• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ श्रावण १६, शनिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • गृहमन्त्री सुदन र हिन्दूवादी संगठनबीच पहिलो चरणको वार्ता सम्पन्न

      हालैका घटनाको निष्पक्ष छानबिनको माग गर्दै सनातन धार्मिक समाज आन्दोलनमा 

      हेटौँडामा दोहोरी तथा डान्स बार सञ्चालन समय व्यवस्थापनको माग, आरआरएस दोहोरीमा कार्यरत युवतीको मृत्युबारे अनुसन्धान जारी

      विश्वले एक महान आरोही, साहसी र प्रेरणादायी व्यक्ति गुमायो : निम्सदाइ फाउन्डेसन

      मागेरै विश्व घुम्ने योजना : ‘माग्नेको घरमा सन्यासी पाहुना’

      पुर्जासहित ६ नेपाली आरोहीप्रति श्रद्धाञ्जली दिँदै बालेनले भने- तपाईहरुको साहस इतिहासमा सधैँ जीवित रहन्छ

      ब्रड पिक हिमपहिरोमा विश्वप्रसिद्ध आरोही निर्मल ‘निम्सदाइ’ पुर्जाको निधन

      वर्तमान सरकार पाँच वर्षको भनिएपनि पाँच महिनामै कमजोर : कुलमान घिसिङ

      राजाको पक्षमा जनताको हस्ताक्षर अभियान

      कोदो–फापर उत्पादन बढाएर आयात घटाई निर्यात बढाउनुपर्छ : प्रकाशसिंह कार्की

      कांग्रेस राष्ट्रिय भेला आयोजक समितिको संयोजकमा शशांक कोइराला, १६ मूल समिति गठन

      इरान माथिको विश्वास घट्दै गएको छ : ट्रम्प

      भारतमा व्यावसायिक एलपी ग्यासको मूल्य फेरि घट्यो, नेपालमा कस्तो प्रभाव पर्ला ?

      टेकुबाट सिधै एलपी ग्यास वितरण सुरु

      कोशी प्रदेश सरकारमा अन्योलता, नयाँ सत्ता समीकरणको संकेत

    होमपेज /  आर्थिक

    तङ्ग्रिदै पोखराको पर्यटन

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७७ माघ २, शुक्रबार (५ साल अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
  • ५२० पटक पढिएको
  • कास्की । राजधानी काठमाडौँपछिको प्रमुख पर्यटकीय क्षेत्रको रुपमा पोखरा कहलिएको छ । अनुपम प्राकृतिक सुन्दरता, भौगोलिक विविधता तथा सुन्दर तालतलैया र वरिपरिका हरिया डाँडाकाँडा पर्यटनका लागि आकर्षण हुन् ।

    उत्तरतर्फ आँखै अगाडि लहरै टल्किने चाँदीको घेरा झै अग्ला हिमशुङ्खलाको दृश्यले त झनै जोकोहीलाई मोहित तुल्याउँछ । अन्नपूर्ण, माछापुछ्रे, धौलागिरि हिमालको काखमा अवस्थित पोखरा जति प्राकृतिक र भौगोलिक विविधतायुक्त छ, त्यत्तिकै जातजातिको बासस्थन, रैथाने परिकार, वेषभूषा, आतिथ्य सत्कार आदिले पोखराको पर्यटनलाई विश्व बजारसम्म फैलाएको छ । त्यसैले वर्षेनी लाखौँ सङ्ख्यामा स्वदेशी तथा विदेशी पर्यटकको रोजाइँको गन्तव्य पोखरा पर्ने गरेको छ ।

    सुन्दर र सफा शहरको उपमा पाएको पोखरामा चर्चित फेवाताल, बेगनासताल, रुपाताललगायत तालतलैया, पातले छाँगो, महेन्द्र गुफा तथा नजिकको सराङ्कोट डाँडा, रुपाकोट रिसोर्ट, शान्तिस्तुपा, फेवातालको शिरमा रहेको पञ्चासेडाँडा आदि प्राकृतिक छटाको सङ्गमले यसको सौन्दर्यतालाई निखारेको छ । पोखरा शहर नजिक बनिरहेका पाँचतारे होटलका पूर्वाधार, साहसिक पर्यटनका पूर्वाधार, साराङकोटको विश्वकै लामो र द्रुतगतिको जीपलाइन, पर्वतको कुश्मामा शुरु भएको विश्वकै दोस्रो अग्लो बञ्जीजम्प, विश्वकै अग्लो स्वीमिङ, बन्दिपुरमा बनिरहेको केबलकार आदि पूर्वाधारले पोखराको पर्यटन गन्तव्य विस्तार मात्र नभइ, पर्यटकको बसाई लम्ब्याउन पनि सहयोग पुगेको छ ।

    हिमाली सौन्दर्यताका साथै साहसिक पर्यटन तथा पोखरा आसपासका पर्यटकीय गन्तव्य र घरबास कार्यक्रमले पनि पर्यटकलाई तान्ने गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ का कारण करिब ठप्प प्रायः बनेको पोखराको पर्यटन विस्तारै तङ्ग्रिदैछ ।

    महामारी केही घटेको र छिट्टै महामारी सामान्य हुने आशमा पोखराका व्यवसायी मात्र नभइ, यहाँका पारखी पनि प्रतिक्षामा छन् । अहिले विस्तारै पोखराको पर्यटनले गति लिदैँछ । आन्तरिक पर्यटक बाक्लिएका छन् भने विदेशी पर्यटक पनि हुलका हुल देखिन थालेका छन् । बन्दाबन्दीका कारण करिब १० महिना ठप्पजस्तै भएको पोखराको पर्यटन विस्तारै लयमा फर्किने आँकलनसहित व्यवसायीले पूर्वाधार विस्तार तथा सेवा सुदृढीकरणमा लागेका छन् ।

    पर्यटनमा आशाको सञ्चार

    सन् २०२१ को शुरुआतले आन्तरिक पर्यटनमा आशाको सञ्चार गरेको छ । कोभिड कहरकैबीच पर्यटन क्षेत्रमा ‘न्यू इयर इभ’मा देशका विभिन्न ठाउँमा आन्तरिक पर्यटकको उपस्थिति र रौनकले पर्यटन व्यवसायी उत्साहित भएका छन् ।

    विदेशी पर्यटकको उत्सव मानिने ‘न्यू इयर इभ’ केही वर्षदेखि आन्तरिक पर्यटकका लागिसमेत नयाँ उत्सव बनिरहेको छ । यसपटक भने महामारीका कारण कार्यक्रमको अन्यौलता थियो । आन्तरिक पर्यटकको चहलपहल बाक्लिएपछि माहामारीबाट थलिएको पर्यटन लयमा फर्कने आशामा व्यवसायी छन् । वायु सेवा कम्पनीले हवाई टिकटमा गरेको प्याकेजसहितको छुट अफर, होटेल तथा रेस्टुराँ व्यवसायीले ग्राहक तान्न गरेका अफर तथा छुटले पनि आन्तरिक पर्यटन विस्तारै चलायमान बन्दै जान थालेको पर्यटन व्यवसायीको धारणा छ ।

    नयाँ वर्षको अवसरमा काठमाडौँ, पोखरा, चितवन (सौराहा), लुम्बिनी, दोलखा (चरिकोट) जस्ता पर्यटकीय गन्तव्यमा पर्यटकको भीड बढेको थियो । पछिल्लो समय भारतसँग एअर बबल सहमति भएपछि विस्तारै भारतीय पर्यटकसमेत नेपाल आउन थालेका छन् ।

    विश्वव्यापी रूपमा देखिएको कोभिड महामारीको जोखिमले बाह्य पर्यटक आउने अवस्था नरहेको सन्दर्भमा नयाँ वर्षमा आयोजना गरिएका कार्यक्रम र पर्यटकको उपस्थितिले आन्तरिक पर्यटन चलायमान हुने आशा देखिएको नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मीले बताए ।

    उनले भने, “बन्द भएर बसिरहनु पर्दा मानिसलाई कहाँ जाउँ के गरौं भएको अवस्थामा नयाँ वर्षमा आयोजना गरिएका कार्यक्रमले पक्कै उत्साह थपेको छ, अब स्वास्थ्य सुरक्षा मापदण्डको परिपालना गर्दै पर्यटकीय गतिविधि अगाडि बढाउनुको विकल्प छैन ।”

    पर्यटन प्रवद्र्धनका लागि सङ्घीय सरकार, प्रदेश र स्थानीय तह तथा निजी क्षेत्र मिलेर नयाँ कार्यक्रमसहित अगाडि बढ्नुपर्ने कार्यकारी प्रमुख रेग्मीको भनाइ छ । होटल एशोसिएशन अफ नेपाल (हान) का प्रथम उपाध्यक्ष विनायक शाहले तुलनात्मक रुपमा पर्यटकीय गन्तव्यमा बाक्लो सङ्ख्यामा पर्यटक नपुगे पनि विस्तारै आन्तरिक पर्यटकको उत्साह देखिनु सकारात्मक भएको बताए । उनले पर्यटन व्यवसायीका लागि सरकारले ल्याएका सहुलियत, आन्तरिक पर्यटन प्रवद्र्धनका कार्यक्रमलाई कार्यान्वयन गर्नेतर्पm ध्यान दिएको खण्डमा आन्तरिक पर्यटन विस्तारै लयमा फर्किने धारणा राखे ।

    कोभिडका कारण लामो समयसम्म ठप्प व्यवसाय विस्तारै चलायमान हुन थालेको र यसले व्यवसायीलाई उत्साहित बनाएको रेस्टुराँ एण्ड बार एशोसिएशन नेपाल (रेवान) का अध्यक्ष अरनिको राजभण्डारीले बताए । पोखरामा सडक महोत्सवमा पर्यटक आगमन हेर्दा यसले व्यवसायीमा आशाको सञ्चार गरेको रेवान पोखराका प्रथम उपाध्यक्ष नरेश भट्टराईले बताए ।

    रेवानले पोखरालाई ‘नयाँ वर्षको गन्तव्यस्थल’ का रूपमा प्रवद्र्धन गर्ने उद्देश्यसहित गत पुस १५ देखि १७ सम्म ‘२२औँ पोखरा सडक महोत्सव २०२० र ०२१’ आयोजना गरेको उनले जानकारी दिए । व्यवसायी भट्टराईले नेपाल भ्रमण वर्ष–२०२० लाई लक्षित गर्दै होटलमा करोडौँ खर्चेर क्लब, स्वीमिङ पुललगायत पूर्वाधार बनाएका थिए । कास्कीको रुपाकोट रिसोर्टले पनि भ्रमण वर्षलाई लक्षित गरी पूर्वाधारमा करिब एक अर्ब लगानी गरेको थियो । भ्रमणवर्ष रद्द भए पनि अब विस्तारै पर्यटन चलायमान हुने आशमा अन्य व्यवसायीले पनि पर्यटकीय पूर्वाधार र सेवा स्तरोन्नतिमा लगानी बढाइरहेका छन् ।

    कोभिड महामारीका कारण अघिल्लो वर्षको तुलनामा यो वर्ष पर्यटक आगमन करिब ८० प्रतिशतले गिरावट आएको छ । सन् २०२० मा दुई लाख ३० हजार ८५ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । सन् २०१९ मा ११ लाख ९७ हजार १९१ पर्यटक नेपाल आएका थिए । त्यस्तै सन् २०१८ मा ११ लाख ७२ हजार ७२ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    कोदो–फापर उत्पादन बढाएर आयात घटाई निर्यात बढाउनुपर्छ : प्रकाशसिंह कार्की

    भारतमा व्यावसायिक एलपी ग्यासको मूल्य फेरि घट्यो, नेपालमा कस्तो प्रभाव पर्ला ?

    चार दिनको लगातार गिरावटपछि नेप्सेमा हरियाली, १२.९६ अंकको सुधार

    परिवार सुरक्षा बचत खाताअन्तर्गत कुमारी बैंकद्वारा १० लाख रुपैयाँ बीमा दाबी रकम हस्तान्तरण

    एनएमबि बैंकले ल्यायो सेकेन्ड–ह्यान्ड ईभी कर्जा, व्यक्तिगत र व्यवसायिक ग्राहकलाई सहज वित्तीय सुविधा

    सुनको मूल्य बढ्दा चाँदी घट्यो

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    गृहमन्त्री सुदन र हिन्दूवादी संगठनबीच पहिलो चरणको वार्ता…

    हालैका घटनाको निष्पक्ष छानबिनको माग गर्दै सनातन धार्मिक…

    हेटौँडामा दोहोरी तथा डान्स बार सञ्चालन समय व्यवस्थापनको…

    विश्वले एक महान आरोही, साहसी र प्रेरणादायी व्यक्ति…

    वर्तमान सरकार पाँच वर्षको भनिएपनि पाँच महिनामै कमजोर…

    धनुषामा सर्वपक्षीय बैठक सम्पन्न, सद्भाव र्याली निकाल्ने निर्णय

    सरकारसँग सहमतिपछि कप्तानगन्ज गोलीकाण्डका दुवै मृतकको शव परिवारलाई…

    तराई–मधेशको घट्ना धार्मिक दंगा होइन, देशलाई असफल बनाउने…

    आर्थिक

    कोदो–फापर उत्पादन बढाएर आयात घटाई निर्यात बढाउनुपर्छ : प्रकाशसिंह कार्की

    भारतमा व्यावसायिक एलपी ग्यासको मूल्य फेरि घट्यो, नेपालमा कस्तो प्रभाव पर्ला ?

    चार दिनको लगातार गिरावटपछि नेप्सेमा हरियाली, १२.९६ अंकको सुधार

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑