सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । विश्वविद्यालयका उपकुलपतिहरूले राजनीतिक दलका भ्रातृ विद्यार्थी संगठनहरूको अराजक गतिविधिका कारण काम गर्ने वातावरण प्रभावित भएको भन्दै प्रधानमन्त्री एवं कुलपति बालेन्द्र शाह समक्ष गुनासो गरेका छन्।
सोमबार प्रधानमन्त्री शाहसँग भएको छलफलमा ११ वटा विश्वविद्यालयका उपकुलपतिहरूले विश्वविद्यालय परिसरभित्र बढ्दो दलीय हस्तक्षेपका कारण प्रशासनिक तथा शैक्षिक मर्यादा कायम राख्न कठिन भइरहेको बताएका हुन्।
उपकुलपतिहरूका अनुसार विद्यार्थी संगठनका नेता–कार्यकर्ताको दबाब, हस्तक्षेप र अराजक शैलीले दैनिक कामकाजसमेत प्रभावित भएको छ भने यसले नेतृत्व तहको मनोबलसमेत गिर्दै गएको छ।
उनीहरूको गुनासो सुनेपछि प्रधानमन्त्री शाहले विश्वविद्यालयलाई दलीय राजनीतिबाट मुक्त बनाउन ठोस कदम चाल्ने प्रतिबद्धता जनाएका छन्। उनले विश्वविद्यालयका भवन, कोठा तथा जमिन ओगटेर बसेका दलगत संगठनका कार्यालयहरू आवश्यक परे सुरक्षाकर्मी परिचालन गरेर भए पनि खाली गराउन निर्देशन दिएका छन्।
प्रधानमन्त्री शाहले विश्वविद्यालयको साख जोगाउन र विद्यार्थीको भविष्यप्रति जिम्मेवार हुन उपकुलपतिहरूलाई आग्रह गर्दै शैक्षिक संस्थालाई प्राज्ञिक थलोका रूपमा विकास गर्नुपर्नेमा जोड दिए।
यसै क्रममा उनले स्नातकदेखि स्नातकोत्तर तहसम्मका सबै परीक्षाको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन दिएका छन्। साथै त्रिभुवन विश्वविद्यालय बाट अन्य विश्वविद्यालयले लिनुपर्ने समकक्षता (इक्विव्यालेन्स) को झन्झटिलो व्यवस्था तत्काल अन्त्य गर्नसमेत उनले निर्देशन दिएका छन्।
प्रधानमन्त्री शाहले विश्वविद्यालयमा कुनै पनि प्रकारको राजनीतिक दबाब वा हस्तक्षेप स्वीकार्य नहुने स्पष्ट पार्दै सुधारका कदम प्रभावकारी रूपमा कार्यान्वयन गर्न जोड दिएका छन्।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा