सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाद प्रसाईँविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ।
जिल्ला सरकारी वकिल कार्यालयले उनलाई विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ (१) अनुसार कारबाही गर्न माग गरेको छ। उक्त प्रावधानअनुसार दोषी ठहर भएमा १ लाख रुपैयाँसम्म जरिवाना वा ५ वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
अभियोगपत्रअनुसार प्रसाईँले सामाजिक सञ्जालमार्फत निर्वाचनसम्बन्धी भ्रामक तथा उत्तेजक अभिव्यक्ति दिएको आरोप लागेको छ। उनले “निर्वाचन गरिए देश टुक्रिन्छ” जस्ता भनाइमार्फत वैमनस्यता फैलाउन खोजेको उल्लेख गरिएको छ।
प्रहरी अनुसन्धानमा उनले निर्वाचन आचारसंहिता उल्लंघन गरेको र हिंसात्मक अभिव्यक्ति दिएको पनि देखिएको जनाइएको छ।
घटनाबारे थप कानुनी प्रक्रिया अघि बढाइएको छ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा