• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ जेष्ठ २५, सोमबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • ‘नेपालमा मोबाइल फोन नष्ट गर्ने कुनै विधि छैन, सिराहा घटनाले डाटाको सुरक्षाको जोखिम बढायो’

      विद्युत बक्यौता असुली गर्न मन्त्रीको निर्देशन पर्खिएर बस्नुपर्दैन : मन्त्री श्रेष्ठ

      दशकौंदेखि थाँती रहेका समस्याहरु एउटा बजेटले समाधान गर्छ भन्ने अपेक्षा अव्यवहारिक : अर्थमन्त्री वाग्ले

      अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि संसदीय छानबिनको माग

      रंगमञ्चमा देखिन थालेका मनोज गजुरेल भन्छन् : महाभारत नाटकले सोच्न बाध्य बनाउँछ’

      रंगमञ्चमा देखिन थालेका मनोज गजुरेल भन्छन् : महाभारत नाटकले सोच्न बाध्य बनाउँछ’

      आज पनि सदनमा विपक्षी दलको अवरोध,१५ मिनेटको लागि बैठक स्थगित

      अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि संसदीय छानबिनको माग

      फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी

      प्रधानमन्त्रीले सीमासम्बन्धी अभिव्यक्ति सच्याउनुपर्ने हर्क राईको माग

      प्रतिपक्ष कमजोर भए पनि संवैधानिक सन्तुलन भत्किन नदिन सरकारलाई लिङ्देनको आग्रह

      फिलिपिन्स भूकम्प अपडेट : कम्तीमा पाँच जनाको मृत्यु

      यु–१९ महिला राष्ट्रिय क्रिकेटमा सुदूरपश्चिम शीर्ष स्थानमा 

      इस्टर्न सुगर मिल्सको कारोबार साढे १ अर्ब नाघ्यो, बढ्दो उखु मूल्य र घट्दो भन्सार सुरक्षाले नाफामा दबाब

      हरित सडक अभियान : सडक किनार बन्यो बगैँचा

    होमपेज /  समाचार

    रंगमञ्चमा देखिन थालेका मनोज गजुरेल भन्छन् : महाभारत नाटकले सोच्न बाध्य बनाउँछ’

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ जेष्ठ २५, सोमबार (१ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • २९ पटक पढिएको
  • गैह्रीधारास्थित कान्तिपुर थिएटरमा शुक्रबारदेखि नाटक ‘महाभारत’ मञ्चन भइरहेको छ । करिब एक महिनाको अभ्यासपछि मञ्चमा आएको नाटकले कलाकारहरूलाई अभिनयको नयाँ अनुभव मात्रै दिएको छैन, समाजमा विद्यमान जातीय विभेद, अवसरको असमानता र मानवीय संवेदनाका विषयमा प्रश्न गर्न पनि प्रेरित गरेको छ ।

    हास्यव्यंग्य कलाकारका रूपमा परिचित मनोज गजुरेल यो नाटकमार्फत पहिलोपटक औपचारिक रूपमा रंगमञ्चमा उभिएका छन् । तीन साताभन्दा बढी समय अभ्यासमा बिताएका गजुरेलका लागि यो यात्रा केवल अभिनय नभएर सिकाइको नयाँ अध्याय बनेको छ ।

    उनका अनुसार एकल प्रस्तुतीकरणमा कलाकार अपेक्षाकृत स्वतन्त्र हुन्छन् । तर नाटकमा पात्र, प्रकाश, ध्वनि, निर्देशन र सहकलाकारसँगको समन्वयले प्रस्तुति सफल बनाउँछ । यही सामूहिकताको पाठ आफूले ‘महाभारत’बाट सिकिरहेको गजुरेल बताउँछन् ।

    ‘जुन नाटक हामी गरिरहेका छौं, ‘महाभारत’, यसमा मलाई डेजाभु भएको जस्तो लाग्छ,’ गजुरेल भन्छन्, ‘यस्तै नाटक मैंले कुनैबेला गरेको थिएँ कि, यिनै साथीहरू, यिनै पात्रहरूसँग यस्तै भेटघाट भएको थियो कि भन्ने अनुभूति हुन्छ ।’

    उनका अनुसार एकल प्रस्तुति र रंगमञ्चीय नाटकबीच ठूलो अन्तर छ । ‘पहिलो नाटक भनिए पनि मैले अरू गरेको कर्म पनि नाटकै हो । तर त्यहाँ मेरो सोलो हुन्थ्यो । सोलोमा कलाकार स्वतन्त्र हुन्छ, कन्टेन्टको बाउन्ड्री हुँदैन तर यो नाटक टिमवर्क रहेछ,’ उनले भने, ‘समूहमा भाइब्रेसनले कसरी काम गर्छ र सामूहिक कामको उपलब्धि के हुन्छ भन्ने कुरा यो नाटकबाट सिक्दैछु ।’

    गजुरेल अभिनयलाई निरन्तर सिकाइको प्रक्रिया मान्छन् । उनी भन्छन्, ‘जति बुझ्दै गयो उति महासागर हुन्छ । सुरुमा अभिनय सजिलो लाग्छ । अहिले हरेकचोटि नाटक गर्दा झन् गाह्रो र झन् बढी जिम्मेवारी थपिएको जस्तो लाग्छ ।’

    गजुरेलले कलाकारको सिकाइको कुनै उमेर र पदानुक्रम नहुने बताए । उनले ठूलालाई सम्मान गर्ने र सानोलाई माया गर्ने संस्कार भएकाले सिक्ने र सिकाउने कुरा जोसुकैबाट पनि हुने सक्ने बताए ।

    ‘कलामा जुनियर–सिनियर भन्ने हुँदैन,’ उनले भने, ‘ठूलालाई सम्मान गर्ने र सानालाई माया गर्ने हाम्रो संस्कार हो। तर सिक्ने र सिकाउने कुरा जहाँबाट पनि हुन सक्छ । म पनि नयाँ पुस्ताबाट धेरै कुरा सिकिरहेको छु ।’

    नाटकमा गणेशको भूमिकामा रहेका गजुरेलले रंगमञ्चीय अभिनयले पात्रभित्रै डुबाउने अनुभव दिएको सुनाए । हास्य कलाकारको परिचय बनाएका गजुरेलका लागि रंगमञ्चको अनुभव भने फरक रहेको छ ।

    ‘म स्टेजमा हुँदा मनोज गजुरेल अभिनय गर्दैछु भन्ने लाग्दैन, म गणेश नै भएको महसुस हुन्छ । नाटक खेलिरहेका छैनौं, महाभारतलाई पुनः दोहो¥याइरहेका छौं जस्तो अनुभूति हुन्छ । कमेडी गर्दा मेरो ध्यान दर्शक हाँस्छन् कि हाँस्दैनन्, ताली बज्छ कि बज्दैन भन्नेमा हुन्छ,’ उनले भने, ‘तर नाटकमा निर्देशकले पात्रमार्फत के भन्न खोजेको छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ । यहाँ हामी आफैंभित्रबाट पोखिन्छौं ।’

    नाटकमा एकलव्यको भूमिका निर्वाह गरिरहेका कलाकार सन्दीपले गजुरेलसँगको सहकार्यलाई विशेष अनुभवका रूपमा लिएका छन् । उनी भन्छन्, ‘मनोज दाइजस्तो वरिष्ठ कलाकारसँग काम गर्दा कुनै दबाब महसुस भएन । उहाँसँगको सम्बन्ध निकै सहज र आत्मीय बन्यो, जसले अभिनयलाई अझ जीवन्त बनायो ।’

    उनका अनुसार नाटकमा केवल महाभारतकालीन कथा मात्र छैन, समकालीन समाजका गम्भीर प्रश्नहरू पनि छन् । विशेषगरी जातीय विभेद, अवसरबाट वञ्चित गरिने प्रवृत्ति र योग्यताभन्दा सामाजिक संरचनाको प्रभावजस्ता विषयलाई नाटकले उठाएको छ ।

    गजुरेलका अनुसार समाजले एकलव्यको कथालाई प्रायः गुरुभक्तिको दृष्टिकोणबाट मात्र हेर्दै आएको छ । ‘हामीले एकलव्यको औंला चढाउने त्यागलाई मात्रै देख्यौं, तर त्यो निर्णय गर्न उनी किन बाध्य भए भन्ने पक्ष कम चर्चा गरियो,’ उनले भने । नाटकले यही प्रश्नलाई नयाँ दृष्टिकोणबाट प्रस्तुत गरेको उनको भनाइ छ ।

    नाटकले आजको समाजमा अझै जीवित रहेका जातीय पूर्वाग्रहहरूलाई पनि उजागर गर्ने प्रयास गरेको छ । बाहिरबाट समानताको कुरा गर्ने तर व्यवहारमा विभेद कायम राख्ने प्रवृत्तिमाथि यसले प्रहार गरेको कलाकारहरूको बुझाइ छ ।

    निर्देशक नवीन भट्टको काम गर्ने शैलीको समेत प्रशंसा गर्दै गजुरेलले नाटकलाई कलाकारमैत्री वातावरणमा तयार गरिएको बताए । कलाकारहरूको क्षमता र शैलीलाई सम्मान गर्दै निर्देशन गरिएको उनको अनुभव छ । कान्तिपुर थिएटरमा मञ्चन भइरहेको ‘महाभारत’ले महाभारतकालीन पात्रहरूको पुनर्पाठमार्फत समकालीन समाजका जटिल प्रश्नहरू दर्शकमाझ राख्ने प्रयास गरेको छ ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ‘नेपालमा मोबाइल फोन नष्ट गर्ने कुनै विधि छैन, सिराहा घटनाले डाटाको सुरक्षाको जोखिम बढायो’

    विद्युत बक्यौता असुली गर्न मन्त्रीको निर्देशन पर्खिएर बस्नुपर्दैन : मन्त्री श्रेष्ठ

    दशकौंदेखि थाँती रहेका समस्याहरु एउटा बजेटले समाधान गर्छ भन्ने अपेक्षा अव्यवहारिक : अर्थमन्त्री वाग्ले

    फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी

    फिलिपिन्स भूकम्प अपडेट : कम्तीमा पाँच जनाको मृत्यु

    इस्टर्न सुगर मिल्सको कारोबार साढे १ अर्ब नाघ्यो, बढ्दो उखु मूल्य र घट्दो भन्सार सुरक्षाले नाफामा दबाब

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पूर्वमन्त्री खड्कासहित तीन जनालाई कांग्रेसले सोध्यो स्पष्टीकरण, घण्टीमा…

    ‘नेपालमा मोबाइल फोन नष्ट गर्ने कुनै विधि छैन,…

    विद्युत बक्यौता असुली गर्न मन्त्रीको निर्देशन पर्खिएर बस्नुपर्दैन…

    दशकौंदेखि थाँती रहेका समस्याहरु एउटा बजेटले समाधान गर्छ…

    पूर्वमन्त्री खड्कासहित तीन जनालाई कांग्रेसले सोध्यो स्पष्टीकरण, घण्टीमा…

    २० दिनपछि सर्वोच्च फर्किइन् न्यायाधीश सपना प्रधान मल्ल

    आइतबारको बिदा खारेज हुने समाचार गलत : सरकारले…

    मन्त्री पदबाट बिदा हुने विषयमा आधिकारिक जानकारी प्राप्त…

    आर्थिक

    नबिल बैंकद्वारा नेपाल–भारत–नेपाल क्रस-बोर्डर P2P रेमिट्यान्स सेवा सञ्चालन

    बजारमा आँप, किनमेल गर्नेको चाप 

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑