सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
सिरहा । मधेश प्रदेशमा बढ्दो तनावबीच सिरहाको गोलबजारस्थित एबी मलमा आगजनी गरिएको छ। बिहीबार बिहानदेखि उग्र बनेको प्रदर्शनका क्रममा आगजनी र तोडफोडका घटना भएपछि क्षेत्रको सुरक्षा अवस्था थप जटिल बनेको हो।
सिरहा, जनकपुर र सप्तरीलगायत जिल्लामा हिंसात्मक गतिविधि बढ्दै जाँदा स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको छ। प्रदर्शनकारीले विभिन्न स्थानमा तोडफोड र आगजनी गरेपछि सर्वसाधारणमा त्रास फैलिएको छ।
सिरहामा प्रदर्शन उग्र बनेसँगै स्थानीय प्रशासनले जिल्लाका विभिन्न संवेदनशील क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ। सुरक्षा निकायले अवस्था नियन्त्रणमा लिन उच्च सतर्कता अपनाएको जनाएको छ।
यसैबीच, घटनापछि प्रभावित क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासमेत परिचालन गरिएको छ। प्रशासनले सर्वसाधारणलाई कर्फ्युको पूर्ण पालना गर्न तथा अफवाहमा विश्वास नगर्न आग्रह गरेको छ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा