• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ आश्विन ६, मंगलबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • स्पोट्र्स सुज लगाएर विना तामझाम अमेरीका उडे प्रधानमन्त्री बालेन

      एमाले केन्द्रीय बैठक : नेताहरूको फरक–फरक धारणा, ओलीप्रति नरम

      प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान

      प्रतिनिधि सभामा ‘वेटिङ चेयर’को व्यवस्था

      भुटानी शरणार्थी समस्याको स्थायी समाधान र राजबन्दीको निःशर्त रिहाइका लागि आह्वान

      जेन्जी आन्दोलनमा फरार कैदी पक्राउ

      जेनजी शहीदकी सांसद आमा रुँदा सरकार चलाउनेहरू कुर्सीमा कसरी बस्न सक्छन्: ज्ञानेन्द्र शाही

      सरकारले नागरिकका प्रश्न र आलोचना सुन्न सक्नुपर्छ : सांसद थपलिया

      अव्यवहारिक ट्राफिक दफा–उपदफा खारेज गर्न आशिका तामाङको माग

      कावा प्रधानमन्त्री बने स्वर्णिम वाग्ले

      संसदमा धरधरी रोइन सहिदकी आमा रचना, सभामुखदेखी सबै बने भावुक

      बी.पी कोइराला मेमोरियल क्यान्सर अस्पतालका ६ सदस्य नियुक्त

      त्रिपुरेश्वर आगजनी : कीर्तिपुर अस्पतालमा मृत्युका आफन्त र प्रहरीको भीड

      कामना सेवा विकास बैंकद्वारा कुमारीपाटी–जावलाखेलमा ५ थान प्रतीक्षा बेन्च स्थापना

      त्रिपुरेश्वरमा जलेर मृत्यु भएका चालकको पहिचान खुल्याे

    होमपेज /  राजनीती

    ट्रेड युनियन अधिकार संकुचनविरुद्ध १८ महासंघ एकजुट, संयुक्त अभियान सञ्चालन गर्ने

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ जेष्ठ १९, मंगलबार (३ महिना अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ७४ पटक पढिएको
  • काठमाडौं नेपाल सरकारद्वारा निजामती क्षेत्रको ट्रेड युनियन खारेजी तथा अन्य क्षेत्रमा ट्रेड युनियन अधिकार संकुचन गर्ने निर्णयप्रति गम्भीर चासो व्यक्त गर्दै देशका १८ वटा ट्रेड युनियन महासंघहरूले संयुक्त रूपमा अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।

    संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको संयोजनमा सोमबार नेपाल ट्रेड युनियन काँग्रेसको सभाहलमा सम्पन्न १८ वटा ट्रेड युनियन महासंघहरूको संयुक्त बैठकले श्रमिकहरूको हक, हित तथा ट्रेड युनियन अधिकारको संरक्षणका लागि साझा अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।

    श्रम, रोजगार तथा व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य विभागमा दर्ता कायम रहेका विभिन्न ट्रेड युनियन महासंघका अध्यक्ष तथा प्रतिनिधिहरू सहभागी बैठकमा सरकारको पछिल्लो निर्णयले श्रमिक तथा कर्मचारीहरूको संगठनात्मक स्वतन्त्रता, सामूहिक सौदाबाजीको अधिकार तथा लोकतान्त्रिक अभ्यासमाथि नकारात्मक प्रभाव पार्न सक्ने विषयमा विस्तृत छलफल भएको थियो ।

    बैठकमा सहभागी महासंघका प्रतिनिधिहरूले ट्रेड युनियन अधिकारलाई नेपालको संविधान २०७२ ले सुनिश्चित गरेको मौलिक अधिकारका रूपमा सम्मान गर्नुपर्ने धारणा राखेका थिए। साथै, अन्तर्राष्ट्रिय श्रम संगठनका संगठन गर्ने अधिकार तथा सामूहिक सौदाबाजी सम्बन्धी महासन्धि नम्बर ९८ र त्रिपक्षीय परामर्श सम्बन्धी महासन्धि नम्बर १४४ अनुरूप श्रमिकहरूको अधिकार सुनिश्चित गर्न सरकारलाई आग्रह गरिएको थियो ।

    छलफलका क्रममा लोकतन्त्रको सुदृढीकरण, श्रमिकहरूको मौलिक तथा ट्रेड युनियन अधिकारको संरक्षण, सामाजिक सुरक्षा योजनाको प्रभावकारी कार्यान्वयन, सुरक्षित तथा मर्यादित रोजगारीको व्यवस्था, श्रम कानुनको प्रभावकारी कार्यान्वयन तथा श्रमिकमैत्री नीतिनिर्माणका विषयमा समेत गहन बहस भएको थियो।
    सहभागीहरूले श्रमिक वर्गका समस्या समाधानका लागि सरकार, रोजगारदाता र ट्रेड युनियनबीचको त्रिपक्षीय संवाद तथा सहकार्यलाई अझ प्रभावकारी र संस्थागत बनाउनुपर्नेमा जोड दिएका थिए।

    बैठकमा नेपालका प्रमुख ट्रेड युनियन महासंघका अध्यक्षहरू योगेन्द्र कुमार कुँवर, विनोद श्रेष्ठ, जगत सिंखडा, प्रेमल खनाल, विष्णु लम्साल, नवराज दाहाललगायत विभिन्न महासंघका अध्यक्ष तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
    नेपाल ट्रेड युनियन काँग्रेसका अध्यक्ष योगेन्द्र कुमार कुँवरका अनुसार बैठकले ट्रेड युनियन अधिकार, मानव अधिकार तथा लोकतन्त्रको संरक्षण र प्रवद्र्धनका लागि आगामी दिनमा सबै महासंघहरूले संयुक्त पहल गर्ने तथा साझा मुद्दाहरूमा सहकार्य र एकता कायम राख्ने प्रतिबद्धता व्यक्त गरेको छ।

    बैठकको निष्कर्षस्वरूप वर्तमान सरकारको ट्रेड युनियनप्रतिको दृष्टिकोणप्रति असन्तुष्टि जनाउँदै श्रमिकहरूको हक, हित र अधिकार सुनिश्चित गर्न सबै ट्रेड युनियनहरूबीच थप समन्वय, एकता र साझा अभियान सञ्चालन गर्ने तथा आगामी दिनमा संयुक्त रूपमा अघि बढ्ने सहमति भएको जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

    एमाले केन्द्रीय कमिटीको दोस्रो दिन : आज मनोनयनसँगै केन्द्रीय सदस्यले धारणा राख्ने क्रम सुरु हुने

    किसान–उपभोक्ताबीचका पाँच तहका बिचौलिया घटाएर दुई–तीन तहमा सीमित गर्ने सरकारको लक्ष्य

    ‘दलाल पुँजीवादलाई ठेगान लगाउन सक्छौँ’ : दीर्घराज पाण्डे

    राष्ट्रियसभा बैठक बस्दै

    प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    स्पोट्र्स सुज लगाएर विना तामझाम अमेरीका उडे प्रधानमन्त्री…

    एमाले केन्द्रीय बैठक : नेताहरूको फरक–फरक धारणा, ओलीप्रति…

    प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान

    प्रतिनिधि सभामा ‘वेटिङ चेयर’को व्यवस्था

    स्पोट्र्स सुज लगाएर विना तामझाम अमेरीका उडे प्रधानमन्त्री…

    प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान

    भुटानी शरणार्थी समस्याको स्थायी समाधान र राजबन्दीको निःशर्त…

    जेनजी शहीदकी सांसद आमा रुँदा सरकार चलाउनेहरू कुर्सीमा…

    आर्थिक

    कामना सेवा विकास बैंकद्वारा कुमारीपाटी–जावलाखेलमा ५ थान प्रतीक्षा बेन्च स्थापना

    नेशनल लाइफले दियो उत्कृष्ट अभिकर्तालाई सम्मानसँगै सम्पत्ति शुद्धीकरण, एआई र डिजिटल मार्केटिङ प्रशिक्षण

    एलपी ग्यासको मूल्य घट्यो

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑