• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ आश्विन २९, बिहिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • दसैं लक्षित सरसफाइ अभियान : कलंकी अन्डरपासमा रङरोगन (तस्विरहरू)

      कर्णाली सरकारद्वारा लेक, पाटन र खर्क संरक्षण गरिँदै

      नापजाँच सकिएको ११ वर्षपछि धनुषाका २३३ परिवारले पाए लालपुर्जा

      निर्माताको रोजाईमा किन पर्छ दशैं ?

      दसैंको रौनक : विपत्तिको पीडासँगै उत्साह बोकेर गाउँ फर्किँदै नेपाली

      न्यायाधीश रणबहादुर बमको हत्या अभियोगमा जन्मकैद सजाय पाएका बाबु थापा पक्राउ

      दसैँ नजिकिएसँगै काठमाडौँका सडकमा सवारीसाधन र पैदलयात्रुको चहलपहल घट्यो (तस्विरहरू)

      गोरखा जोड्ने आरुघाटमा बेलिब्रिजका सामान आइपुगे, जडान सुरु हुन बाँकी

      नवलपरासीमा १४ लाख ८४ हजारको भन्सार छलीको मदिरा बरामद

      उद्घाटन नहुँदै नुवाकोटको झोलुङ्गे पुलमा यात्रुको चहलपहल

      मिथिलाको सांस्कृतिक पहिचान झिझिया नाच

      दशैंतिहारका लागि २२ हजार क्विन्टल चिनी मौज्दात, अभाव नहुने खाद्य कम्पनीको दाबी

      एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स जनकपुरमा हुने, अन्तर्राष्ट्रिय विज्ञ तथा वैज्ञानिकहरू सहभागी हुने 

      कांग्रेस महाधिवेशन : सम्पूर्ण मतपरिणाम आज बेलुकीसम्म आउने

      पहाड र मधेशमा दशैँका फरक रीत, एउटै सांस्कृतिक भावना

    होमपेज /  कला/मनोरञ्जन

    महिला सशक्तीकरणका लागि आत्मविश्वास, शिक्षा र आर्थिक आत्मनिर्भरता अपरिहार्य : ‘मिसेस नेपाल वल्र्ड’का सहभागीहरू

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ भाद्र १५, सोमबार (१ महिना अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ८५ पटक पढिएको
  • वर्तमान परिवेशमा नेपाली महिलाहरू परम्परागत दायरा र चुलो चौकोबाट बाहिर निस्कँदै हरेक क्षेत्रमा आफ्नो दरिलो उपस्थिति जनाउन थालेका छन् । ’मिसेस नेपाल वल्र्ड’को अडिसन तथा विभिन्न सार्वजनिक मञ्चहरूमा सहभागी महिलाहरूले समाजमा महिलाको स्थान, अधिकार र सशक्तीकरणबारे खुलेर विचार राख्न थालेका छन् । समाजले दिने दृष्टिकोणभन्दा आफूले आफैँलाई कसरी मूल्याङ्कन गरिन्छ भन्ने कुराले आत्मसम्मान तय गर्ने र महिलाहरू अब ’बिचरी’ नभई आफ्नै खुट्टामा उभिन सक्षम भइसकेको धारणा उनीहरूको छ ।

    प्रतिस्पर्धी श्रद्धा श्रेष्ठले महिलाहरूले आफ्ना अधिकारका लागि अरूको मुख नताकी आफैँ अग्रसर हुनुपर्नेमा जोड दिएकी छन् । पुरुष प्रधान समाजमा समान अवसर, मानसिक क्षमता र सम्भावनाको उचित कदर हुनुपर्ने बताउँदै उनले महिला सशक्तीकरणको मुख्य जग आर्थिक आत्मनिर्भरता भएको उल्लेख गरिन् । आफ्नो अनुसन्धानको अनुभव सुनाउँदै श्रेष्ठले आर्थिक रूपमा सबल भए ७० प्रतिशत समस्या आफैँ हल हुने बताइन् । उनले आफूलाई असहाय नठानी ’कम्फर्ट जोन’बाट बाहिर निस्केर अवसर सिर्जना गर्न सम्पूर्ण महिलाहरूलाई आह्वान समेत गरिन् ।

    त्यसैगरी, अर्की प्रतिस्पर्धी स्वइच्छा पौडेलले आत्मविश्वास र सकारात्मक सोचले नै पारिवारिक तथा सामाजिक जीवनमा सफलता दिलाउने धारणा राखिन् । अघिल्लो पुस्ताका आमाहरूले चुलोचौकोमा सीमित भएर पनि आफ्ना छोरीहरूलाई शिक्षा र हिम्मत दिएको स्मरण गर्दै उनले त्यही शिक्षालाई सदुपयोग गर्नुपर्ने बताइन्। छोरी र बुहारीको भूमिकामा जिम्मेवारीको अन्तर भए पनि आफूले सम्मान दिए परिवारबाट पनि पूर्ण साथ र माया पाइने तथा अगाडि बढ्नका लागि पारिवारिक सहयोग जुटाउन आफैँले पहिलो पाइला चाल्नुपर्ने उनको भनाइ छ । सासुलाई पनि आमाकै दर्जा दिए सासुले पनि बुहारीलाई छोरीको दर्जा दिने उनको विश्वास रहेको छ ।

    सहभागी रिचा शर्माले महिला अधिकार र सशक्तीकरणका लागि शिक्षालाई पहिलो सर्तका रूपमा औँल्याएकी छन् । चुलो चौकाभन्दा बाहिर पनि बृहत् संसार छ भन्ने चेतना जगाउन शिक्षा अपरिहार्य रहेको बताउँदै उनले यसका लागि सञ्चारमाध्यम र सरकारले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिइन् । समाज रूपान्तरण रातारात नहुने भए पनि त्यसको सुरुवात कतै न कतैबाट तुरुन्तै गर्नुपर्ने र महिलाहरूलाई आफ्ना अधिकारबारे सुसूचित गराउने वातावरण निर्माण गर्नु राज्य तथा समाज दुवैको दायित्व भएको उनको तर्क छ ।

    मुस्लिम समुदायबाट प्रतिनिधित्व गर्दै एनआरएनए आइसिसीको सल्लाहकारसम्मको जिम्मेवारी सम्हालिसकेकी अस्विन वगुम श्रीसले शिक्षा, क्षमता र आत्मविश्वासले महिलालाई दोस्रो दर्जाको नागरिक ठान्ने सोचलाई परास्त गर्न सकिने बताइन् । साउदी अरब जस्तो परिवेशमा रहेर पनि लामो समयदेखि अन्तर्राष्ट्रिय संस्थामा काम गरेको आफ्नो अनुभव बाँड्दै उनले परिवारको साथ र व्यक्तिगत योग्यता भए कुनै पनि सीमाले महिलालाई रोक्न नसक्ने स्पष्ट पारिन्। सहभागीहरूको यी अभिव्यक्तिले नेपाली महिलाहरू अब अधिकार माग्ने मात्र नभई आफ्नै सामथ्र्यले नेतृत्वदायी स्थान हासिल गर्न सक्षम भएको सन्देश प्रवाह गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    लोकदोहोरी प्रतिष्ठानको अध्यक्षमा शर्मा निर्विरोध

    विराटनगरमा आजदेखि ‘समर लभ’को मञ्चन हुँदै

    चमेलीको पोइ सामाजिक व्यङ्ग्यको ऐना हो : निर्देशक बोहरा

    यस वर्षको सरु संगीत राष्ट्रिय पुरस्कार मीरा राणालाई प्रदान

    दोस्रो सातामा पनि ‘झिँगेदाउ २’ को दबदबा, दर्शकको साथ उत्साहजनक

    चलचित्र ‘झिङ्गेदाउ–२’ को प्रिमियर, शुक्रबारदेखि प्रदर्शनमा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    दसैं लक्षित सरसफाइ अभियान : कलंकी अन्डरपासमा रङरोगन…

    कर्णाली सरकारद्वारा लेक, पाटन र खर्क संरक्षण गरिँदै

    नापजाँच सकिएको ११ वर्षपछि धनुषाका २३३ परिवारले पाए…

    निर्माताको रोजाईमा किन पर्छ दशैं ?

    यात्रुलाई बासी खाना खुवाएर बिरामी परे होटल सञ्चालकसँगै…

    भोटेकोशी बाढीपीडितलाई सहयोग जारी राख्ने भिक्षु पञ्ञाकरको भनाइ

    अडियो प्रकरणमा दोषी ठहरिए खगेन्द्र सुनारमाथि कारबाही हुन्छ…

    दशैं बिदामा पनि विशेष अदालत खुला रहने

    आर्थिक

    दशैंतिहारका लागि २२ हजार क्विन्टल चिनी मौज्दात, अभाव नहुने खाद्य कम्पनीको दाबी

    लगातार पाँचौँ दिन पनि बढ्यो नेप्से, २६२१ विन्दुमा बजार

    महालक्ष्मी विकास बैंकका ग्राहकलाई केटिएम सिटिमा १० प्रतिशतसम्म छुट

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑