• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ जेष्ठ २१, बिहिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकमाथि छलफल, धेरै विषय सुधार गर्नुपर्ने

      टिकटकर तुलसा अधिकारी जेल चलान

      राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकमाथि छलफल, धेरै विषय सुधार गर्नुपर्ने

      रमा तिवारी हत्या प्रकरण : निष्कर्षमा पुग्न सकेन प्रहरी, अनुसन्धानमै अनेक प्रश्न

      राप्रपा छाडेका धवलशम्शेरले भने : ‘भत्किएको घरभन्दा नयाँ घर बनाउनुपर्छ’

      प्रधानमन्त्रीको देशद्रोही अभिव्यक्ति रेकर्डबाट नहटाएसम्म विरोध जारी रहन्छ ःप्रमुख सचेतक महर

      कुशल भुर्तेल द्वारा टि–२० आईमा लागातार दोस्रो शतक

      ऊर्जा क्षेत्रका एजेन्डा सरकारी नीति तथा कार्यक्रममा समावेश हुन सफल : अध्यक्ष कार्की

      ७७४ वटा बीवाईडी गाडी सशस्त्र प्रहरीको नियन्त्रणमा

      वृत्तचित्र ‘सन्चलालः सीड्स अफ होप’को पोस्टर सार्वजनिक

      अजित मिजारको न्यायको माग गर्दै कांग्रेसका युवाहरुद्वारा प्रदर्शन

      एसीसी महिला प्रिमियर कपः भुटानमाथि नेपालको लगातार दोस्रो जित

      जातीय विभेद अन्त्यका लागि साझा प्रतिबद्धता आवश्यक छ : सभामुख अर्याल

      जातीय विभेद अन्त्यका लागि साझा प्रतिबद्धता आवश्यक छ : सभामुख अर्याल

      दुई भुटानी राजबन्दी रिहाइको स्वागत, बाँकी २८ जनाको तत्काल रिहाइको माग

    होमपेज /  लेख/साहित्य

    जीवन र खाद्यको आधार हो पानी

    डि.बि. भण्डारी

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८० आश्विन २०, शनिबार (२ साल अघि)
    अनुमानित पढ्ने समय : २ मिनेट
  • १९६३ पटक पढिएको
  • भक्तपुर । मानव जीवनको अपरिहार्य तत्व हो जुनबिना न त पृथ्वी न त मानव जीवनको अस्तित्व नै सम्भव छ। विज्ञानको भाषामा हाइड्रोजन र अक्सिजनको मिश्रित रुप हो।खाद्य र पानी मानवीय जीवनको अपरिहार्य आवश्यकता हो,पानी जीवन हो भने खाद्यान्न समेत जीवनकै अगं हो। पानी जीवन खाद्यको स्रोत वा आधार मात्र नभइ परिपुरक सम्बन्ध रहेको बिषय समेत हो,पानी मानविय शरिरमा शक्ति प्रवाह गराउने,तापक्रम नियन्त्रण तथा शरीर स्वस्थ राख्नका लागि आवश्यक छ। मानिसको शरिरमा ७०% हिस्सा पानीले ओगटेको हुन्छ भने तथ्यबाट पानी जीवनको आधार मात्र नभई स्रोत पनि हो तथ्य स्पष्ट हुन्छ । पानी आवश्यकताको सन्तुष्टि समेत हो ,जसको अभाव वा कमिका कारण मानवीय स्वास्थ अस्वस्थ भई मानविय जीवन नै समाप्त हुन सक्छ भने यसबिना खाद्य र वनस्पति पनि बाच्नं सक्दैन ।

    स्वच्छ र सफा पानी मानवका साथै खाद्य सुरक्षा र स्वच्छताका लागि अनिवार्य शर्त बनिसकेको छ।अन्तर्राष्ट्रिय समुदाय र संघसंस्था तथा नेपालमै पनि पानीको गुणस्तर कायम खाद्य स्वच्छन्दताका लागि पर्याप्त नियमहरु बनेका छन,मौलिक तथा मानव अधिकारको पहिलो पक्ष भनेको खाद्य संप्रभुता,उपभोक्ताको हक हित,सुरक्षा र त्यसको कार्यान्वयन हो तर बनेका नियमहरु कार्यान्वयन नहुदां यो खाद्य दिवसका अवसरमा नयां प्रतिबद्धता गर्ने शैलि मात्र बनेको देखिन्छ।

    मानिसले प्रयोग गर्ने हरेक बिषयमा खाद्य स्वच्छन्दतालाई ध्यान दिनु जरुरी छ,पानीको अपर्याप्तता,गुणस्तरमा ह्रास आउनु,अनुगमनको अभावका कारण एकातिर व्यापारीहरुले लुटको धन्दा फैलाइ उपभोक्तताको स्वास्थ माथी खेलवाड गरिरहेको हुन्छन भने अर्कोतिर पर्यावरण संरक्षण र यसको व्यवस्थापनमा ध्यान नदिदां तथा पहुँच व्यापक रुपमा विस्तार हुन नसक्दा मानिसले मानविय विपत्तिको सामना गरिरहेको छ ,पानी जीवन मात्र नभई जीवनको स्रोत पनि हो। खाद्य सुरक्षा र पानीको बिषय विकासोन्मुख देशका लागि प्रमुख चुनौती हो जसले सर्वसाधारण जनताको स्वास्थ जीवनमा प्रतिकुल प्रभाव पार्दछ।पानी तथा खाद्यान्नको अभावमा ज्यान गुमाउनुपर्ने बाध्यता खाद्य सुरक्षा र स्वच्छ पानीको राज्यले ग्यारेन्टी गर्न नसक्नुको परिणाम हो।बाच्नंका लागि खाद्यान्न आवश्यक छ तबमात्र जीवन सम्भव छ तर बाच्नंकै लागि भन्दैमा गुणस्तरहिन,शुरक्षाको ज्ञारेन्टि नभएको पानी र खाद्यान्न जीवनको अभिशाप बन्दछ।

    अन्तर्राष्ट्रिय रुपमा समेत खाद्य शुरक्षालाई मानव अधिकारको अंगको रुपमा लिइएको छ,मानविय जीवनमा खाद्य र पानी प्राथमिक आवश्यकता हुन,तवमात्र मानविय जीवन सम्भव छ। पानिले खाद्य उत्पादन तथा शुरक्षामा समेत महत्त्वपुर्ण भुमिका खेल्दछ” कसैलाइ पनि नछाड्नुहोस्” भन्ने वाक्यांशले सबैका लागि स्वच्छ र शुरक्षित पानिमा पहुँच सुनिश्चितता गर्ने महत्त्वलाई उजागर गर्दछ किनकि यो मौलिक मानव अधिकार र दिगो विकासको कुञ्जी हो। मानिस या कुनै जनावर या वनस्पति पानिविना जिउन सम्भव छैन,हुर्कन,बढ्न,शरीर सञ्चालन पाचन प्रकियामा समेत भित्री रुपमा पानि आवश्यक छ,अझै पानी र खाद्यान्न त समानार्थी शब्द हुन।शारीरिक र स्वस्थ मानविय जीवनमा लागि खाद्यान्न र पानी दुवैको उत्तिकै आवश्यकता छ।

    कानुनी रुपबाट खाद्यान्न र स्वच्छ पानिको अधिकारलाई मान्यता दिएपनि सुविधासम्पन्न सहरहरूमा यसको अभाव नागरिकले भोग्नुपरिरहेको अवस्था छ।अर्को व्यापारीहरुले गर्ने कृत्रिम कालोबजारी,आार्थिक संकट तथा वर्षा लगायतका विभिन्न समयमा आउने प्राकृतिक र मानव सिर्जित विपतहरुले खाद्यान्न र पानीको मानिसको अधिकारलाई तिलाञ्जली दिएको छ।पानी मानव पुजीं हो ,संवाहक हो भने खाद्य पानिको आधारभूत पक्ष हो,त्यसो त अन्तर्राष्ट्रिय स्तरमा नै खाद्यान्न र पानिको अभावले विकराल रुप लिएको उदाहरणहरु छन। पानी विना जीवन सम्भव छैन जसबाट खाद्यान्न समेत अछुतो छैन ,नेपालजस्तो देशमा स्वस्थ मानविय जीवनका लागि खाद्यान्न र पानी अपरिहार्य हो तर समयमै पानी नपर्दा,बेमौसमी पानी पर्दा,अतिवृष्टि जस्ता कारणहरुले किसानले लगाएको खाद्यान्न बालिनाली खडेरीले गर्दा नष्ट भएका उदाहरणहरु छन। “अनिकालमा बीउ जोगाउन” हम्मे हम्मे भएको किसानलाइ पानीको टड्कारोले पेशा व्यवसाय बन्द गर्ने अवस्था ल्याएको छ।

    मानिसका लागि स्वच्छ खानेपानीको पहुँच विस्तार नभएको ठांउमा बोटबिरुवा,उब्जनी हुने खाद्यान्नहरु कृषिमा पानी नपुग्दा नेपालको विकट भौगोलिक क्षेत्रका मानिसहरुको जीवन कष्टकर बनेको छ। भोकले जहिलेपनि रोटि माग्छ,खाद्यान्न माग्छ, विचार र दर्शन होइन, यदि पानिको अउपलब्धता,पहुँच विस्तार तथा उपभोग नहुने हो भने खाद्यान्न उब्जन सक्दैन।खाद्यान्न विना मानविय जीवन सम्भव नै छैन त्यसैले पानीमात्र एक त्यस्तो सत्य शक्ति हो जसले जीवन सुरक्षा र समग्र वनस्पति खाद्य बालिको ग्यारेन्टी गर्न सक्दछ र सोही मुताविक मानविय जीवन सञ्चालित हुन्छ।

    नेपालकै सन्दर्भमा ८५% घरधुरीमा खानेपानीको पहुँच पुग्दा १५% घरधुरी पनि स्वच्छ खानेपानीको पहुँचमा छैनन् भने उपभोक्ता वा व्यवस्थापन गरेको पानी कृषि क्षेत्रका लागि वा खाद्यान्नमा उपयोग हुन नसक्दा पानिको नकारात्मक प्रत्यक्ष प्रभाव खाद्यबालीमा पर्छ भने खाद्यान्न नभएमा मानविय जीवन संकटमा पर्छ।पानी मानविय जीवनका लागि प्रत्यक्ष रुपमा र खाद्यान्न,वनस्पतिको क्षेत्रबाट अप्रत्यक्ष रुपमा मानविय अस्तित्वसंग गांसिएको छ। एकातिर देशमा आवश्यक खाद्य उत्पादन हुन नसक्दा विदेशबाट आयात गर्नुपर्ने अवस्था छ जसमा स्वच्छन्दता र शुरक्षाको प्रमुख प्रश्न बन्दै गर्दा जलस्रोतमा धनी भएको देशले पानीको भरपर्दो वितरण गर्न सकिरहेको छैन। जसले गर्दा खाद्यान्न उत्पादन नहुदा मानवीय जिवन त्यो विना बाच्न सम्भव छैन यहाँ खाद्यान्न र पानी जीवनका लागि उत्तिकै आवश्यक छ भने खाद्यान्न वृद्धिका लागि पानी पनि आवश्यक छ।

    वर्तमान १५ओैं योजना र अन्तर्राष्ट्रिय संघसंस्थाहरुले खाद्य संप्रभुता,स्वच्छता तथा शुरक्षाको वकालत गरिरहदां व्यवहारिक पक्षको अवस्था समेत नियाल्न जरुरी छ,दिगो खाद्यका लागि भएका प्रभावकारी कदमहरुको अवस्थाको विश्लेषण गर्नुपर्दछ तबमात्र लिखित र व्यवहारिक जीवनको तालमेल हुन्छ। नेपालमा संघ प्रदेश र स्थानीय तहहरुले सरकार र संघसंस्थाहरुको सहयोगमा शुरक्षित पानी वितरण ,खाद्यान्नको उत्पादन,व्यवस्थापन तथा नियमन केहि हदसम्म भुमिका खेलेका छन।खाद्यान्न र पानिको अभावमा मरणको अवस्थामा नपुगेपनि बेलाबखत झाडापखाला,विभिन्न रोगहरुका साथै चाडपर्वमा हुने खाद्यान्न अभाव,गुणस्तरहिन खाद्य बस्तुले अझै प्रभावकारी रुपमा खाद्यान्न र पानिको उपभोग गर्न नसकिरहेको अवस्थालाइ देखाउछ । प्राचीन नगदे पोषणयुक्त खाद्यान्न बाली,कर्णालीको कोदो,फापरहरुले उचित बजार नपाउंदा वा व्यवस्थापन हुन नसक्दा हामी अर्गानिक खाद्य बालिको नारा लगाएर दुषित र गुणस्तरहिन खाद्यान्न,विक्रि वितरणमा लागेको छौं।

    पहिलो राष्ट्रिय दायित्वबाट समेत सरकार पछि हट्न पाउंदैन,सबै घरघरमा पानी र स्वच्छ खाद्यान्नको उपलब्धतालाई विस्तार गर्नुपर्छ। खानेपानीको अभावलाई टार्न विदेशबाट आयातित पानिभन्दा देशकै पानिलाई प्रशोधित गरि विभिन्न संघसंस्था तथा सरोकारवाला निकायहरुको समन्वयमा विकट एंव सहरी क्षेत्रमा खानेपानीको विस्तार गर्न सकेमा जीवनका लागि पानी वरदान बन्नेछ।दोस्रो अहिले सञ्चालनमा आएका वा आउदै गरेका सिचाइ आयोजना तथा परियोजनाहरुबाट आवश्यक भएका कृषि,नगदेबाली,खाद्यान्न उत्पादनमा पानीको पहुँच विस्तार गर्न सकेमा खाद्यान्नको उत्पादन भइ देशको समग्र अर्थतन्त्र वृद्धिका साथै घरेलु उत्पादनमा रमाउने वातावरणको सिर्जना हुन्छ भने त्यहिकै परिणामस्वरुप रोजगार वृद्धि,प्रतिव्यक्ति आम्दानीमा वृद्धिका साथै व्यक्तिगत रुपमा मानविय जीवन समेत स्वस्थ र मर्यादित बन्न सक्छ,त्यसैले पानीमा भएको प्रचुर सम्भावनालाई खाद्य उत्पादन र जीवनको क्षेत्रमा लगानी गरेमा पानी वास्तवमै जीवन र खाद्यान्नको आधारभूत आधार बन्न सक्छ।

    [email protected]
    ख्वप कलेज अफ ल भक्तपुर

    लेखकको बारेमा

  • डि.बि. भण्डारीलेखकबाट थप
  • RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    हर्मुज नाकाबन्दी : विश्वको ‘उर्जा लाइफलाइन’ र नेपालमा यसका बाछिटा

    कविता: उदीप्त प्रकाश 

    कविता: आत्मसमर्पण

    विदेशबाट मतदान कति संभव ?

    बिचार : पोखरा–काठमाडौँ ‘हाइवे’ मा राज्यको उपस्थिति शुन्य !

    फेरिएकी सुजाता !

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकमाथि छलफल, धेरै विषय…

    टिकटकर तुलसा अधिकारी जेल चलान

    राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकमाथि छलफल, धेरै विषय…

    रमा तिवारी हत्या प्रकरण : निष्कर्षमा पुग्न सकेन…

    भारतका गृहमन्त्री अमित शाहसँग सभापति रवि लामिछानेको भेट

    मासिक करोडौँ राजस्व तिर्दै आएको जनकपुरधामका फलफूल व्यवसायीहरू…

    रवि लामिछाने र भारतीय विदेशमन्त्री जयशंकरबिच भेटवार्ता

    वीरगन्ज महानगरका मेयर सिंहलाई रिहा गर्न अदालतको आदेश

    आर्थिक

    ऊर्जा क्षेत्रका एजेन्डा सरकारी नीति तथा कार्यक्रममा समावेश हुन सफल : अध्यक्ष कार्की

    सुनको मूल्य स्थिर, चाँदी घट्यो

    समस्याग्रस्त सहकारीका सञ्चालकहरूको नामावली सार्वजनिक

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑