• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ ७, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • महाधिवेशनमा निम्तो नपाएपछि मुकुल ढकालको असन्तुष्टि, भने– ‘पार्टी स्थापना गर्ने म सूचीमै परिनँ’

      रास्वपाको प्रथम महाधिवेशनः रवि र बालेनले गरे उद्घाटन (फाटोफिचर)

      रास्वपाको महाधिवेशनमा गएर गगन थापाले दिन खोजेका सन्देश

      रास्वपा महाधिवेशनमा विपक्षी दलका नेताको उपस्थिती

      रास्वपा महाधिवेशनमा पुगे बाबुराम र वर्षमान

      हुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

      धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको अनुपम संगम: दूधकुण्ड (तस्विरहरू)

      अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलन २०२६ : काठमाडौं घोषणापत्र जारी

      फिटनेस अभिनेत्री शिल्पा शेट्टीको योग 

      आज वर्षकै सबैभन्दा लामो दिन, भोलिदेखि रात लामो हुन थाल्ने

      अमेरिका–इरान वार्ता स्विट्जरल्यान्डमा हुँदै, होर्मुज जलडमरू के होला ?

      ११ बर्षपछि रोनाल्डिन्होको सनसनीपूर्ण पुनरागमन

      रास्वपाको महाधिवेशनमा गगन थापा पनि जाने

      छोरी बोकेर रास्वपा महाधिवेशनमा भाग लिन चितवन पुगे प्रधानमन्त्री बालेन शाह

      कुरासाओको उत्कृष्ट प्रदर्शन, जर्मनी नकआउट चरणमा

    होमपेज /  मुख्य समाचार

    सरकारकै छत्रछायाँमा प्रमुख प्रतिपक्ष, आचार्यको घटनामा गुपचुप

    यज्ञराज उपाध्याय

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७९ माघ १६, सोमबार (३ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ४३८ पटक पढिएको
  • यज्ञराज उपाध्याय । मंगलबार दिउँसो काठमाडौंमा एक अपत्यारिलो अनि भयावह घटना घट्यो । इलामको सुर्योदय नगरपालिका ११ केराबारी स्थायी घर भइ काठमाडौं बसिरहेका ३६ वर्षीय प्रेम प्रसाद आचार्यले आफ्नै शरीरमा आगो लगाएर आत्मदाह गरे । त्यही समयमा संसद बैठक सकेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गेटबाट बाहिर निस्कदै कडा सुरक्षासहित बाहिर निस्कदै थिए । तर उनको ध्यान यो भयावह दृश्यमा पर्न सकेन ।

    जसोतसो प्रहरीले आचार्यको शरीरको आगो निभाएर किर्तिपुरस्थित बर्न अस्पताल लगियो । तर उनको शरीरको ३० प्रतिशत भाग जलिसकेकाले बुधबार बिहानै मृत्यु भयो । उनको यो आत्मदाहको घटनाले देश नै तरंगित भएको छ । आत्मदाह अघि सामाजिक सञ्जाल फेसबुकमा ‘म एक आम युवा, आम उद्यमी, आम व्यवसायी प्रेम प्रसाद आचार्य सन्तोष…’ भन्दै लामो स्टाटसमार्फत आफ्नो आत्मवृतान्त लेखेका थिए, जसमा देशमा गरिखाने युवाहरुको अवस्था र व्यवस्था नरहेको उल्लेखसहित राज्यलाई महत्वपूर्ण सुझाव पनि लेखेका छन् ।

    सरकारले त उनले उठान गरेका विषयको छानबिन गरेर त्यसलाई कार्यान्वयन गर्न समिती गठन गरेको छ तर प्रतिपक्ष भने यसरी मौन छ कि मानौँ उसलाई केही जानकारी नै छैन, मतलब नै छैन ।

    संसदमा प्रमुख प्रतिपक्षको सेवा सुविधा पाउनुपर्ने माग राख्दै निवेदन दिने नेपाली काङ्ग्रेस यो घटनामा यतिसम्म नरम देखिएको छ कि अहिलेसम्म सरकारलाई घच्घचाउने कुनै आधिकारिक नोटिससम्म निकाल्न सकेन । आचार्यको न्यायको लागि प्रमुख प्रतिपक्षको हैसियतले खरो रुपमा प्रस्तुत हुनुपर्ने काङ्ग्रेस नरम देखिँदा देशमा सरकारलाई घच्घचाउने बलियो प्रतिपक्ष नभएको आभास भएको राजनीतिकर्मीको धारणा छ ।

    संसदमा ठूलो दलको दर्जा पाएपनि आफ्नै अडानका कारण गठबन्धनको मुख्य दल माओवादीबाट धोका पाएर सबथोक गुमाएको काङ्ग्रेसले स्वार्थकै लागि २६ पुसमा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिदैँ समर्थन गरेको थियो । त्यसैले पनि काङ्ग्रेसले प्रमुख प्रतिपक्षको सेवा सुविधासहित सरकारकै छत्रछायाँमा भएकोमा दुईमत नभएको केही नेताहरुले बताउने पनि गरेका छन् । झन यो घटनाले त प्रमाणित गरेजस्तै भएको छ । आचार्यले सरकारले देशमा गरिखाने युवालाई प्रोत्साहन नगरेको लगायत आफुले जति गर्न खोज्दा पनि केही गर्न नसकेको, सबैबाट धोका, हण्टर खाएको, राज्यले पनि सहायता नदिएको लगायतका कुराहरु स्टाटस लेखेका छन् । यो राज्यको हत्या भएको भन्दै युवाहरुको व्यापक विरोधसमेत भइरहँदा उनको न्यायका लागि प्रतिपक्षले खेल्नुपर्ने भुमिका नदेखिदा नेपाली काङ्ग्रेस कमजोर प्रतिपक्ष भएको टिप्पणी हुन थालेको छ ।

    पार्टी मात्र नभएर पार्टी निकट भातृ संगठनहरुसमेत यो घटनामा अनभिज्ञ जस्तै छन् । अन्य कुनै घटना हुँदा टायर बाल्ने, सडक अवरुद्ध गर्ने देखि प्रधानमन्त्री, राष्ट्रपतिको पुत्ला जलाउनेसम्मका हर्कत देखाउने संगठनहरु अहिले गुपचुप छन् । आधिकारिक विज्ञप्ति कसैको देखिएको छैन । तथापि नेवि संघका एक नेताले घटना घटेकै दिन यस्ता घटना दोहोरिन नदिने र आचार्यको न्यायका लागि उनका मागहरु पूरा गर्न आधिकारिक विज्ञप्ति निकालेको दाबी गरेका छन् ।

    राष्ट्रपतिमा आँखा लगाएकोले पनि नेपाली काङ्ग्रेसले यस्तो भयावह घटनालाई नरम रुपमा लिएको हुनसक्ने सरोकारवालाहरुले बताउने गरेका छन् । तर काङ्ग्रेसले आधिकारिक धारणा वा बक्तव्य ननिकाले पनि पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्व प्रकाश शर्माले सामाजिक सञ्जाल फेसबुकमा प्रेम प्रसाद आचार्यले उठाएका विषयमा एक पक्ष मात्र नभएर सबै गम्भीर हुनुपर्ने र यस्ता घटना दोहोरिन नदिने सरकारले काम गर्नुपर्ने लेखेका छन् ।

    महामन्त्री थापाले यो कुनै व्यक्ती मात्र नभई राज्य संयन्त्र र समग्र सिस्टमको असफलता र हामी सिस्टम चलाउनेहरुको असफलता भएको उल्लेख गरेका छन् । “प्रेमप्रसाद आचार्यको आत्मदाहको घटनाले आज दिनभर मनमा अनेकन कुरा खेलिरहेको छ । उनको अन्तिम पत्रमा उल्लेखित विषय र प्रसंगहरूले त झन पटकपटक घोचीरहेको छ। यसो सोच्छु –उनको गरिखाने संघर्षका कुनै चरणमा केही भएको वा नभएको भए यस्तो हुदैनथ्यो कि? फेरी सोच्छु– यो कुनै व्यक्तिको असफलता मात्रै होइन यो त हाम्रो राज्य संयन्त्र र समग्र सिष्टमको असफलता हो । म, हामी सिष्टम चलाउनेको असफलता हो,” उनले लेखेका छन्, “कुनै एउटा पक्षको सामान्य मर्मतले मात्र हाम्रो सिष्टम ठिक हुँदैन । गरिखाने मान्छेले न्यायोचित व्यवहार पाउन यो सिष्टम पूरै मर्मत गर्ने अठोट चाहिएको छ । अब आरोप–प्रत्यारोप वा क्षणिक भावनात्मक आवेग भन्दा पनि उनले पत्रमा उठाएका विषय र प्रसंगलाई सम्बोधन गर्न निरन्तर लागिरहने अठोट गर्न सकियो भनेमात्र यस्तो निराशा र विष्मय कोही नागरिकले भोग्नु नपर्ला ?”

    त्यस्तै अर्का महामन्त्रीद्वय शर्माले प्रेम आचार्यको आत्मदाहले हामी सबैलाई कठघरामा उभ्याएको भन्दै दुखी बनेर, श्रद्धाञ्जली दिएर मात्र हामीलाई उन्मुक्ति नमिल्ने उल्लेख गरेका छन् । “प्रेम आचार्यको आत्मदाहले हामी सबैलाई कठघरामा उभ्याएको छ ! दुखी बनेर, श्रद्धाञ्जली दिएरमात्र हामीलाई उन्मुक्ति मिल्दैन !,” शर्माले लेखेका छन्, “ ‘नीति बदलिएर पुगेन, थिती बसाल्दै नियती बदल्ने’ संकल्प, कार्ययोजना र जोड जरुरी छ । उनको आत्मदाहको ऎनामा हाम्रो अनुहार छ । केही भिन्न नसोची यो भिन्न बन्न सक्दैन ।”

    यसबाहेक काङ्ग्रेसका सभापतिदेखि अन्य नेताहरुले यो घटनाप्रती संवेदनशीलता देखाएका छैनन् । त्यस्तै प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिएर प्रतिपक्षमा बस्ने बताएका राष्ट्रिय जनमोर्चाका चित्र बहादुर केसी र नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले पनि यस घटनामा सरकारलाई झक्झकाउने र उनको न्याय र माग पुराका लागि अविलम्ब काम अगाडी बढाउन आधिकारिक धारणा दिएका छैनन् । सुवालले पनि प्रमुख प्रतिपक्ष नेपाली काङ्ग्रेस नभई नेमकिपा भएको निवेदन संघीय संसद सचिवालयमा बुझाएको छ । प्रतिपक्ष हुँदा त मनपरि गर्ने नेपालका सरकार बलियो प्रतिपक्ष नहुँदा कत्तिको काम गर्ला हेर्न बाँकी छ ।

    लेखकको बारेमा

  • यज्ञराज उपाध्यायलेखकबाट थप
  • RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    आज वर्षकै सबैभन्दा लामो दिन, भोलिदेखि रात लामो हुन थाल्ने

    रास्वपाको महाधिवेशनमा गगन थापा पनि जाने

    बाजुरा बस दुर्घटना अपडेट : २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

    यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु

    कृषि मन्त्री चौधरीको पहलमा १० वर्षको अनुदान छानबिन हुने

    रवि लामिछानेविरुद्धको सङ्गठित अपराध अभियोग फिर्ता लिन अदालतको अनुमति

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    महाधिवेशनमा निम्तो नपाएपछि मुकुल ढकालको असन्तुष्टि, भने– ‘पार्टी…

    रास्वपाको प्रथम महाधिवेशनः रवि र बालेनले गरे उद्घाटन…

    रास्वपाको महाधिवेशनमा गएर गगन थापाले दिन खोजेका सन्देश

    रास्वपा महाधिवेशनमा विपक्षी दलका नेताको उपस्थिती

    आज वर्षकै सबैभन्दा लामो दिन, भोलिदेखि रात लामो…

    रास्वपाको महाधिवेशनमा गगन थापा पनि जाने

    बाजुरा बस दुर्घटना अपडेट : २३ जनालाई जिल्ला…

    यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु

    आर्थिक

    बैंकका सिइओको तलब वृद्धिमा राष्ट्र बैंकको कडाइ: फोन, गाडी र ल्यापटपबाहेक बढी सुविधा लिन नपाउने

    आईसीएयूआरको विद्युतीय एसयूभी ‘सुपर भी २३’ ले जित्यो रेड डट डिजाइन कन्सेप्ट २०२६ अवार्ड

    सीताराम गोकुल मिल्कले बजारमा ल्यायो आइसक्रिम र मही

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑