सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
धनगढी । विभिन्न माग राख्दै बिहीबारदेखि धनगढीमा सत्याग्रहमा बसेका डा. गोविन्द केसी र सरकारबीच आइतबार औपचारिक वार्ता सुरु भएको छ। धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा दुवै पक्षबीच मागका विषयमा छलफल भइरहेको हो।
सरकारले प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जेपी अग्रवालको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेपछि वार्ताको प्रक्रिया अघि बढेको हो। गठन गरिएको टोलीले डा. केसी पक्षसँग मागहरूको कार्यान्वयन, चिकित्सा शिक्षा सुधार तथा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित विषयमा छलफल गरिरहेको बताइएको छ।
डा. केसीका सहयोगी डा. अमृत जैशीका अनुसार डा. केसी आफ्ना मागप्रति दृढ रहेका छन् र कुनै पनि मागबाट पछि नहट्ने स्पष्ट अडानमा छन्। उनले वार्ता सकारात्मक वातावरणमा अघि बढिरहेको भए पनि मागहरूको सम्बोधन नै सहमतिको मुख्य आधार हुने बताए।
वार्तामा सांसद पुकार बमसमेत सहभागी रहेका छन्। सरकार र डा. केसी पक्षबीच सहमति खोज्ने प्रयास जारी रहे पनि वार्ताको निष्कर्ष भने सार्वजनिक भइसकेको छैन।
डा. केसी विगतमा सरकारसँग भएका सम्झौताहरू कार्यान्वयन, स्वास्थ्य सेवा तथा चिकित्सा शिक्षा क्षेत्रमा सुधारका माग राख्दै सत्याग्रहमा बसेका हुन्। उनको स्वास्थ्य अवस्थाप्रति चिकित्सकहरूले निरन्तर निगरानी गरिरहेका छन् भने वार्ताबाट निकास निस्कने अपेक्षा गरिएको छ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा