काठमाडौं । नेपाली एक्सन फिल्मको सफल श्रृंखला ‘१२ गाउँ’ को सिक्वेल ‘१२ गाउँ २’ को औपचारिक छायांकन सुरु गरिएको छ । निर्देशक बिराज भट्टको निर्देशनमा बन्न लागेको फिल्मको सुटिङ बुधबारदेखि गीत छायांकनबाट सुरु गरिएको हो । फिल्मको छायांकन काठमाडौं, सिन्धुपाल्चोक र चितवनलगायत विभिन्न स्थानमा हुने निर्माण टिमले जनाएको छ । दशैंको अवसर पारेर फूलपातीमा फिल्म रिलिज मिति राखिएको छ... विस्तृतमा