सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । उच्च अदालत बुटवलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेश दिएसँगै ललितपुरस्थित नख्खु कारागार परिसरमा समर्थकहरूको बाक्लो भीड जुटेको छ।
बिहीबार साँझ अदालतको आदेश सार्वजनिक भएपछि रास्वपाका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरू स्वतःस्फूर्त रूपमा कारागार गेटमा भेला हुन थालेका हुन्। आदेशले उत्साहित बनेका समर्थकहरूले लामिछानेको पक्षमा नाराबाजी गर्दै खुशी व्यक्त गरिरहेका छन्।
कारागार बाहिर भेला भएको भीडले ‘रवि दाइ हाई–हाई’ लगायतका नारा लगाइरहेका छन्। यद्यपि अदालती प्रक्रिया पूरा गर्न समय लाग्ने भएकाले लामिछाने आजै रिहा हुने सम्भावना कम देखिएको छ। कानुनी प्रक्रियाअनुसार उनी सम्भवतः शुक्रबार मात्र रिहा हुने अवस्था रहे पनि समर्थकहरू खुशी साटासाट गर्न कारागार पुगेका हुन्।
भीड बढ्दै गएपछि नख्खु कारागार आसपासको सुरक्षा व्यवस्था कडा पारिएको छ। सुरक्षाकर्मीहरूले सम्भावित अव्यवस्था र सडक जाम हुन नदिन निगरानी बढाएका छन्।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा