सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, कात्तिक २३ । चुनावी प्रचारका क्रममा माओवादी नेता तथा वाम गठबन्धनबाट प्रतिनिधिसभाका लागि गोरखा क्षेत्र नम्बर २ का उम्मेदवार नारायणकाजी श्रेष्ठ सामान्य घाइते भएका छन् । घाइते भएपछि उनको घरदैलो कार्यक्रम प्रभावित भएको छ ।
सुलिकोट गाउँपालिकाको सौरवानीमा घरदैलो गर्दा मंगलबार भूकम्पपीडितले घर बनाउन राखेको रडमा अल्झिएर श्रेष्ठ लडेका थिए । ‘निधारमा र खुट्टामा सामान्य चोट लागेको छ,’ श्रेष्ठका सहयोगी सुरेशकाजी श्रेष्ठले भने, ‘बुधबार बारपाकमा घरदैलो गर्ने कार्यक्रम थियो, तर हुन सकेन, अब एक–दुई दिन पछि सर्छ ।’ –नयाँ पत्रिका दैनिकबाट
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा