काठमाडौं । फागु पर्व अर्थात रंगहरुको उत्सव होली आज (मंगलबार) देखि औपचारिक रुपमा सुरु भएको छ । काठमाडौंको वसन्तपुरस्थित हनुमानढोकामा तीन खण्डे चीर ठड्याइएसँगै यस वर्षको फागु पर्व अर्थात होली उपत्यकालगायत मुलुकभर औपचारिक रुपमा सुरु भएको हो । आज बिहान ७ः१३ बजेको शुभसाइतमा पारेर बाजागाजासहित रंगीचंगी ध्वजा र पताकाले सिँगारिएर तीन छत्रे होलीको चीर ठड्याएका हुन् । फागुन... विस्तृतमा