भगवान’ बनाउने प्रवृत्तिले दल कमजोर हुन्छ : गगन थापा

      जङ्गबहादुरको योगदानलाई वस्तुगत रूपमा मूल्याङ्कन गर्नुपर्छ : विद्या भण्डारी

      ‘म नेपाली जनता हाँसेको हेर्न चाहन्छु’ भन्न सक्नुपर्यो, प्रधानमन्त्रीज्यू’ : सिके राउत

      महाधिवेशनमा निम्तो नपाएपछि मुकुल ढकालको असन्तुष्टि, भने– ‘पार्टी स्थापना गर्ने म सूचीमै परिनँ’

      रास्वपाको प्रथम महाधिवेशनः रवि र बालेनले गरे उद्घाटन (फाटोफिचर)

      रास्वपाको महाधिवेशनमा गएर गगन थापाले दिन खोजेका सन्देश

      रास्वपा महाधिवेशनमा विपक्षी दलका नेताको उपस्थिती

      रास्वपा महाधिवेशनमा पुगे बाबुराम र वर्षमान

      हुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

      धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको अनुपम संगम: दूधकुण्ड (तस्विरहरू)

    होमपेज /  पत्रपत्रिका

    रामहरी श्रेष्ठ हत्या प्रकरणः १५ वर्षपछि पक्राउ परे फरार मुख्य अभियुक्त कालीबहादुर खाम

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८० चैत्र २१, बुधबार (२ साल अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
  • ४२२ पटक पढिएको
  • काठमाडौँ, २१ चैत ।  कोटेश्वरका रेस्टुरेन्ट व्यवसायी रामहरी श्रेष्ठलाई घरैबाट लगेर हत्या गरिएको १५ वर्षपछि मुख्य अभियुक्त माओवादीका पूर्वकमान्डर कालीबहादुर खाम बल्ल पक्राउ परेका छन् । २८ वैशाख २०६५ मा शक्तिखोरस्थित माओवादी लडाकुको अस्थायी शिविरमा निर्मम कुटपिटबाट श्रेष्ठको हत्या भएको थियो ।

    माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभाको निर्वाचन जितेर सत्तारोहण गर्दैगर्दा व्यापारी श्रेष्ठको हत्या भएको थियो । आज उनै प्रचण्डको नेतृत्वमा सरकार भएकै समयमा मुख्य अभियुक्त खाम पक्राउ परेका छन् । भर्खरै शान्ति पक्रियामा आएको माओवादीका लडाकुहरूले श्रेष्ठलाई चितवनको शक्तिखोरस्थित अस्थायी शिविरमा लगेर कुटीकुटी हत्या गरेका थिए । त्यसपछि काठमाडौंमा माओवादीविरुद्ध आन्दोलन चर्किएको थियो । व्यापारी श्रेष्ठको हत्या प्रकरणको विषयमा प्रचण्डले खामलगायतलाई कारबाहीको दायरामा ल्याउने भन्दै श्रेष्ठपत्नी रमिला श्रेष्ठसँग सातबुँदे सहमति गरेका थिए । त्यसपछि रमिला श्रेष्ठले माओवादीका पूर्वलडाकुविरुद्ध जाहेरी दिएकी थिइन् ।

    प्रचण्डले श्रेष्ठ परिवारसँग सातबुँदे सहमति गरे पनि कालीबहादुर खामलगायतका पूर्वलडाकुको लामो समयसम्म संरक्षण गरे । पूर्वलडाकुविरुद्ध जाहेरी परेसँगै कालीबहादुर खाम, केशव अधिकारी, गंगाराम थापा फरार रहेका थिए । खामले अपहरण तथा कुटपिट गर्न निर्देशन दिएको, अधिकारी र थापाले अपहरण र कुटपिट गरेको अभियोग थियो । त्यस्तै, गोबिन्दबहादुर बटालाले अपहरण र शव व्यवस्थापन गरेको र अर्जुन कार्कीले शव गाडीमा लगेर फालेको अभियोग थियो । सर्वोच्च अदालतले सो मुद्दामा बटालालाई सफाइ दिएको थियो । त्यसपछि सोविरुद्ध परेको रिटमा १५ असोज २०७७ मा सर्वोच्चका न्यायाधीश दीपककुमार कार्की, ईश्वरप्रसाद खतिवडा र मनोजकुमार शर्माको पूर्ण इजलासले मुद्दाको पुनरावेदन गर्ने अनुमति दिएको थियो ।

    सर्वोच्चले १८ फागुन २०७६ मा बटाला र अर्जुन कार्कीलाई सफाइ दिने फैसला गरेको थियो । न्यायाधीश तेजबहादुर केसी र टंकबहादुर मोक्तानको संयुक्त इजलासले गरेको सो फैसलामाथि फेरि सुनुवाइ भएको हो । सरकारका तर्फबाट महान्यायाधिवक्ता कार्यालयले फैसला पुनरवलोकनका लागि २६ भदौ २०७७ मा निवेदन दर्ता गरेको थियो । बटालालाई सफाइ दिएको कानुनी आधार त्रुटिपूर्ण भएकाले उनी दोषी ठहर हुनुपर्ने महान्यायाधिवक्ता कार्यालयको निवेदनमा जिकिर छ । सरकारी वकिलको कार्यालयले बटालालाई जन्मकैद मागसहित यसअघि अभियोगपत्र दर्ता गरेको थियो ।

    कसरी भएको थियो घटना ?
    माओवादी शान्ति प्रक्रियामा आएपछि चितवनको शक्तिखोरमा रहेको उसको जनमुक्ति सेनाको तेस्रो डिभिजनले कोटेश्वरका व्यापारी रामहरी श्रेष्ठको घरमा सम्पर्क कार्यालय खोलेको थियो । सम्पर्क कार्यालयबाट १४ चैत २०६४ मा १७ लाख रुपैयाँ र एउटा पेस्तोल चोरी भयो । घटना छानबिनका लागि भन्दै बटालासहितको टोलीले केशव अधिकारी, गंगाराम थापा र श्रेष्ठलाई ‘उठाएर’ चितवन लगे ।

    डिभिजनका ब्रिगेड कमान्डर बटालाले सोधपुछ गर्दा श्रेष्ठले आफूसँग नियन्त्रणमा लिइएका अधिकारी र थापाको नाम पोलेका थिए । बटालाको दाबीनुसार ३१ वैशाख २०६५ बिहान ‘चोरीको रहस्य किन खोलिस् ?’ भन्दै श्रेष्ठलाई अधिकारी र थापाले कुटपिट गरी मरणासन्न अवस्थामा पु-याए । उपचारका लागि अस्पताल लैजान खोज्दा बाटोमा श्रेष्ठको मृत्यु भयो । उनको शव बटालाले नारायणी नदीमा फालेको भन्ने व्यहोराको विवरण जनमुक्ति सेना नेपाल तेस्रो डिभिजनले ३ जेठ २०६५ मा प्रहरीमा पठाएको थियो ।

    रामहरीकी पत्नी रमिलाले बानेश्वर प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् । उनको बयानअनुसार १५ वैशाख राति बटाला र अरू तीन जनाले रामहरीलाई पेस्तोल देखाई लिएर गएका हुन् । पछि शक्तिखोरमै रामहरी बन्धक रहेका बेला बटालाले कुरा गराइदिएका थिए ।

    श्रेष्ठको घरको शौचालयमा टिसर्टमा पोको पारेको अवस्थामा १७ लाख र भ¥याङमुनि पेस्तोल भेटिएको थियो । ‘१५ वैशाखमा फेरि शिविरमा ल्याई सोधपुछ गर्दा उनले आरोप स्विकारेका थिए र अरूले स्विकार गरेनन्, पछि सबैले स्विकारे,’ बटालाले बयानमा भनेका थिए, ‘राति कोठा खोली हेर्दा थापा र अधिकारीले घटनाको पोल खोलेकाले पिटेको बताएका थिए ।’ मरणासन्न रामहरीलाई उपचारका लागि काठमाडौं ल्याउँदै गर्दा नारायणगढ–मुग्लिन सडकको भालुढुंगामा मृत्यु भएकाले थापा र अधिकारीले शव तन्नामा राखी ढुंगा हालेर झोलुंगे पुलको बीचबाट नारायण नदीमा फालेको बटालाको भनाइ थियो ।

    श्रेष्ठको मृत्यु २६ वैशाख बिहान ११ बजे चितवनस्थित शिक्षण अस्पतालको आईसीयूमा भएको थियो । घटनापछि प्रहरीको नजरमा खामसहित केशव अधिकारी, गंगाराम थापा अनि अर्जुन कार्की फरार भए । थापा खामकै अंगरक्षक हुन् । बटालाले कुटपिटको दोष अधिकारी र थापामाथि थपेर आफू निर्दोष रहेको बयान दिए । फरार रहेका सवारीचालक कार्की पछि अदालतमा उपस्थित भए अनि गाडी चलाउनेबाहेक काम आफूले नगरेको बताए । फरार रहेका सबैको फाइल मुल्तबीमा राखेर जिल्ला अदालत चितवनले दुईपटक मुद्दाको फैसला ग¥यो ।

    १७ जेठ २०६८ मा भोलानाथ चौलागाईंको इजलासले बटालालाई ३ वर्ष कैद फैसला ग¥यो । ६ महिनापछि २० मंसिरमा भोजराज अधिकारीको इजलासले कार्कीलाई घटनामा संलग्न नभएको तर घटना भएको देख्दादेख्दै मौन बसेको भन्दै २० रुपैयाँ जरिमानाको फैसला सुनाइदियो । कार्की पुनरावेदन अदालत गएनन् । बटाला पुनरावेदनमा गए । कार्की र बटाला दुवैलाई कम सजाय भयो भनी सरकारी वकिल कार्यालयले पनि पुनरावेदन हाल्यो । शव गाडीमा राखी गायब गर्ने काममा मतियार भएकाले कार्कीमाथि पनि सजाय हुनुपर्ने माग सरकारी वकिलको थियो ।

    तत्कालीन पुनरावेदन अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र विनोदप्रसाद शर्माको इजलासले ‘आफ्नो नियन्त्रणमा राखेका व्यक्तिहरूबीचको कुटपिटबाट रामहरी घाइते भई मृत्यु हुन गएको देखिँदा बटालालाई ३ वर्ष कैद हुने सुरु फैसलालाई अन्यथा भन्न मिलेन’ भनी फैसला ग-यो । पुनरावेदनले बटाला ज्यान मुद्दामा संलग्न भएको भनी दाबी पुग्न नसकेको निष्कर्ष निकाल्यो भने शव गायब पार्न सघाउने सवारीचालक कार्कीलाई पनि २० रुपैयाँ जरिमाना गर्ने जिल्लाकै फैसला सदर ग¥यो । यो खबर आजको राजधानि दैनिकले छापेको छ ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    त्रिभुवन विमानस्थलभित्र इन्धन डिपो : उच्च जोखिममा राजधानी

    सरकारबाट बाहिरिँदै प्रचण्ड

    कूटनीतिक नियोग आराम गर्ने थलो !

    कुवेतमा अवैध बसेका ३५ हजारले दिए स्वदेश फर्कन निवेदन

    मन्त्रालयको संख्या घटाउन दबाब

    टेरामक्स प्रकरणः अनुसन्धान पूरा भएर पनि अख्तियारबाट भ्रष्टाचार मुद्दा दर्ता किन रोकियो ?

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    डिम्ब व्यापार र तस्करीविरुद्ध माइतीघर मण्डलामा प्रदर्शन

    रास्वपाको उदयलाई नयाँ राजनीतिक क्रान्तिको कडीका रूपमा लिनुपर्छ…

    बागमतीको बाढीमा टापुमा फसेका १४ जनाको सशस्त्र प्रहरीद्वारा…

    बागमतीको बाढीमा टापुमा फसेका १४ जनाको सशस्त्र प्रहरीद्वारा…

    रास्वपाको उदयलाई नयाँ राजनीतिक क्रान्तिको कडीका रूपमा लिनुपर्छ…

    सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म…

    ‘म नेपाली जनता हाँसेको हेर्न चाहन्छु’ भन्न सक्नुपर्यो,…

    आज वर्षकै सबैभन्दा लामो दिन, भोलिदेखि रात लामो…

    आर्थिक

    बैंकका सिइओको तलब वृद्धिमा राष्ट्र बैंकको कडाइ: फोन, गाडी र ल्यापटपबाहेक बढी सुविधा लिन नपाउने

    आईसीएयूआरको विद्युतीय एसयूभी ‘सुपर भी २३’ ले जित्यो रेड डट डिजाइन कन्सेप्ट २०२६ अवार्ड

    सीताराम गोकुल मिल्कले बजारमा ल्यायो आइसक्रिम र मही

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑