सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले सुदूरपश्चिमको मौलिक सांस्कृतिक पर्व गौराको अवसरमा बिहीबार सार्वजनिक बिदा दिएको छ।
गौरा पर्वलाई मध्यनजर गर्दै नगर कार्यपालिकाले एक दिन स्थानीय बिदा दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टले जानकारी दिए। बिदाका दिन नगरपालिकाअन्तर्गतका अत्यावश्यक सेवाबाहेक अन्य सम्पूर्ण सेवा पूर्ण रूपमा बन्द रहने उनले बताए।
मङ्गलबार पञ्चमीका दिन बिरुडा भिजाएर विधिवत् रूपमा सुरु भएको गौरा पर्वको दोस्रो दिन बुधबार व्रतालु महिलाहरूले नजिकैका धारा, कुवा तथा जलाशयमा पुगेर बिरुडा धोएका छन्। पर्वको तेस्रो दिन अर्थात् बिहीबार व्रतालु महिलाहरूले गौरादेवीलाई गौराघरमा भित्र्याएर विशेष पूजाआजा गर्ने परम्परा छ।
प्राचीनकालदेखि नै पर्वतराज हिमालय र मेनकाकी पुत्री भगवान् शिवकी अर्धाङ्गिनी शक्तिस्वरूपा पार्वती (गौरी) लाई गौरा देवीका रूपमा श्रद्धापूर्वक पूजाअर्चना गरिँदै आइएको छ। गौरा पर्वको अवसरमा सुदूरपश्चिमका बस्तीहरूमा विशेष रौनक छाएको छ। यस अवधिमा महिलाहरूले गौराको व्रत बसेर पूजापाठ गर्छन् भने पुरुषहरूले देउडा, धुमारी र डुस्कोजस्ता परम्परागत लोकखेलहरू खेलेर रमाइलो गर्ने गर्दछन्।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा