सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूको बहुमूल्य सामान तथा महत्वपूर्ण कागजात सुरक्षित राख्ने आवश्यकतालाई ध्यानमा राख्दै लकर सेवामा दिँदै आएको विशेष छुट सुविधा बढाएर ३० प्रतिशत पुर्याएको छ।
बैंकले २०८२ माघ ६ गतेसम्म लागू हुने नयाँ योजनाअनुसार लकर सेवा लिने ग्राहकले पहिलो वर्षको वार्षिक शुल्कमा ३० प्रतिशतसम्मको विशेष छुट पाउनेछन्। यस सुविधामार्फत ग्राहकहरूले आफ्ना बहुमूल्य सामग्री तथा महत्वपूर्ण कागजात ढुक्कका साथ सुरक्षित राख्न सक्ने बैंकले जनाएको छ।
एनआईसी एशिया बैंकले देशभरका विभिन्न शाखामार्फत ग्राहकको आवश्यकता अनुसार विभिन्न आकारका लकर सेवाहरू उपलब्ध गराउँदै आएको छ। बैंकले ल्याएको यस छुट योजनाले लकर सेवा प्रयोग गर्न ग्राहकहरूलाई थप सहज, सरल र सहुलियत हुने विश्वास बैंकले लिएको छ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा