सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनमा विद्यार्थीलाई दिइँदै आएको ४५ प्रतिशत भाडा छुट अनिवार्य रूपमा लागू गर्न निर्देशन दिएको छ।
विभागले हालै यातायात व्यवसायी तथा सरोकारवाला निकायलाई परिपत्र जारी गर्दै उक्त सहुलियत कडाइका साथ कार्यान्वयन गर्न ताकेता गरेको हो। इन्धनको मूल्यवृद्धिलगत्तै केही सवारीसाधनले विद्यार्थीलाई छुट नदिएको गुनासो बढेपछि विभागले यस्तो निर्देशन दिएको जनाएको छ।
पछिल्लो समय विद्यार्थीहरूले ‘हेलो सरकार’ तथा विभिन्न गुनासो माध्यममार्फत छुट नपाएको, विद्यार्थी परिचयपत्र देखाउँदा समेत अस्वीकार गरिएको र दुर्व्यवहार गरिएको उजुरी गरेका छन्। यस्ता घटनामा वृद्धि भएपछि विभागले नियम उल्लंघन गर्नेलाई कडा कारबाही गरिने चेतावनी दिएको छ।
विभागका अनुसार २०६५ फागुन २० गते सरकार र यातायात व्यवसायीबीच भएको सहमतिअनुसार विद्यार्थीहरूले सार्वजनिक सवारीसाधनमा ४५ प्रतिशत भाडा छुट पाउने कानुनी व्यवस्था छ।
उक्त व्यवस्था कार्यान्वयन नगर्ने सवारीसाधनलाई कानुनी दायरामा ल्याई कारबाही गरिने विभागले स्पष्ट पारेको छ। साथै विद्यार्थीमैत्री यातायात सेवा सुनिश्चित गर्न सम्बन्धित निकायलाई प्रभावकारी अनुगमन गर्न समेत निर्देशन दिइएको छ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा