सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । अभिनेत्री ऋचा शर्माले प्रतिनिधि सभा सदस्य निर्वाचन गराउनु भएकोमा प्रधानमन्त्री सुशीला कार्कीलाई धन्यवाद दिएकी छिन् ।
शर्माले सामाजिक संजालमा प्रधानमन्त्री कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालसँगको तस्विर सार्वजनिक गर्दै दुवै जनालाई धन्यवाद दिएकी हुन् ।
अभिनेत्री शर्माले लेखेकी छिन्,‘घाइते देशलाई मलम चाहिएको थियो। यदि कोही मलम बनेर उभिरहनुभएको थियो भने, उहाँ हाम्रो आदरणीय प्रधानमन्त्री सुशीला कार्की ज्यु नै हो । ‘चुनाव हुन सम्भव छ र ?’ धेरैलाई विश्वास थिएन। प्रश्नहरू थिए, शंका थिए, आरोप थिए। कसैले विदेशी प्रभावको आरोप लगाए, कसैले बाहिरी शक्तिको योजना भने। तर नेतृत्व भनेको कुरा शब्दले होइन, कामले प्रमाणित हुन्छ। आलोचना, तर्क–वितर्क र अविश्वासको बीचबाट अगाडि बढेर जसले जिम्मेवारी लियो, उसैले गरेर देखायो। योग्यता बहसले होइन, परिणामले प्रमाणित गरिन्छ। त्यसैले देशको जिम्मेवारी बोकेर परिणाम दिन सक्ने सबै नेतृत्वप्रति सम्मान। हार्दिक धन्यवाद प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओम प्रकाश अर्याल लगायतको समूहलाई !!’
काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत... विस्तृतमा