• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ आश्विन ६, मंगलबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • स्पोट्र्स सुज लगाएर विना तामझाम अमेरीका उडे प्रधानमन्त्री बालेन

      एमाले केन्द्रीय बैठक : नेताहरूको फरक–फरक धारणा, ओलीप्रति नरम

      प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान

      प्रतिनिधि सभामा ‘वेटिङ चेयर’को व्यवस्था

      भुटानी शरणार्थी समस्याको स्थायी समाधान र राजबन्दीको निःशर्त रिहाइका लागि आह्वान

      जेन्जी आन्दोलनमा फरार कैदी पक्राउ

      जेनजी शहीदकी सांसद आमा रुँदा सरकार चलाउनेहरू कुर्सीमा कसरी बस्न सक्छन्: ज्ञानेन्द्र शाही

      सरकारले नागरिकका प्रश्न र आलोचना सुन्न सक्नुपर्छ : सांसद थपलिया

      अव्यवहारिक ट्राफिक दफा–उपदफा खारेज गर्न आशिका तामाङको माग

      कावा प्रधानमन्त्री बने स्वर्णिम वाग्ले

      संसदमा धरधरी रोइन सहिदकी आमा रचना, सभामुखदेखी सबै बने भावुक

      बी.पी कोइराला मेमोरियल क्यान्सर अस्पतालका ६ सदस्य नियुक्त

      त्रिपुरेश्वर आगजनी : कीर्तिपुर अस्पतालमा मृत्युका आफन्त र प्रहरीको भीड

      कामना सेवा विकास बैंकद्वारा कुमारीपाटी–जावलाखेलमा ५ थान प्रतीक्षा बेन्च स्थापना

      त्रिपुरेश्वरमा जलेर मृत्यु भएका चालकको पहिचान खुल्याे

    होमपेज /  राजनीती

    राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकमाथि छलफल, धेरै विषय सुधार गर्नुपर्ने

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ जेष्ठ २१, बिहिबार (३ महिना अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ७८ पटक पढिएको
  • काठमाडौं । राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफल भएको छ ।

    बिहीबार बसेको समितिको बैठकमा विधेयकमाथि छलफल गर्दै शिक्षामन्त्री सस्मित पोख्रेलले उक्त विधेयक नेपालभरका सबै प्रयोगशालालाई नियमन गर्न नभई राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई मात्रै सञ्चालन तथा व्यवस्थापन गर्न ल्याइएको स्पष्ट पारे ।

    उनले बाहिर यो विधेयकले देशका सबै प्रयोगशालालाई नियमन गर्ने भन्ने भ्रम रहेको उल्लेख गर्दै भने, ‘यो विशेष रूपमा राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई नियमन गर्न बनाइएको छुट्टै विधेयक हो। नेपालमा रहेका सबै प्रयोगशालालाई यसले नियमन गर्दैन ।’

    मन्त्री पोख्रेलले अपराध अनुसन्धान तथा न्याय सम्पादनका लागि आवश्यक प्रमाण संकलन, परीक्षण र विश्लेषणलाई वैज्ञानिक विधिबाट प्रभावकारी बनाउन यस्तो प्रयोगशालाको आवश्यकता रहेको बताए ।

    उनले सर्वोच्च अदालतले समेत छुट्टै विधि विज्ञान प्रयोगशाला स्थापना गरी प्रमाण प्रमाणीकरण प्रक्रियालाई सहजीकरण गर्नुपर्ने आवश्यकता औंल्याएको स्मरण गराए ।

    ‘यसले अपराध, अनुसन्धान तथा न्याय सम्पादनको लागि आवश्यक प्रमाण संकलन, परीक्षण, विश्लेषण, वैज्ञानिक विधि र प्रद्धतिद्धारा गर्नको लागि यसलाई सम्मानित सर्वोच्च अदालतले एउटा छुट्टै प्रयोगशालाको आवश्यक परेको भनेर अदालतले छुट्टै प्रमाण प्रमाणीकरण प्रक्रियालाई सहजीकरण गराउन स्थापना गर्ने भनेर राष्ट्रिय विधि विज्ञान प्रयोगशाला आवश्यकता परेको हो,’ उनले भने ।

    विधेयकमाथिको छलफलका क्रममा उनले विधेयक अझै परिपक्व हुन बाँकी रहेको स्वीकार गर्दै सुधारका लागि थप व्यवस्था आवश्यक रहेको बताए।

    ‘विशेषगरी डीएनए प्रमाण सम्बन्धी विषयमा अझै धेरै प्रावधान समेट्न बाँकी छ,’ उनले भने।

    समिति सभापति ओजस्वी शेरचनले विधेयक न्याय प्रणालीका लागि अत्यन्तै महत्वपूर्ण रहेको बताइन् । उनले विधेयकका धेरै विषय ‘तोकिएबमोजिम’ वा नियमावलीमार्फत व्यवस्था गरिने उल्लेख गरिएकाले ती विषय विधेयकमै स्पष्ट रूपमा समावेश गर्नुपर्ने धारणा राखिन् ।

    उनले प्रमाण संकलनदेखि प्रयोगशालासम्म पुर्याउने प्रक्रियाको सुरक्षा सुनिश्चित गर्नुपर्नेमा जोड दिइन् ।

    उनले भनिन्, ‘प्रयोगशाला अत्याधुनिक र दक्ष जनशक्तिसहितको भएपनि त्यहाँ पुग्ने प्रमाण सुरक्षित छ कि छैन भन्ने विषय महत्वपूर्ण हुन्छ। प्रमाण कसरी संकलन गर्ने, कसरी ह्यान्डल गर्ने र कसरी स्थानान्तरण गर्ने भन्ने विषय विधेयकमा स्पष्ट हुनुपर्छ। अन्यथा प्रमाणमा छेडछाड (ट्याम्परिङ) हुने जोखिम रहन्छ र त्यसले सही प्रतिवेदन दिन सक्दैन।’

    उनले प्रमाणको ‘चेन अफ कस्टडी’ सुनिश्चित गर्ने व्यवस्था विधेयकमा समावेश गर्नुपर्ने आवश्यकता औंल्याइन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

    एमाले केन्द्रीय कमिटीको दोस्रो दिन : आज मनोनयनसँगै केन्द्रीय सदस्यले धारणा राख्ने क्रम सुरु हुने

    किसान–उपभोक्ताबीचका पाँच तहका बिचौलिया घटाएर दुई–तीन तहमा सीमित गर्ने सरकारको लक्ष्य

    ‘दलाल पुँजीवादलाई ठेगान लगाउन सक्छौँ’ : दीर्घराज पाण्डे

    राष्ट्रियसभा बैठक बस्दै

    प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    स्पोट्र्स सुज लगाएर विना तामझाम अमेरीका उडे प्रधानमन्त्री…

    एमाले केन्द्रीय बैठक : नेताहरूको फरक–फरक धारणा, ओलीप्रति…

    प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान

    प्रतिनिधि सभामा ‘वेटिङ चेयर’को व्यवस्था

    स्पोट्र्स सुज लगाएर विना तामझाम अमेरीका उडे प्रधानमन्त्री…

    प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान

    भुटानी शरणार्थी समस्याको स्थायी समाधान र राजबन्दीको निःशर्त…

    जेनजी शहीदकी सांसद आमा रुँदा सरकार चलाउनेहरू कुर्सीमा…

    आर्थिक

    कामना सेवा विकास बैंकद्वारा कुमारीपाटी–जावलाखेलमा ५ थान प्रतीक्षा बेन्च स्थापना

    नेशनल लाइफले दियो उत्कृष्ट अभिकर्तालाई सम्मानसँगै सम्पत्ति शुद्धीकरण, एआई र डिजिटल मार्केटिङ प्रशिक्षण

    एलपी ग्यासको मूल्य घट्यो

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑