सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चेन्नई । दक्षिण भारतीय चलचित्रका लोकप्रिय अभिनेता तथा ‘थलापति’ नामले परिचित सी. जोसेफ विजय तमिलनाडुको नयाँ मुख्यमन्त्री बनेका छन्। उनले आइतबार चेन्नईस्थित जवाहरलाल नेहरू रंगशालामा आयोजित भव्य समारोहमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।
तमिलगा वेत्री कजगम (टिभीके) का अध्यक्ष विजयले बिहान १० बजे मुख्यमन्त्रीको शपथ लिएसँगै तमिलनाडुको राजनीतिमा ऐतिहासिक परिवर्तन भएको विश्लेषण गरिएको छ। राज्यमा करिब ६ दशकदेखि आलोपालो सत्ता चलाउँदै आएका द्रविड मुन्नेत्र कढगम (डीएमके) र अखिल भारतीय अन्ना द्रविड मुनेत्र कझगम (एआईएडीएमके) को वर्चस्व अन्त्य गर्दै विजय नेतृत्वको नयाँ शक्ति सरकारमा पुगेको हो।
शपथ ग्रहण समारोहमा हजारौँ समर्थकहरूको उपस्थिति रहेको थियो। विजयका समर्थकहरूले स्टेडियम बाहिर विजयको पक्षमा नाराबाजी गर्दै उत्सव मनाएका थिए। समारोहमा विभिन्न राजनीतिक दलका नेता, कलाकार, उद्योगपति तथा सामाजिक क्षेत्रका व्यक्तिहरूको समेत उपस्थिति रहेको बताइएको छ।
विजयसँगै टिभीकेका वरिष्ठ नेताहरू सहित अन्य नौ मन्त्रीहरूले पनि शपथ लिएका थिए। नयाँ मन्त्रिपरिषद्मा युवा अनुहारलाई प्राथमिकता दिइएको र प्रशासनिक सुधार तथा सुशासनलाई केन्द्रमा राखेर सरकार सञ्चालन गर्ने तयारी गरिएको जनाइएको छ।
टिभीकेले यसपटकभारतीय राष्ट्रिय कांग्रेससँग गठबन्धन गरेर चुनाव लडेको थियो। निर्वाचनपछि स्पष्ट बहुमत नपुगेपछि केही दिन राजनीतिक अन्योल सिर्जना भएको थियो। तर शनिबार साँझ विदुथलाई चिरुथैगल काच्ची (VCK) र इन्डियन युनियन मुस्लिम लीग (IUML) ले समर्थन जनाएपछि विजय नेतृत्वको गठबन्धनको संख्या १२० पुगेको थियो। त्यसपछि सरकार गठनको बाटो खुलेको हो।
यसअघि तमिलनाडुका राज्यपालले विजयलाई मे १३ भित्र विधानसभामा विश्वासको मत लिन निर्देशन दिएका थिए। विजय नेतृत्वको सरकारले केही दिनभित्रै विश्वासको मत लिने तयारी गरिरहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
चलचित्र क्षेत्रमा अत्यधिक लोकप्रिय रहेका विजयले केही वर्षअघि मात्रै सक्रिय राजनीतिमा प्रवेश गरेका थिए। उनले राजनीतिक दल स्थापना गर्दै भ्रष्टाचार नियन्त्रण, पारदर्शी शासन, रोजगारी सिर्जना, शिक्षा सुधार तथा युवाको सहभागितालाई मुख्य एजेन्डा बनाएका थिए। विशेषगरी युवा मतदाता र पहिलोपटक मतदान गर्ने समूहमा विजयको प्रभाव उल्लेखनीय देखिएको थियो।
राजनीतिक विश्लेषकहरूका अनुसार विजयको उदयले तमिलनाडुको परम्परागत द्रविड राजनीतिक संरचनामा ठूलो धक्का दिएको छ। लामो समयदेखि डीएमके र एआईएडीएमकेको प्रभुत्व रहेको राज्यमा नयाँ राजनीतिक शक्तिको उदयलाई दक्षिण भारतीय राजनीतिमा ‘नयाँ अध्याय’ का रूपमा हेरिएको छ।
मुख्यमन्त्री बनेपछि विजयले जनताको विश्वासलाई सम्मान गर्दै सुशासन र विकासमार्फत तमिलनाडुलाई नयाँ दिशामा लैजाने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले राज्यको आर्थिक विकास, रोजगारी विस्तार, सामाजिक सुरक्षा र प्रशासनिक पारदर्शितालाई सरकारको मुख्य प्राथमिकतामा राख्ने बताएका छन्।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा