सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शुक्रबार मात्र कारागारबाट रिहा हुने भएका छन्।
अदालती प्रक्रिया बिहीबार पूरा हुन नसकेकाले उनी शुक्रबार मात्रै छुट्ने भएका हुन्। उच्च अदालत तुलसीपुरको भैरहवा इजलासले लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो।
उक्त आदेशअनुसार जिल्ला अदालतले उनको धरौटी स्वीकार गर्नुपर्ने हुन्छ। त्यसका लागि लामिछाने जिल्ला अदालत, रुपन्देहीमा उपस्थित हुनुपर्ने भएकाले बिहीबार रिहा हुन नसकेको जनाइएको छ।
जिल्ला अदालत, रुपन्देहीले बिहीबार नै लामिछानेलाई उपस्थित गराउन ललितपुरस्थित नख्खु कारागारलाई पत्राचार गरिसकेको छ। अदालतमा उपस्थित भई धरौटी बुझाएपछि शुक्रबार उनलाई रिहा गरिने तयारी छ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा