सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने श्रीमती निकिता पौडेलसहित भारत प्रस्थान गरेका छन् ।
तीन दिने निजी तथा पारिवारिक तीर्थाटनका लागि धनगढी हुँदै भारत गएको उनको सचिवालयले जनाएको छ । उनी कञ्चनपुरको गड्डाचौकी नाका हुँदै भारत गएका हुन् ।
लामिछानेको निजी सचिवालयका अनुसार तीन दिनको भ्रमणका क्रममा उनले धनगढी मार्ग हुँदै भारतको उत्तराखण्डस्थित प्रसिद्ध तीर्थस्थल नैनीतालको कैंची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा सपरिवार पूजाअर्चना गर्ने कार्यक्रम छ ।
शुक्रबार सुदूरपश्चिमको धनगढी हुँदै भारत प्रस्थान गरेका लामिछानेले सञ्चारकर्मीसँग कुराकानी गर्दै आफू कारागारमै हुँदा गरेको भाकल पूरा गर्न भ्रमणमा निस्किएको बताए ।
‘राजनीतिक भेटघाट केही छैन, कसैले खिचडी नपकाउन म अनुरोध गर्न चाहन्छु’, उनले भने । उनी कात्तिक ८ गते स्वदेश फर्किने कार्यक्रम छ ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा