• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ ८, सोमबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • डिम्ब व्यापार र तस्करीविरुद्ध माइतीघर मण्डलामा प्रदर्शन

      रास्वपाको उदयलाई नयाँ राजनीतिक क्रान्तिको कडीका रूपमा लिनुपर्छ : डा.भट्टराई

      बागमतीको बाढीमा टापुमा फसेका १४ जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार

      बागमतीको बाढीमा टापुमा फसेका १४ जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार

      सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन :बालेन शाह

      नेतालाई ‘भगवान’ बनाउने प्रवृत्तिले दल कमजोर हुन्छ : गगन थापा

      जङ्गबहादुरको योगदानलाई वस्तुगत रूपमा मूल्याङ्कन गर्नुपर्छ : विद्या भण्डारी

      ‘म नेपाली जनता हाँसेको हेर्न चाहन्छु’ भन्न सक्नुपर्यो, प्रधानमन्त्रीज्यू’ : सिके राउत

      महाधिवेशनमा निम्तो नपाएपछि मुकुल ढकालको असन्तुष्टि, भने– ‘पार्टी स्थापना गर्ने म सूचीमै परिनँ’

      रास्वपाको प्रथम महाधिवेशनः रवि र बालेनले गरे उद्घाटन (फाटोफिचर)

      रास्वपाको महाधिवेशनमा गएर गगन थापाले दिन खोजेका सन्देश

      रास्वपा महाधिवेशनमा विपक्षी दलका नेताको उपस्थिती

      रास्वपा महाधिवेशनमा पुगे बाबुराम र वर्षमान

      हुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

      धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको अनुपम संगम: दूधकुण्ड (तस्विरहरू)

    होमपेज /  पत्रपत्रिका

    नाउपामा फेरि किचलो, सांसद नै दुई कित्तामा

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८० चैत्र १६, शुक्रबार (२ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ३४६ पटक पढिएको
  • धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा)मा फेरि किचलो सुरु भएको छ । सत्ता गठबन्धनलाई लिएर सो पार्टीभित्र किचलो सुरु भएको हो ।

    बुधबार मात्र नागरिक उन्मुक्तिले सुदूरपश्चिम प्रदेशमा नयाँ गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठको अध्यक्षतामा टीकापुरमा बसेको संस्थापक केन्द्रीय सदस्य र सांसदहरूको बैठकले नयाँ गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको हो ।

    अल्पमतमा परेको सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने कि कायमै राख्ने भन्ने विषयमा भने नागरिक उन्मुक्तिबाट सांसद बनेकाहरू नै दुई कित्तामा देखिएका छन् । पार्टीका संस्थापक केन्द्रीय सदस्य तथा टीकापुर नगरपालिका प्रमुख रामलाल डंगौराले नयाँ गठबन्धनसँग वार्ता गर्ने र सोहीअनुसार सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको बताए ।

    बैठकमा सुदूरपश्चिमका सात जना सांसदमध्ये पूर्वराज्यमन्त्री कैलाशी चौधरी, बिनाविभागीय मन्त्री लक्ष्मणकिशोर चौधरीको मात्रै सहभागिता थियो । साथै पार्टी संरक्षक रेशमलाल चौधरी पनि बैठकमा सहभागी थिएनन् । टीकापुरमा सम्पन्न संस्थापक केन्द्रीय सदस्य र सांसदहरू सम्मिलित बैठक विवादित बनेको छ ।

    पार्टीका संरक्षक रेशमलाल चौधरीका साथै बहुसंख्यक संस्थापक सदस्य तथा सांसदहरूको उपस्थिति बिना भएको भन्दै अर्कोथरीले विरोध नै जनाएका थिए । पार्टी अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको बैठकले सबै तहमा नयाँ राजनीतिक गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको छ ।

    साथै कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णयसमेत गरेको छ । तर, सोही पार्टीका अर्कोथरी संस्थापक तथा नेताहरूले सो निर्णय अल्पमत सदस्यले गरेको भन्दै मान्य नहुने बताइरहेका छन् ।

    नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम संसदीय दलका नेता घनश्याम चौधरीले प्रदेश सरकारलाई दिएको समर्थन कायमै रहने बताउँदै आएका छन् । चौधरीले आफूहरूको समर्थन कायमै रहने बताए ।

    बैठकमा २१ जना केन्द्रीय सदस्यमध्ये १२ जना सहभागी थिए । बैठकमा सुदूरपश्चिमका सात जना सांसदमध्ये पूर्वराज्यमन्त्री कैलाशी चौधरी, बिनाविभागीय मन्त्री लक्ष्मणकिशोर चौधरीको मात्रै सहभागिता रहेको थियो । सुदूरपश्चिम प्रदेशमा संरक्षक रेशमलाल चौधरीको जोडबलमा नागरिक उन्मुक्तिका सात जना सांसदमध्ये पाँच जना सांसद कांग्रेस नेतृत्वको सरकारमा मन्त्री बनेका छन् ।

    यसअघि पार्टीका संरक्षक रेशमलाल चौधरी पक्षीय संस्थापक केन्द्रीय सदस्यको बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन नगर्ने निर्णय गरेको थियो । तर, अध्यक्ष श्रेष्ठले भने प्रचण्डलाई विश्वासको मत दिन ह्वीप लगाएकी थिइन् ।

    पार्टीका संरक्षक रेशमलालसहित बहुसंख्यक संस्थापक सदस्य तथा सांसदहरूको उपस्थितिबिना निर्णय भएको भन्दै अर्कोथरीले विरोध जनाएका छन् ।

    उता, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टी (नाउपा)का दुई बिनाविभागीय मन्त्रीलाई जिम्मेवारी प्रदान गरेका छन् । नाउपा केन्द्रीय समितिले बुधबार मात्रै केन्द्र र प्रदेशको ‘नयाँ सत्ता गठबन्धनलाई समर्थन’ गर्ने निर्णय गरेकामा बिहीबार मन्त्रीद्वय खुसीराम डगौंरा थारू र लक्ष्मणकिशोर चौधरीलाई मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको हो ।

    मन्त्री खुसीरामलाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ । भने मन्त्री लक्ष्मण किशोरलाई सामाजिक बिहीबारै आआफ्नो मन्त्रालयमा पदभार ग्रहण गरेका छन् ।

    नागरिक उन्मुक्ति पार्टीभित्र सुदूरपश्चिम प्रदेशमा वर्तमान सरकारलाई समर्थन गर्ने र नगर्नेमा सुरुदेखि नै दुई धार रहँदै आएको छ । बुधबार नाउपा अध्यक्ष तथा कैलाली १ का प्रतिनिधि सभा सदस्य रञ्जिता श्रेष्ठ चौधरीको अध्यक्षतामा बसेको बैठकले ‘केन्द्र र प्रदेशमा नयाँ सत्ता गठबन्धनलाई समर्थन गर्ने’ निर्णय गरेको थियो ।

    केन्द्रमा सत्ता समीकरण परिवर्तन भएपछि प्रदेशमा अल्पमतमा परेका मुख्यमन्त्री शाहले नाउपाबाट चार जना मन्त्री र एक जना राज्यमन्त्री नियुक्त गरिसकेका छन् । सुदूरपश्चिम प्रदेशसभामा नाउपाका सात जना सांसद रहेका छन् ।

    ५३ सदस्यीय यो प्रदेशसभामा सरकार बनाउन २७ जना सांसद आवश्यक पर्छ । हाल प्रदेशसभामा नेपाली कांग्रेसका १८ जना, नेकपा (माओवादी केन्द्र)का सभामुखसहित ११ जना, नेकपा (एमाले) का १० जना, नागरिक उन्मुक्ति पार्टीका सात जना, नेकपा (एकीकृत समाजवादी)का चार जना, राष्ट्रिय प्रजातन्त्र पार्टीका एक जना र एक जना स्वतन्त्र गरी ५२ जना सांसद कायम रहेका छन् । यो खबर आजको राजधानि दैनिकले छापेको छ ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    त्रिभुवन विमानस्थलभित्र इन्धन डिपो : उच्च जोखिममा राजधानी

    सरकारबाट बाहिरिँदै प्रचण्ड

    कूटनीतिक नियोग आराम गर्ने थलो !

    कुवेतमा अवैध बसेका ३५ हजारले दिए स्वदेश फर्कन निवेदन

    मन्त्रालयको संख्या घटाउन दबाब

    टेरामक्स प्रकरणः अनुसन्धान पूरा भएर पनि अख्तियारबाट भ्रष्टाचार मुद्दा दर्ता किन रोकियो ?

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    डिम्ब व्यापार र तस्करीविरुद्ध माइतीघर मण्डलामा प्रदर्शन

    रास्वपाको उदयलाई नयाँ राजनीतिक क्रान्तिको कडीका रूपमा लिनुपर्छ…

    बागमतीको बाढीमा टापुमा फसेका १४ जनाको सशस्त्र प्रहरीद्वारा…

    बागमतीको बाढीमा टापुमा फसेका १४ जनाको सशस्त्र प्रहरीद्वारा…

    रास्वपाको उदयलाई नयाँ राजनीतिक क्रान्तिको कडीका रूपमा लिनुपर्छ…

    सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म…

    ‘म नेपाली जनता हाँसेको हेर्न चाहन्छु’ भन्न सक्नुपर्यो,…

    आज वर्षकै सबैभन्दा लामो दिन, भोलिदेखि रात लामो…

    आर्थिक

    बैंकका सिइओको तलब वृद्धिमा राष्ट्र बैंकको कडाइ: फोन, गाडी र ल्यापटपबाहेक बढी सुविधा लिन नपाउने

    आईसीएयूआरको विद्युतीय एसयूभी ‘सुपर भी २३’ ले जित्यो रेड डट डिजाइन कन्सेप्ट २०२६ अवार्ड

    सीताराम गोकुल मिल्कले बजारमा ल्यायो आइसक्रिम र मही

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑