• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ १०, बुधबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • सभापति थापाको अभिव्यक्तिप्रति नेता शाहीको आपत्ति : ‘पार्टी कसैको पेवा, व्यक्तिगत सम्पत्ति र बपौती होइन’

      ‘मिस नेपाल २०२६’ का उत्कृष्ट २४ जना फाइनलिस्ट घोषणा

      भिई गुरु देवताको प्रचार–प्रसार नहुँदा ओझेलमा, धार्मिक विश्वास कायमै

      मानव अधिकार संरक्षणसँगै व्यवसाय प्रवद्र्धन आवश्यक : आयोग अध्यक्ष मगर

      अकबरे खुर्सानीले फेरिएको भोजपुर : रित्तिँदै गएको गाउँमा फर्किएको समृद्धि

      अनुभव, इमान्दारी र परिवर्तनको एजेन्डासहित रास्वपाको केन्द्रीय सदस्यमा सुजित श्रेष्ठको उम्मेदवारी 

      हाँसो र सौहार्दले भरिएको रास्वपा महाधिवेशन परिसर

      फिफा विश्वकप : कंगोलाई १-० ले पराजित गर्दै कोलम्बिया नकआउट चरणमा प्रवेश 

      रास्वपाको केन्द्रीय सदस्यमा शिक्षामन्त्री सस्मित पोखरेलको उम्मेदवारी

      मोड्रिचले बनाए ऐतिहासिक कीर्तिमान, अन्तर्राष्ट्रिय फुटबलमा २०० खेल पूरा

      फिफा विश्वकप : पोर्चुगलसँग उज्बेकिस्तान ५–० ले पराजित 

      फिफा विश्वकप : क्रोएसियासँग पानामा १-० ले पराजित 

      भरतपुरमा रास्वपाको महाधिवेशन जारी, केन्द्रीय सदस्यका उम्मेदवारहरू मत माग्दै 

      रास्वपाको केन्द्रीय समितिमा प्रधानमन्त्री शाहका सचिवालयका तीन जनाको उम्मेदवारी

      सरकारले घोषणा गरे बमोजिम काम नगरे जसपा सडकमा ओर्लिन्छ : उपेन्द्र यादव समाचार कमेन्टमा

    होमपेज /  राजनीती

    नेपाली कांग्रेस : कानूनी विवाद भन्दा राजनीतिक विवाद बढी घातक !

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ बैशाख ५, शनिबार (२ महिना अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ५९ पटक पढिएको
  • सर्वोच्च अदालतले गगन थापा नेतृत्वको नेपाली कांग्रेसको केन्द्रीय समितिलाई नै आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय सदर गरेसँगै पार्टीको भविष्यबारे नयाँ बहस सुरु भएको छ । न्यायाधीशद्वय सारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले तत्कालीन सभापति शेरबहादुर देउवा र पूर्णबहादुर खड्काको रिट खारेज गर्दै पुसमा भएको विशेष महाधिवेशनलाई वैधानिकता दिएको हो । यो फैसलासँगै गगन थापा र विश्वप्रकाश शर्मासहितको नयाँ नेतृत्वले पूर्ण कानुनी मान्यता पाएको छ । सर्वोच्चको फैसलापछि कांग्रेसबृत्तमा हलचल समेत ल्याएको छ ।

    ‘बदल्यौं कांग्रेस, बदल्छौं देश’ भन्ने मुल नाराका साथ विशेष महाधिवेशन सम्पन्न गरेर गत फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनमा सहभागि भएको कांग्रेसले सर्वनाक हार व्यहोरेपछिको अदालतको फैसला निकै अर्थपूर्ण पनि मानिएको छ । हुनत, फैसलाले नेपालको राष्ट्रिय राजनीतिमा खासै प्रभाव नराख्ला तर पार्टीको भविष्यका सन्दर्भमा ठूलो महत्व राखेको छ ।

    सर्लाही ४ बाट भारी मतले पराजित भएका सभापति गगन थापाका लागि कांग्रेसलाई एकढिका बनाएर संगठन सुदृढ गर्न ठूलो जोखिम मोल्नुपर्ने देखिएको छ । जित्ने र हार्ने पक्षबीचको मतभेद, विभाजित मन र आफू अनुकुल फैसला नआएपछि असन्तुष्ट बनेका तल्लो तहका कार्यकर्ताहरुको मनोबल बढाउन कांग्रेस नेतृत्वले भयंकर मेहेनत गर्नुपर्ने देखिन्छ ।

    शेरबहादुर देउवा समूहका नेता डा. प्रकाशशरण महतले सर्वोच्चको फैसला अपेक्षित नभएको प्रतिक्रिया दिएको र विशेष महाधिवेशनबाट आएको नेतृत्व स्वीकार्न नसकिने अभिव्यक्ति दिएका नेता विमलेन्द्र निधि अनि पूर्ण बहादुर खड्का नेतृत्वमा अगाडि बढेको कांग्रेसको गुटगत गतिविधिले कांग्रेसको भविष्य कता लैजान्छ भन्ने अन्योलता बढेको छ । देश चुनौतीपूर्ण घडीमा रहेका बेला पार्टीको १५ औं महाधिवेशनलाई विवादरहित बनाउन सबैलाई मान्य हुने साझा सहमति आवश्यक रहेको नेता डा.महतको मत छ ।

    आधिकारिता पाइसकेको पक्षले अब पार्टीका सबै पक्षलाई समेटेर लैजाने मुख्य दायित्व हुने भएकाले त्यसको हिस्सेदार गगन थापा बाहेक अरु हुन नसक्ने देखिन्छ ।

    हुनत, सभापति थापाले फैसलालाई व्यक्तिगत जितहार भन्दा पनि विधिको विजयका रूपमा व्याख्या गर्दै अदालतको निर्णयले पार्टीलाई एकताबद्ध बनाउँदै बलियो बनाउने साझा यात्राको आधार तय गरेको बताएपनि त्यो आधार कुन रुपमा बनेको छ भन्ने प्रष्ट पारेका छैनन् ।

    उनले पार्टीका समस्त सदस्य र शुभेच्छुकहरूलाई अब आ–आफ्नो ठाउँबाट पार्टीको एकता र पुनर्जागरणका लागि जिम्मेवारीपूर्वक सकारात्मक भूमिका खेल्न अपिल गरेका छन् । पार्टी सभापतिको हैसियतले सबैलाई समेटेर लैजाने मुख्य जिम्मेवारी आफ्नै भएको स्वीकार गर्दै उनले यस प्रक्रियामा सक्रिय रूपमा लाग्ने प्रतिबद्धता समेत जनाए ।

    पार्टीको १५ औँ महाधिवेशनको प्रक्रिया अगाडि बढिसकेको सन्दर्भमा थापाले यसलाई पार्टी रूपान्तरण र सुदृढीकरणको अवसरका रूपमा उपयोग गर्न जोड दिएका छन् । तर ०७८ सालमा पाँचौँ पटक प्रधानमन्त्री बनेका तर विशेष महाधिवेशनलाई अस्वीकार गरेका देउवा यतिबेला आफू ‘अपमानित’को महसुस गरेर विदेशमा बसिरहेका छन् ।

    उनको ठूलो समूह नेपालमा ‘समानान्तर गतिविधि’लाई अगाडि बढाउने कि थापासँग मिलिेर जाने भन्नेमा अन्योलग्रस्त अवस्थामा छ । यता, कांग्रेसको वैशाख २ गते बसेको अनुशासन समितिको बैठकले देउवा पक्षका पूर्ण बहादुर खड्कालाई सातदिने स्पष्टीकरण सोधेको विषयलाई खड्काले स्पष्टीकरण निरर्थक र हास्यास्पद रहेको बताउँदै स्पष्टीकरणको जवाफ नदिने बताइसकेका छन् । देउवा पक्षका नेताहरुको अडान र थापा पक्षका नेताहरुको अहमताले कांग्रेसको भविष्य झन ओरालो लाग्ने हो कि भन्ने चिन्ता बढाएको छ । कतिपय विश्लेषहरुले कांग्रेस अब सग्लो भएर अगाडि बढ्ने अवस्था नरहेको प्रतिक्रिया दिइरहेका छन् ।

    किनकी, अदालतको फैसलाले कानुनी विवाद टुङ्ग्याए पनि राजनीतिक विवाद भने कायमै रहेकाले फैसला अगाडि नै राजनीतिक विवाद साम्य पार्नुपर्ने तर्क विश्लेषकहरुको छ । तर दुवै पक्ष एक आपसलाई आरोप प्रत्यारोप गर्ने, शक्ति प्रदर्शन गर्ने र समानान्तर गतिविधि गर्ने गरेकाले कांग्रेसको भावी दिन कस्तो बनाउने भन्ने जिम्मा थापा र देउवाकै काँधमा आइपुगेको छ ।

    अन्य नयाँ तथा पूराना पार्टीहरुको विशेष चासोमा रहेको कांग्रेसको भविष्यबारे नेकपा एमालेका नेता गोकुल बास्कोटाले राजनीतिक विवादको समाधान अदालतबाट सम्भव नहुने टिप्पणी गर्नुलाई स्वाभाविक मान्न सकिन्छ ।

    उनले न्यायिक निकायमा जानु अन्य किसिमका विवादका लागि स्वाभाविक भए पनि राजनीतिक विवादको स्थायी समाधान अदालतले दिन नसक्ने बताएका छन् ।

    उनले विगतका उदाहरण उल्लेख गर्दै राजनीतिक दलहरू अदालतको निर्णयपछि पनि फेरि विभाजित हुने गरेको तर्क गरे। उनको तर्क अन्य साना दलहरुसँग मेल खाएपनि नेपाली कांग्रेससँगै मेल खान्छ भन्नेमा ग्यारेन्टी केहीपनि छैन ।

    तर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्ववरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले कांग्रेसलाई बीपीपथ पच्छ्याउन सुझाव दिन्छन् । अप्राकृतिक भारी बोकेर हिँडिरहेको कांग्रेसले फर्किएर फेरि बीपीपथ समाउनुपर्ने उनको राय छ । नत्र आउँदा धेरै वर्षसम्म कांग्रेस रास्वपाको पुच्छर बन्नुपर्नेछ ।

    ‘गगनजीलाई शुभकामना तर, बीपीपथबाट जीपीपथ हुँदै प्रचण्डपथको पतन–यात्रामा, पट्टी लगाएको खच्चड जसरी अप्राकृतिक भारी बोकेर हिँडिरहेको कांग्रेसले फर्किएर फेरि बीपीपथ नसमाउने हो भने आउँदा धेरै वर्षसम्म ऊ रास्वपाको पुच्छर हुनेछ ।’

    तर एमालेका नेता विष्णु रिजालले अटेरी, वृद्ध र सत्ता स्वार्थमा हावी भएपछि कांग्रेसमा नेतृत्व परिवर्तन भएको टिप्पणी गरेका छन् । उनले विरासत र शक्तिको लागि ‘जी, हजुरी’ गर्नेसँग मख्ख भइरहँदा यस्तै हुने बताएका हुन् ।

    ‘सबैलाई चेतना भया ! गगन थापाजी कानुनी रूपमा पनि नेपाली कांग्रेसको सभापति बन्नुभएको छ । राजनीतिक रूपमा दुई महिनाअघि नै सभापति बने पनि सर्वोच्च अदालतले समेत वैधानिकता दिएपछि उहाँको सभापतित्वमाथि अब प्रश्न रहेन । नेतृत्व अटेरी, वृद्ध, सत्ता–स्वार्थमा केन्द्रित, पारिवारिक मोहबाट ग्रस्त र वरिपरि बस्नेहरूको जी–हजुरीमा मख्ख भइरह्यो भने एउटा जीवन्त पार्टीमा के हुन्छ भन्ने कांग्रेसमा देखिएको छ,’ रिजालले लेखेका छन्, ‘प्रजातन्त्र र कानुनी शासन मान्ने पार्टी भएकाले यसबाट कांग्रेस विभाजन हुनुपर्ने त कारण देखिन्न, तर आफ्नो राजनीतिक जीवन निस्क्रिय पारेर राजनीतिबाट बिदा लिनुको साटो केही वृद्धहरूको मनमा एउटा छुटै क्लब बनाऔँ भन्ने भावना आएछ भने अर्को ‘प्रजातान्त्रिक कांग्रेस’ बनाउनका लाागि पनि बाटो खुल्ला भएको छ ।’

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    सभापति थापाको अभिव्यक्तिप्रति नेता शाहीको आपत्ति : ‘पार्टी कसैको पेवा, व्यक्तिगत सम्पत्ति र बपौती होइन’

    रास्वपाको केन्द्रीय सदस्यमा शिक्षामन्त्री सस्मित पोखरेलको उम्मेदवारी

    रास्वपाको केन्द्रीय समितिमा प्रधानमन्त्री शाहका सचिवालयका तीन जनाको उम्मेदवारी

    सरकारले घोषणा गरे बमोजिम काम नगरे जसपा सडकमा ओर्लिन्छ : उपेन्द्र यादव समाचार कमेन्टमा

    क्रियाशील अद्यावधिक नगर्नेलाई पार्टीले चिन्दैन: सभापति थापा

    जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सभापति थापाको अभिव्यक्तिप्रति नेता शाहीको आपत्ति : ‘पार्टी…

    ‘मिस नेपाल २०२६’ का उत्कृष्ट २४ जना फाइनलिस्ट…

    भिई गुरु देवताको प्रचार–प्रसार नहुँदा ओझेलमा, धार्मिक विश्वास…

    मानव अधिकार संरक्षणसँगै व्यवसाय प्रवद्र्धन आवश्यक : आयोग…

    रास्वपा महाधिवेशन बन्दशत्रमा रविको सम्बोधनः पुरानै शैलीले फरक…

    गृहमन्त्री सुधन गुरुङमाथि आक्रमण भएको हल्ला असत्य :…

    कम उमेरमै अत्यधिक सम्पत्ति आर्जन गरेका बालेन र…

     विष्णु पौडेल पक्राउप्रति गोकुल बाँस्कोटाको आपत्ति : ‘अभियोग…

    आर्थिक

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

    १ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

    ११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑