• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ ७, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • महाधिवेशनमा निम्तो नपाएपछि मुकुल ढकालको असन्तुष्टि, भने– ‘पार्टी स्थापना गर्ने म सूचीमै परिनँ’

      रास्वपाको प्रथम महाधिवेशनः रवि र बालेनले गरे उद्घाटन (फाटोफिचर)

      रास्वपाको महाधिवेशनमा गएर गगन थापाले दिन खोजेका सन्देश

      रास्वपा महाधिवेशनमा विपक्षी दलका नेताको उपस्थिती

      रास्वपा महाधिवेशनमा पुगे बाबुराम र वर्षमान

      हुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

      धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको अनुपम संगम: दूधकुण्ड (तस्विरहरू)

      अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलन २०२६ : काठमाडौं घोषणापत्र जारी

      फिटनेस अभिनेत्री शिल्पा शेट्टीको योग 

      आज वर्षकै सबैभन्दा लामो दिन, भोलिदेखि रात लामो हुन थाल्ने

      अमेरिका–इरान वार्ता स्विट्जरल्यान्डमा हुँदै, होर्मुज जलडमरू के होला ?

      ११ बर्षपछि रोनाल्डिन्होको सनसनीपूर्ण पुनरागमन

      रास्वपाको महाधिवेशनमा गगन थापा पनि जाने

      छोरी बोकेर रास्वपा महाधिवेशनमा भाग लिन चितवन पुगे प्रधानमन्त्री बालेन शाह

      कुरासाओको उत्कृष्ट प्रदर्शन, जर्मनी नकआउट चरणमा

    होमपेज /  मुख्य समाचार

    विचार र सिद्धान्त नमिल्दाको असर सत्ता गठबन्धनमा देखिदै

    यज्ञराज उपाध्याय

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७९ माघ १९, बिहिबार (३ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ६७३ पटक पढिएको
  • यज्ञराज उपाध्याय, काठमाडौं । बुधबार संसद बैठकमा सत्ता साझेदार दलभित्रै केही खटपट देखियो । सत्ता गठबन्धनमा सामेल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदले हिन्दुराष्ट्र कायम गर्ने, राजासहितको प्रजातन्त्र लगायतका विषय आफ्नो एजेन्डा भएको अभिव्यक्ति राखेपछि माओवादी नेता शक्ति बस्नेतले असन्तुष्टि जनाएका थिए ।

    सत्ता गठबन्धन नै दुई धारमा विभाजन भएको भान हुनेगरी बुधबार प्रतिनिधि सभाको बैठकमा सत्तापक्षकै सांसदहरुबीचको जुहारी चलेको थियो । नेकपा (एमाले) का नेता रघुजी पन्तले सहरी विकासमन्त्री विक्रम पाण्डेले केही दिन अघि गृहजिल्ला चितवनको एक कार्यक्रममा संघीयता विरोधी अभिव्यक्ति दिएको भन्दै आपत्ती जनाएका थिए । उनले संविधान र कानुनको परिधिभित्र रहेर मन्त्रीहरु चल्नुपर्नेमा त्यसविपरीत जानू देशका लागि हितकर नहुने बताएका थिए ।

    संसद बैठकमै राप्रपाका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य धवल शमसेर राणाले आफ्नो पार्टीको मुल एजेन्डा हिन्दु राष्ट्र कायम गर्ने र राजासहितको प्रजातन्त्र रहेको भन्दै यसबाट आफू पछि नहट्ने अभिव्यक्ति राखेका थिए । उनको अभिव्यक्तिमा माओवादीका उपमहासचिव शक्ति बस्नेतले आपत्ती जनाए । त्यस्तै राप्रपा नेता ज्ञानेन्द्र शाहीले माता सीता नेपालकी छोरी, विश्व प्रसिद्ध ग्रन्थ वेद नेपालको भन्दै नियमापत्ती जनाएका थिए ।

    यी सबै कुरालाई नियाल्दा सत्ता गठबन्धनभित्रै भइरहेको खटपटले सरकारमा कस्तो असर पर्ला भन्ने आम जिज्ञासा रहेको छ । राप्रपाका सहायक महामन्त्री ऋषिराज देवकोटाले संसदमा सवालजवाफ हुनु प्रजातन्त्रको सुन्दर पक्ष भएको भन्दै त्यसले वर्तमान सरकारमा कुनै असर नपर्ने दाबी गरेका छन् ।

    सेतोखबरसँग कुरा गर्दै उनले देशलाई निकास दिनका लागि सरकारमा सहभागी हुनु परेको दाबी गर्दै राप्रपा आफ्नो विचार, सिद्धान्त, एजेन्डामा अडिग रहेको बताए । संसद भवन भनेको देशैभरबाट जनताको प्रतिनिधित्व गर्दै आउने जनप्रतिनिधिहरुको साझा ठाउँ र कानुन बनाउने थलो भएकाले आफ्नो र दलको एजेन्डा, धारणा प्रस्तुत गर्न पाउने संवैधानिक अधिकारअन्तर्गत बहस हुनुलाई नकारात्मक भन्न नमिल्ने देवकोटाले बताए ।

    “संसद भवनमा सवालजवाफ हुनुलाई नराम्रो भन्न मिल्दैन, हामी हाम्रा एजेन्डाहरुमा अडिग छौं,” उनले भने, “यसले सरकारमा असर पर्छ जस्तो लाग्दैन, देशलाई निकास दिनका लागि राप्रपा पनि सरकारमा सहभागी हुनु परेको हो र परिस्थिति अनुसार के हुने भन्ने कुरा फरक हो ।”

    राप्रपाले बिहीवार दिउँसो पार्टी कार्यालयमा केन्द्रिय कार्यसमादन समिति बैठक बोलाएको छ । पछिल्लो समय सत्ता गठबन्धन भित्रै खटपट बढ्दै गएपछि समसामयिक राजनीतिक परिस्थितिको समीक्षा गर्न र पार्टीको आगामी कार्यक्रमबारे छलफल गर्न बैठक बोलाइएको सहायक महामन्त्री देवकोटाले जानकारी दिए । बैठकमा सरकारका विषयमा कुनै चर्चा नहुनेसमेत उनले बताए । खटपट बढ्दै गएपछी राप्रपा सरकारमा रहिरहने कि बाहिरिने भन्ने जिज्ञासा बढ्न थालेपछि यो विषयमा बैठकमा कुनै छलफल होला कि नहोला भन्ने प्रश्नमा देवकोटाले सरकारबाट बाहिरिने विषयमा अहिलेसम्म कुनै छलफल नभएको र यसको जिम्मा स्वयं प्रधानमन्त्रीकै भएको बताए । प्रधानमन्त्रीले सरकारबाट बाहिरिनुपर्ने संकेत गरे बाहिरिने नत्र आफ्ना एजेन्डाअनुरुप सरकारमै रहिरहनेसमेत जानकारी दिए ।

    “सरकारबाट बाहिरिने विषयमा कुनै छलफल नै भएको छैन । तथापि यो राप्रपा सरकारबाट बाहिरिनुपर्ने प्रधानमन्त्रीबाट संकेत भएपछी बाहिरिन सकिन्छ,” उनले भने, “हामी जबर्जस्ती सरकारमा सहभागी भएका हैनौं । कुनै पनि दलले एक्लै सरकार बनाउनसक्ने अवस्था नभएपछी देशलाई निकास दिने उद्देश्यले सरकारमा सहभागी हुनु परेको हो ।”

    लेखकको बारेमा

  • यज्ञराज उपाध्यायलेखकबाट थप
  • RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    आज वर्षकै सबैभन्दा लामो दिन, भोलिदेखि रात लामो हुन थाल्ने

    रास्वपाको महाधिवेशनमा गगन थापा पनि जाने

    बाजुरा बस दुर्घटना अपडेट : २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

    यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु

    कृषि मन्त्री चौधरीको पहलमा १० वर्षको अनुदान छानबिन हुने

    रवि लामिछानेविरुद्धको सङ्गठित अपराध अभियोग फिर्ता लिन अदालतको अनुमति

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    महाधिवेशनमा निम्तो नपाएपछि मुकुल ढकालको असन्तुष्टि, भने– ‘पार्टी…

    रास्वपाको प्रथम महाधिवेशनः रवि र बालेनले गरे उद्घाटन…

    रास्वपाको महाधिवेशनमा गएर गगन थापाले दिन खोजेका सन्देश

    रास्वपा महाधिवेशनमा विपक्षी दलका नेताको उपस्थिती

    आज वर्षकै सबैभन्दा लामो दिन, भोलिदेखि रात लामो…

    रास्वपाको महाधिवेशनमा गगन थापा पनि जाने

    बाजुरा बस दुर्घटना अपडेट : २३ जनालाई जिल्ला…

    यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु

    आर्थिक

    बैंकका सिइओको तलब वृद्धिमा राष्ट्र बैंकको कडाइ: फोन, गाडी र ल्यापटपबाहेक बढी सुविधा लिन नपाउने

    आईसीएयूआरको विद्युतीय एसयूभी ‘सुपर भी २३’ ले जित्यो रेड डट डिजाइन कन्सेप्ट २०२६ अवार्ड

    सीताराम गोकुल मिल्कले बजारमा ल्यायो आइसक्रिम र मही

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑