• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८२ फागुन ४, सोमबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • तामाकोसी दुर्घटना : बेपत्ता एकको शव भेटियो

      नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड को सिइओ क्लब सदस्य सम्मान कार्यक्रम जनकपुरमा सम्पन्न

      आचारसंहित विपरीत सञ्चार माध्यमबाट प्रसारित भ्रामक सर्वेक्षणप्रति गम्भिर ध्यानाकर्षण भएको छः रेणु दाहाल

      महालक्ष्मी विकास बैंकको “बिजचित्र फोटोग्राफी प्रतियोगिता–संस्करण ३” सम्पन्न, विजेतालाई पुरस्कार वितरण

      नेप्से ८.१६ अंकले घट्यो, कारोबार रकम पनि खुम्चियो

      कुमारी बैंक लिमिटेडलाई ISO/IEC 27001:2022 सूचना सुरक्षा प्रमाणपत्र प्राप्त

      भक्तपुर–२ मा राप्रपा उम्मेदवार विक्रम थापाको नारा: ‘१ भोट देश बचाउनलाई, अर्को १ भोट देश बनाउनलाई’

      निर्वाचका लागि सबै राजनीतिक दलहरुले तिब्र गतिमा काम गरिरहेका छन् : मन्त्री श्रेष्ठ

      नेपाल राष्ट्र बैंकले ९ अर्ब ३५ करोड मुद्दति निक्षेपमा लगानी गर्ने

      पिपुल फष्र्ट पार्टीका उम्मेदवारमाथि आक्रमण भएको घट्नाप्रति आपत्ति

      शिवरात्रिको रात, बत्ती र भक्तजनले उज्यालो बनेको पशुपति (ड्रोन दृश्यहरू)

      आचारसंहिता विपरित समाचार प्रकाशित गरेको भन्दै सेतोपाटीलाई कारवाही गर्न आयोगको काउन्सिललाई पत्राचार

      ड्रोनमार्फत पत्ता लाग्यो दुर्घट्नाग्रस्त गाडी, सम्पर्कविहीन रहेका काफ्ले मृत फेला

      होटल फरेस्ट इन को आइपिओ बाँडफाँट सम्पन्न, ३ लाख ३२ हजारले पाए १०–१० कित्ता

      सुनचाँदिको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

    होमपेज /  अन्य

    जितेर गएकाहरु क्षेत्र फर्केनन्, म हारेपनि घरदैलोमै छु, यस पटक जित्छु : कुन्ती पोखरेल

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८२ फागुन ४, सोमबार (१५ घण्टा अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
  • ७७ पटक पढिएको
  • काठमाडौं । काठमाडौंको चहलपहलबाट केही पर, शहर र गाउँको सीमारेखाजस्तो फैलिएको क्षेत्र हो-काठमाडौं क्षेत्र नम्बर २ । सडक, खेत, बस्ती, मन्दिर र डाँडाकाँडाको मिश्रणले बनेको यो क्षेत्र राजधानीको हिस्सा भएपनि विकासको दृष्टिले तुलनात्मक रुपमा अधुरो देखिन्छ ।

    यही अधुरो कथालाई आफ्नो चुनावी मुद्दा बनाउँदै मैदानमा उत्रिएकी छन् कुन्ती पोखरेल । राष्ट्रिय प्रजातन्त्र पार्टीकी उम्मेदवारले आगागी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि स्पष्ट चुनावी खाका समेत तयार गरेर मैदानमा उत्रिएकी छिन् ।

    उनको अभियान केवल चुनावी कार्यक्रम जस्तो देखिँदैन । यो झन्डै तीन वर्षदेखि चलिरहेको निरन्तर संवादको विस्तार हो। चुनाव हारिसकेपछि पनि घरदैलो नछोड्ने निर्णयले उनलाई मतदातासँग अलग पहिचान दिएको छ ।

    ‘पहिला पनि चुनाव उठें । केही मत पुगेन, हारें । त्यसपछि म घरदैलो नै गरिरहेको छु । ठाउँ–ठाउँको समस्याहरु हेर्दै र समधान गर्दै आइरहेको छु,’ उनले भनिन्, ‘पहिले भोट माग्न जाँदा नेताहरु चुनावको टाइममा मात्रै आउँछन् भन्ने प्रश्न आउँथ्यो अहिले जाँदा बहिनी, तिमीले ठिक गर्यौ भन्नुहुन्छ। एकदमै राम्रो लाग्छ ।’

    उनले पहिले चुनाव हारेपनि चुनावपछि आफू त्यही क्षेत्रमा सक्रिय रहेको बताइन् । नेतृ पोख्रेल आफ्नो क्षेत्र राजधानीको छेउमा रहेको अर्को संसार जस्तो भएको बताउँछिन् । उनका अनुसार क्षेत्र नम्बर २ राजधानीसँग जोडिएपनि त्यहाँको जीवनशैली फरक छ । माथिल्लो भेगमा सडकको अभाव छ भने तलतिर किसान मल र बिउका लागि संघर्ष गरिरहेका छन्। शहर विस्तार हुँदै जाँदा खेतीयोग्य जमिन घट्ने चिन्ता पनि उत्तिकै छ ।

    कुन्ती पोखरेलका अनुसार यो क्षेत्र न त पूर्ण रूपमा शहरी हो, न पूर्ण ग्रामीण । यो क्षेत्र अब विकाससँग नै जोड्दिनुपर्ने आवश्यकता छ । काठमाडौंको छेउमा भएपनि विकासदेखि लिएर सानो सानो समस्याहरु त्यसै, तितर–बितर छन्,’ उनले भनिन्, ‘नाङ्लेभारे, कात्तिकेदेखि, पटापदेखि कोटेश्वर, बानेश्वर, गौशाला यहाँसम्म पर्छ, काठमाडौंको मुटुदेखि शंखरापुरसम्म यहाँका समस्याहरु भिन्न–भिन्न किसिमका छन्।’

    उनले कृषिभूमी भएर पनि मलर बिउको चपेटामा किसान रहुन परेको उल्लेख गर्दै भनिन, ‘माथि पटापमा अब बाटोको समस्या छ, तल झरेसी कृषिमा समस्या छ, मल छैन । त्यो कृषिमा बिउ छैन, मल छैन, पानीको समस्या छ ।’ उनको नजरमा विकासको समस्या केवल पूर्वाधारको होइन, प्रतिनिधित्वको पनि हो। संसदमा पुगेपछि क्षेत्रको आवाज हराउने प्रवृत्तिलाई बदल्नुपर्ने उनको धारणा छ ।

    ‘हाम्रो क्षेत्रको समस्या सांसदहरुले कहिलेपनि सुनेन् दुई नम्बर क्षेत्र खाली पद लिन मात्रै आए, सांसद बन्नको लागि आउँछन्, सदन भित्र छिर्छन् र यहाँको समस्या केही पनि हेर्दैनन्’, उनी भन्छिन् । प्रतिनिधिसभाले विकास भन्दा नीति निमार्णमा जोड दिएपनि आफ्नो क्षेत्रको विकास र बजेट पुगनपुगको अवस्था बजेटको दुरुपयोग वा सदुपयोमा सांसद सजग रहनु पर्ने बताउँछिन् ।

    यो क्षेत्रको अर्को कथा पर्यटनसँग जोडिएको छ । डाँडाबाट देखिने हिमाल, पूराना धार्मिक स्थल र प्राकृतिक दृश्यहरूले भरिएको भूभाग भए पनि यहाँ व्यवस्थित पर्यटन संरचना छैन । उनी डाँडातिरको बाटो सम्झिँदै भन्छिन्, ‘उस्तै सम्भावना हुँदाहुँदै उता नगरकोट विकसित भयो, यता किन भएन ?’ शंखरापुर क्षेत्रलाई उनी धार्मिक र प्राकृतिक पर्यटनको संयुक्त गन्तव्य बनाउन सकिने बताउँछिन् । बज्रयोगिनी मन्दिर, सालीनदीजस्ता स्थललाई जोडेर धार्मिक पर्यटन मार्ग बनाउने उनको सोच छ ।

    उनी भन्छिन्, ‘शंखरापुर यति सुन्दर छ नि, बज्रयोगिनीदेखि लिएर हाम्रो साखुशाली नदी यो त विश्वभरका धार्मिक पर्यटनहरू लिएर आउने क्षेत्र बनाउन सकिन्छ । भारतमा कुम्भ मेलामा डुबुल्की मार्न गइन्छ भने हाम्रो साली नदी एक महिना मेला लाउँदा हामीले भारतका पर्यटन ल्याउन सकिँदैन र?’ उनको दृष्टिमा पर्यटन केवल भ्रमण होइन, रोजगारीको आधार पनि हो ।

    यस क्षेत्रमा स्मार्ट सिटीको अवधारणा पनि चर्चामा छ । तर पोखरेल भन्छिन्,‘योजना कागजमै सीमित भए स्थानीयलाई झन् पीडा भईरहेको छ ।’
    कृषि, बजार र शहरी विस्तारबीच सन्तुलन कायम गर्नुपर्ने उनी जोड दिन्छिन्। मल, बिउ, सिंचाइ र बजार व्यवस्थापन सुधार्न सके किसान र युवा वर्ग पलायन रोकिने उनको विश्वास छ ।

    घरदैलोमा भेटिएका अनुभवहरूले उनलाई सबैभन्दा बढी स्वास्थ्य सेवाको विषयमा संवेदनशील बनाएको छ । एक बिरामी परिवारले उपचार खर्चमा सम्पत्ति बेच्नुपरेको घटना सुनाउँदा उनी भावुक भएको सुनाउछिन् । ‘एकजना बिरामीले बिचरा खेत बेच्नुभएछ । १० करोड खर्च गर्नुभयो रे, एकजना बच्चाको उपचार गर्दा उहाँहरू धुरू धुरू रुनुहुन्छ । उपचार त फ्रि मा होस् न । सीमित लियोस् न पैसा । अब सडकमा माग्न जान मात्र बाँकी छ । यस्ता समस्याहरू देशको समस्या हो’, उनी भन्छिन्, ‘उपचार खर्चले परिवार सडकमा पुग्ने अवस्था हुनु हुँदैन ।’

    उनको विचारमा शिक्षा, स्वास्थ्य र रोजगारी सुविधा होइन, राज्यले सुनिश्चित गर्नुपर्ने आधारभूत अधिकार हुन् । राजनीतिमा आउनुअघि उनी व्यवसाय र उद्यम प्रवद्र्धनमा सक्रिय थिइन् । महिलालाई उद्यमी बनाउने अभियानमा काम गरेको अनुभव उनले आफ्नो शक्ति मान्छिन् ।

    उनका अनुसार नेपालमा उत्पादन गर्न चाहनेलाई नीति नै बाधक बनेको छ । कच्चा पदार्थमा कर लाग्ने तर विदेशी सामान सस्तो आउने अवस्थाले उद्योग विकास रोकिएको उनी बताउँछिन् । ‘नीति परिवर्तन भयो भने युवा विदेश जानुपर्ने बाध्यता घट्छ,’ उनको दाबी छ ।

    पोखरेल आफूलाई उम्मेदवारभन्दा बढी स्थानीय प्रतिनिधिका रूपमा प्रस्तुत गर्न खोजिरहेकी छन् । उनका भाषणमा विकास, नीति र अधिकारको कुरा छ, तर त्योभन्दा बढी सम्बन्धको कुरा छ, स्थानीयसँगको, क्षेत्रसँगको, र विश्वाससँगको । आफ्ना मतदाताहरुसँग भोट माग्दै उनले भनिन्,‘सडकमा रहेर सकेको सेवा गरेँ, अब संसदमा पुगेर यो क्षेत्रको आवाज उठाउन चाहन्छु ।’

    हलो चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रिएकी पोखरेलका लागि यो केवल प्रतिस्पर्धा मात्र होइन, राजधानीको छेउमा रहेको भूभागलाई राजधानीकै गति दिलाउने प्रयासको निरन्तरता पनि रहनेछ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    आचारसंहिता विपरित समाचार प्रकाशित गरेको भन्दै सेतोपाटीलाई कारवाही गर्न आयोगको काउन्सिललाई पत्राचार

    ड्रोनमार्फत पत्ता लाग्यो दुर्घट्नाग्रस्त गाडी, सम्पर्कविहीन रहेका काफ्ले मृत फेला

    प्रलोपाको घोषणापत्र : संघ र प्रदेशमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखदेखि निर्वाचन प्रणाली परिवर्तनसम्म

    राजनीतिक दललाई निर्वाचन आचारसंहितासम्बन्धी ६४ बुँदे निर्देशन

    उज्यालो नेपाल पार्टीद्वारा निर्वाचन प्रतिबद्धता–पत्र सार्वजनिक: २०३० सम्म वार्षिक ९ % आर्थिक वृद्धिदेखि ४५ लाख रोजगारी (पुर्णपाठसहित)

    टी–२० विश्वकप : नेपालको लगातार तेस्रो हार, एक खेल अगावै वेस्ट इन्डिज सुपर एटमा, नेपाल बाहिरियो

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    तामाकोसी दुर्घटना : बेपत्ता एकको शव भेटियो

    नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड को सिइओ क्लब…

    आचारसंहित विपरीत सञ्चार माध्यमबाट प्रसारित भ्रामक सर्वेक्षणप्रति गम्भिर…

    महालक्ष्मी विकास बैंकको “बिजचित्र फोटोग्राफी प्रतियोगिता–संस्करण ३” सम्पन्न,…

    निर्वाचका लागि सबै राजनीतिक दलहरुले तिब्र गतिमा काम…

    महाशिवरात्रिमा प्रधानमन्त्री कार्कीले गरिन् पशुपतिनाथ मन्दिरको दर्शन

    राष्ट्रपति रामचन्द्र पौडेलद्वारा महाशिवरात्रिमा पशुपतिनाथ मन्दिरमा पूजाआराधना

    रुकुमको समग्र विकासका लागि उम्मेदवार बनेर आएँ :…

    आर्थिक

    नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड को सिइओ क्लब सदस्य सम्मान कार्यक्रम जनकपुरमा सम्पन्न

    महालक्ष्मी विकास बैंकको “बिजचित्र फोटोग्राफी प्रतियोगिता–संस्करण ३” सम्पन्न, विजेतालाई पुरस्कार वितरण

    नेप्से ८.१६ अंकले घट्यो, कारोबार रकम पनि खुम्चियो

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    विदेशबाट मतदान कति संभव ?

    युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि...  विस्तृतमा

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    किसुनजी’को सम्पत्ति टिनको बाकस, सुराही र छाता : क्षणभरमै भयो खरानी

    सुशीला कार्की : प्रधानन्यायाधीशदेखि प्रधानमन्त्रीसम्म

    अब कसरी बन्छ राष्ट्रिय सरकार ?

    जेनजीको प्रस्ताव : सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार

    कांग्रेस महामन्त्रीद्वयको ९ बुँदे निष्कर्ष : प्रधानमन्त्रीले पद त्याग गर्न ढिलाइ गर्दा स्थिति चर्कियो

    महेश बस्नेतको बिलौना : अढाई करोड ऋणमा छु, मेरो सबै सकियो तर विचलित भएको छैन्

    निर्मला पन्त प्रकरणको सात वर्ष : राज्य निरिह हुँदा घट्ना रहस्यमै

    एसइईमा ४ जीपीए ल्याएकी गोमालाई भाटभटेनीका अध्यक्ष गुरुङले एमबीबीएससम्म पढाउने

    न्यायको खोजीमा सिर्जनात्मक आवाज : ‘निर्मला पन्त प्रकरणमा कलाकारहरूको भावुकता’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑