सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो संसदीय दलको मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी लाई नियुक्त गरेको छ।
बिहीबार बसेको संसदीय दलको बैठकले बुर्लाकोटीलाई उक्त जिम्मेवारी दिने निर्णय गरेको हो। पार्टीभित्र संगठनात्मक जिम्मेवारी सम्हालिरहेका बुर्लाकोटी हाल रास्वपाका महामन्त्री समेत हुन्।
बुर्लाकोटी प्रतिनिधिसभा सदस्यका रूपमा गोरखा–२ निर्वाचन क्षेत्रबाट निर्वाचित भएका हुन्। संसदीय गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्दै आएका उनलाई अब पार्टीको संसदीय रणनीति समन्वय गर्ने महत्वपूर्ण जिम्मेवारी दिइएको छ।
रास्वपाले सचेतक पदमा प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताल लाई नियुक्त गरेको छ।
प्रकाशचन्द्र परियार पूर्व विवेकशील साझा पार्टी बाट रास्वपामा समाहित भएका नेता हुन्। त्यस्तै, क्रान्तिशिखा धिताल रास्वपाकी केन्द्रीय सदस्य तथा समानुपातिकतर्फबाट निर्वाचित सांसद हुन्।
नयाँ नियुक्तिसँगै रास्वपाले संसद्भित्र आफ्नो उपस्थितिलाई अझ प्रभावकारी बनाउने रणनीति अघि सारेको बुझिएको छ। मुख्य सचेतक र सचेतकहरूको जिम्मेवारी संसद्मा पार्टीको धारणा स्पष्ट राख्ने, सांसदहरूलाई समन्वय गर्ने तथा विधेयकहरूमा एकीकृत धारणा निर्माण गर्ने रहनेछ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा