सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
नवलपुर । नवलपुरको मध्य बिन्दु १० अरुण खोलामा बोलेरो जिप दुर्घटना भएको छ । कावासोती १६ डण्डाबाट दुम्कीबासतर्फ जन्ती लिएर जाँदै गरेको बोलेरो जिप दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरी चौकी अरुण खोलाका प्रहरी सहायक निरीक्षक भीम बहादुर थापाका अनुसार मृत्यु हुनेमा विनयी त्रिवेणी ४ का ३० वर्षीय चुरेन्द्र चौधरी रहेका छन् ।
घाइतेहरू मध्य ९ जनाको मध्य विन्दु प्रादेशिक अस्पताल डण्डामा उपचार भइरहेको छ भने २ जना गम्भीर घाइतेलाई थप उपचारका लागि भरतपुर रिफर गरिएको प्रहरीले जनाएको छ । घाइतेहरूको नामा खुलेको छैन ।
घटना बारे थप विवरण आउन बाँकी छ ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा