सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, मंगलबार । श्रम संस्कृति पार्टीका उपाध्यक्ष विश्वक्रान्ति (देवराज भनिने) राजकुमार तामाङ लामालाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले उनलाई काठमाडौंको कपन क्षेत्रबाट नियन्त्रणमा लिएको हो।
लामा १५ फागुन २०६८ मा बबरमहलस्थित नेपाल आयल निगमको गेट नजिक भएको बम विस्फोट घटनाका मुख्य योजनाकारमध्ये एक मानिन्छन्। उक्त विस्फोटमा तीन जनाको ज्यान गएको थियो। सोही घटनामा दोषी ठहर भई सजाय भुक्तान गरेका लामा २०७६ सालको प्रजातन्त्र दिवसको अवसरमा रिहा भएका थिए।
तर, जेलमुक्त भएपछि पनि उनीविरुद्ध पाँचथर जिल्लामा अर्को मुद्दा दर्ता भएको थियो। उक्त मुद्दामा फरार रहेका लामाको खोजी तीव्र पारिएको र त्यसकै क्रममा उनलाई पक्राउ गरिएको सिआइबीले जनाएको छ।
राजकुमार तामाङ लामा हालै धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङद्वारा गठन गरिएको श्रम संस्कृति पार्टीमा उपाध्यक्ष पदमा नियुक्त भएका थिए। उनी धनकुटा जिल्लाको पार्खिवास–९ का स्थायी बासिन्दा हुन्।
पक्राउ परेका लामालाई थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा