सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
भैरहवा । गृहमन्त्री ओमप्रकाश अर्यालले सुशासन प्रवर्द्धन गर्दै निष्पक्ष रूपमा निर्वाचन सम्पन्न गर्नु वर्तमान सरकारको प्रमुख जिम्मेवारी भएको बताएका छन्।
मंगलबार भैरहवामा लुम्बिनी प्रदेशद्वारा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै उनले सरकारले निर्वाचनलाई नै मूल मन्त्र बनाएर काम गरिरहेको स्पष्ट पारे। वर्तमान सरकार निर्वाचन सम्पन्न गरी निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न प्रतिबद्ध र आतुर रहेको उनको भनाइ थियो।
‘निर्वाचनबाट भाग्ने, निर्वाचन हुँदैन भनेर भ्रम फैलाउने र सुशासन कमजोर बनाउने काम कहीँकतैबाट पनि न्यायोचित हुँदैन,’ उनले भने, ‘यो सरकारको निर्माण नै निर्वाचनमार्फत निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने उद्देश्यअनुसार भएको हो।’
गृहमन्त्री अर्यालले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै केही व्यक्तिहरू सार्वजनिक खपतका लागि विभिन्न बहाना बनाएर निर्वाचन हुँदैन भन्दै हिँडिरहेको टिप्पणी गरे।
उनले सुरक्षा निकायहरूलाई जनताले महसुस गर्नेगरी आफ्नो कार्यशैलीमा सुधार गर्नसमेत सचेत गराएका छन्।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा