सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
मोरङ । प्रेममा जातीय विभेद र शारीरिक अपाङ्गता बाधक बन्दैन भन्ने उदाहरण बनेका छन् मोरङका एक जोडी। नौ वर्षदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्दै दुई बहिरा युवायुवती वैवाहिक जीवनमा बाँधिएका छन्।
मोरङको पथरी शनिश्चरे नगरपालिकाकी तान्छोमा लिम्बु र सुन्दरहरैँचा नगरपालिकाका हिमाल गुरुङले मंसिर ९ गते परम्परागत विधिअनुसार अन्तरजातीय विवाह गरेका हुन्।
दुवै जना बहिरा अपाङ्गता भएका व्यक्ति हुन्। उनीहरू विगत १५ वर्षदेखि एउटै बहिरा विद्यालय तथा कलेजमा अध्ययन गर्दै आएका थिए। लामो समयको चिनजान र मित्रता प्रेम सम्बन्धमा परिणत भएपछि उनीहरूले विवाह गर्ने निर्णय गरेका हुन्।
रोचक कुरा त के छ भने दुवै जनाले स्नातक तहसम्मको अध्ययनसमेत पूरा गरेका छन्। नौ वर्षसम्म एकअर्काको साथ र विश्वास कायम राखेका उनीहरूले अन्ततः परिवार र परम्पराअनुसार विवाह गरेका छन्।
उनीहरूको यो विवाहले प्रेम, आपसी विश्वास र प्रतिबद्धताका अगाडि जातीय विभेद तथा शारीरिक अवस्थाले बाधा बन्न नसक्ने सन्देश दिएको छ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा