सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं,२२ चैत्र । ‘यो देशलाई खारेज गर’ भन्ने पछिल्लो अभिव्यक्तिले विवादमा आएकी नयाँ शक्ति नेपालकी नेतृ एवं पूर्वमन्त्री हिसिला यमीले अन्ततः गल्ती स्वीकार गरेकी छन् । सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै उनले आइतबारको आफ्नो अभिव्यक्तिप्रति माफी मागेकी हुन् । बेहोसीमा आफूले ‘यो देशलाई खारेज गर’ भन्ने नारा लगाएको उनले स्वीकारेकी छिन् ।
खासमा उनले लगाउनुपर्ने नारा चाँहि ‘यो आदेश खारेज गर’ भन्ने थियो । निर्वाचन आयोगको कान्तिपथस्थित कार्यालय अगाडि धर्ना दिने क्रममा धकेलाधकेल हुँदा आफू निकै आवेगमा आएको र बेहोसीपन जस्तै अवस्था भएकाले भूलबस नारा लगाउँदा गलत शब्द उच्चारण हुन पुगेको उनले स्वीकारिन । खासमा उनले लगाउनुपर्ने नारा चाँहि ‘यो आदेश खारेज गर’ भन्ने थियो ।
‘झण्डै एक घण्टा जतिको सकस र ठेलमठेलमा म अर्धमुर्छित जस्तै हुनपुगेछु । त्यो बेला मेरा पति डा. बाबुराम भट्टराई लगायत अन्य साथीहरुले मलाई सम्हालेर राख्नुभएको थियो । त्यसबीच सुरक्षाकर्मीहरुले हामीलाई समातेर सुरक्षा भ्यानमा राखे । म त्यो बेला आवेश र अर्धचेतकै अवस्थामा थिए । तीव्र आवेशमा चिच्याउँदै नाराबाजी गर्न लागेछु । घटनाबारे स्मरण गर्दै हिसिलाले विज्ञप्तिमार्फत भनेकी छन्– ‘त्यसक्रममा मैले स्थानीय निर्वाचन ऐनको यो आदेश खारेज हुनुपर्छ भन्न खोज्दा बेहोसीपूर्वक अन्यथा हुन पुगेछ ।
म जनजाति समुदायकी छोरी भएकाले मेरो नेपाली भाषामा राम्रो दखल छैन् । त्यसैले आन्दोलनको प्रेसर, भाषागत कमजोरी र बेहोसीमा मैले आदेशलाई अन्यथा उच्चारण गर्न पुगेकी हुँ । पछि साथीहरुले रोकेपछि मात्रै म होसमा आएँ र आफ्नो गल्ती महसुस गरें ।’ हिसिलाले ‘यो देश खारेज गर्नुपर्छ’ भन्ने नारा लगाएपछि आइतबारदेखिनै निकै हंगामा भएको थियो । खासगरी विभिन्न पार्टीका नेताहरुले हिसिलालाई कारवाही गर्नुपर्ने माग गरेका थिए ।
हेर्नुस् हिसिलाको विज्ञप्तिः
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा