• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ १०, बुधबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • रास्वपाको केन्द्रीय समितिमा प्रधानमन्त्री शाहका सचिवालयका तीन जनाको उम्मेदवारी

      सरकारले घोषणा गरे बमोजिम काम नगरे जसपा सडकमा ओर्लिन्छ : उपेन्द्र यादव समाचार कमेन्टमा

      आफैं गाडी चलाउँदै रास्वपा महाधिवेशनस्थल पुगे बालेन, हेनुहोस तस्विरहरु

      रास्वपा महाधिवेशन बन्दशत्रमा रविको सम्बोधनः पुरानै शैलीले फरक परिणाम सम्भव छैन

      क्रियाशील अद्यावधिक नगर्नेलाई पार्टीले चिन्दैन: सभापति थापा

      जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन

      रमेश प्रसाईँद्वारा सहमहामन्त्रीमा उम्मेदवारी घोषणा

      नेपालको पहिलो आधुनिक पुस्तकालयकी संस्थापक शान्ति मिश्रको सम्मानमा हुलाक टिकट सार्वजनिक

      विष्णु पौडेललाई माइक्रोमा काठमाडौं ल्याइयो, सम्पत्ति शुद्धीकरण विभागमा उपस्थित गराइयो

      गृहमन्त्री सुधन गुरुङमाथि आक्रमण भएको हल्ला असत्य : सचिवालय

      कम उमेरमै अत्यधिक सम्पत्ति आर्जन गरेका बालेन र सुदनमाथि पनि छानबिन हुनुपर्छ : महेश बस्नेत

      इरानमाथिको प्रतिबन्ध अस्थायी रूपमा फुकुवा, तेल बिक्रीका लागि अन्तर्राष्ट्रिय बजार खुला

       विष्णु पौडेल पक्राउप्रति गोकुल बाँस्कोटाको आपत्ति : ‘अभियोग प्रमाणित भएपछि मात्र सजाय हुन सक्छ’

      विष्णु पौडेल पक्राउ परेपछि एमालेले बोलायो संसदीय दल र केन्द्रीय सचिवालय बैठक

      विश्वकपमा मेस्सीका ऐतिहासिक कीर्तिमान : फुटबलका ‘महानायक’को अद्वितीय यात्रा

    होमपेज /  खेलकुद

    पोखरामा पुस २३ गते एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड हुने

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८२ पौष १३, आईतबार (५ महिना अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • १९८ पटक पढिएको
  • काठमाडौं । नेपाली खेलकुद पत्रकारिताको छाता संगठन नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आगामी पुस २३ गते पोखरामा एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड २०८१ आयोजना गर्ने भएको छ ।

    प्रत्येक वर्ष आयोजना गर्दै आएको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड कार्यक्रम पोखराको न्यूरोडस्थित पोखरा सभागृहमा हुने आइतबार पत्रकार सम्मेलन मार्फत मञ्चले जानकारी गराएको हो ।

    यसअघि भदौ २९ गते अवार्डको २२औँ संस्करण आयोजना गर्ने तयारी पूरा भए पनि भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण सिर्जित विषम परिस्थितिले कार्यक्रम स्थगित गर्नुपरेको थियो ।

    आन्दोलनका क्रममा पहिल्यै तय गरिएको पोखरा इभेन्ट सेन्टर पूर्ण रूपमा क्षतिग्रस्त भएपछि कार्यक्रम स्थलसहित अधिकांश तयारी पुनः शून्यबाट सुरु गर्नुपरेको मञ्चले जनाएको छ ।

    कार्यक्रम स्थगित भएपछि होटल, कलाकार तथा विभिन्न पक्षसँग भएका सम्झौता रद्द हुन पुगेका थिए । यसले समय र आर्थिक दुवै रूपमा मञ्चलाई ठूलो असर पारेको भए पनि ती सबै चुनौतीलाई पार गर्दै नयाँ मितिमा अवार्ड आयोजना गर्न तयारी पूरा गरिएको महासचिव अञ्जन खड्काले जानकारी दिए ।

    अवार्ड कार्यक्रमको अघिल्लो दिन पुस २२ गते पोखरामै एनएसजेएफ स्पोट्र्स समिट आयोजना गरिनेछ । दुई दिनसम्म चल्ने यी कार्यक्रमलाई सफल बनाउन मञ्चका अध्यक्ष निरञ्जन अधिकारीको अध्यक्षतामा मूल आयोजक समिति गठन गरिएको छ ।

    यस वर्षको अवार्डमा नयाँ प्रायोजक पनि थपिएका छन् । यती एयरलाइन्स ‘पावर्ड बाई’ सह–प्रायोजकका रूपमा जोडिएको छ । साथै रोकिएको पिपल्स च्वाइस अवार्डको भोटिङ प्रक्रिया आजैबाट सुरु गरिएको मञ्चले जनाएको छ ।

    पिपल्स च्वाइस अवार्डका लागि विजय सिन्जाली (उसु), पूजा महतो (क्रिकेट), हिमाल सुनारी (भलिबल), रेखा पौडेल (फुटबल) र इभाना थापा (टेबल टेनिस) मनोनयनमा परेका छन् । यस्तै, नासा सेक्युरिटिज अवार्डका लागि पनि नयाँ प्रायोजक थपिएको छ ।

    गोल्छा ग्रुपसँगको मुख्य प्रायोजक सम्झौता यथावत् रहनेछ भने पोखरा महानगरपालिकाले पनि अवार्डमा सहकार्य गर्ने भएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग सहकार्यका लागि लिखित सम्झौता भइसकेको मञ्चले जनाएको छ ।

    यसका अतिरिक्त सूर्य नेपाल प्रालि, भोटिङ पार्टनर आईएमई–खल्ती डिजिटल वालेट, केल्मी नेपाल, इमेजिङ, राष्ट्रिय खेलकुद परिषद, नेपाल ओलम्पिक कमिटी, बागमती प्रदेश खेलकुद विकास परिषद, नेपाल पर्यटन बोर्ड तथा आईएमई हस्पिटालिटी पनि कार्यक्रमका पार्टनर रहेका छन् ।

    एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड २०८१ मा १० विधामा अवार्ड प्रदान गरिनेछ । जसअन्तर्गत वर्षको उत्कृष्ट खेलाडी (पुरुष र महिला), वर्षको उत्कृष्ट युवा खेलाडी, उत्कृष्ट प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, एसियन स्पोट्र्स जर्नालिस्ट अवार्ड र टिम अफ द इयर समावेश छन् ।

    वर्षको खेलाडी (पुरुष र महिला), पिपल्स च्वाइस, प्रशिक्षक तथा युवा गरी पाँच विधाका विजेतालाई बजाज पल्सर मोटरसाइकल प्रदान गरिनेछ । अन्य विधाका विजेतालाई जनही एक लाख रुपैयाँ नगदसहित विभिन्न गिफ्ट ह्याम्पर प्रदान गरिनेछ ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    मेस्सी र यामालबीच २० वर्षपछि दोहोरियो दुर्लभ संयोग, विश्वकपमा एउटै उमेर र जर्सी नम्बरमा पहिलो गोल

    फिफा विश्वकप २०२६ मा रातो कार्डको वर्षा, खेलाडी निष्कासन संख्या ८ पुग्यो

    पीएल सिंह मेमोरियल टी–२० कपको खेलमा काठमाडौं र ललितपुर महानगरपालिका विजयी

    फिफा विश्वकप : केप भर्डेसँग बराबरीमा रोकियो उरुग्वे

    ११ बर्षपछि रोनाल्डिन्होको सनसनीपूर्ण पुनरागमन

    कुरासाओको उत्कृष्ट प्रदर्शन, जर्मनी नकआउट चरणमा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रास्वपाको केन्द्रीय समितिमा प्रधानमन्त्री शाहका सचिवालयका तीन जनाको…

    सरकारले घोषणा गरे बमोजिम काम नगरे जसपा सडकमा…

    आफैं गाडी चलाउँदै रास्वपा महाधिवेशनस्थल पुगे बालेन, हेनुहोस…

    रास्वपा महाधिवेशन बन्दशत्रमा रविको सम्बोधनः पुरानै शैलीले फरक…

    रास्वपा महाधिवेशन बन्दशत्रमा रविको सम्बोधनः पुरानै शैलीले फरक…

    गृहमन्त्री सुधन गुरुङमाथि आक्रमण भएको हल्ला असत्य :…

    कम उमेरमै अत्यधिक सम्पत्ति आर्जन गरेका बालेन र…

     विष्णु पौडेल पक्राउप्रति गोकुल बाँस्कोटाको आपत्ति : ‘अभियोग…

    आर्थिक

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

    १ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

    ११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑